Posts

Showing posts from March, 2025
डाटा लोड हुँदैछ...

पत्रकार महासंघ पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Image
वीरगंज, १८ चैत । पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारालाई कारबाही गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरूमा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरू आन्दोलनमा उत्रिने चेतावनी समेत पत्रकार महासंघ पर्साले दिएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले तपाईहरूको माग म सम्बन्धित माथिल्लो निकायमा पुर्याउने बताउँदै स्थानीय प्रशासनसहित सरकार पत्रकारहरूको साथमा रहेको बत...

मधेश प्रदेशका चिकित्सकलाई तलब उपलब्ध नगराए आन्दोलन– संघ

Image
वीरगंज, १७ चैत । नेपाल चिकित्सक संघ, मधेश प्रदेशले स्वास्थ्यकर्मीहरूको ६ महिनाको तलबभत्ता माग गर्दै ध्यानाकर्षण गराएको छ ।   संघले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्दै प्रदेशका  विभिन्न स्थानीय तहका अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले तलब नपाएको र यसबाट उनीहरूको दैनिक जीवनयापनमा कठिनाइ भएको जनाएको छ । संघका अध्यक्ष डा. निरज कुमार सिंहले स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाउँदा उनीहरूको मनोबल गिरेको  र यसले समग्र स्वास्थ्य सेवामा नकारात्मक असर पर्ने जनाएका छन् । स्वास्थ्यकर्मीहरूले आफ्नो काम इमान्दारीपूर्वक गरिरहेका छन्, तर उनीहरूले उचित पारिश्रमिक नपाउँदा दुःखित छन् । प्रदेश सरकारलाई तत्काल यो समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।   स्वास्थ्यकर्मीहरूले पनि पटक–पटक सम्बन्धित निकायमा गुनासो दर्ता गराउँदा पनि सुनुवाई नभएको र तत्काल तलब उपलब्ध गराउन तथा नियमित रूपमा तलब पाउने व्यवस्था मिलाउन मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।  नेपाल चिकित्सक संघले तत्काल समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।

वीरगंजमा महिलाको शव भेटियो

Image
वीरगंज, १६ चैत । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिवार बिहान एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान वीरगंज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवाल भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ। प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन।   जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भने, "शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ।" मृतकको शव परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान शुरू गरेको जनाएको छ।   शव परीक्षणको प्रतिवेदन र प्रहरी अनुसन्धानको नतिजाले मात्र यो घटनाको वास्तविकता उजागर गर्ने प्रहरीले नाएको छ । 

१५० किलो गाँजासहित चारजना भरिया पक्राउ

Image
वीरगंज, १३ चैत । १५० किलो गाँजासहित चार जना भरिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका ४२ वर्षीय बुद्ध घलान, वडा नम्बर ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीर बहादुर रूम्बा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २७ वर्षीय सोमलाल पाख्रिन रहेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित दुधौरा खोलामा टाउकोमा गाँजाको भारी बोकेर रतनपुरबाट बकुलिया जाँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक प्रदीप प्रसाद पाण्डे र लागूऔषध नियन्त्रण ब्युरो शाखा वीरगंजबाट खटिएको संयुक्त टोली उनीहरूलाई ६ वटा बोरामा रहेको १ क्विन्टल ५० किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद

Image
वीरगंज,  १२ चैत । सशस्त्र प्रहरी बल, पर्साले ६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद गरेको छ । चैत ११ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरको  ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६ पोकामा रहेको ६४ के.जी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ । सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ । 

स्ववियू निर्वाचनको मतगणना सुचारू गर्न अधिकांश राजनीतिक दलहरूको एकमत

Image
वीरगंज, १२ चैत । ठाकुर राम क्याम्पस वीरगंजमा सम्पन्न  स्ववियू निर्वाचनको रोकिएको मतगणना सुचारू हुनुपर्ने  पर्साका अधिकांस राजनीतिक दलहरू एकमत भएका छन । आज जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकमा ठाकुरराम  क्याम्पसमा  रोकिएको मतगणना सुचारू हुनुपर्नेमा  पर्साका राजनीतिक दलहरूले जोड दिएका हुन् । बैठकले फर्जी  शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी  भर्ना गर्ने गिरोहलाई कारबाही गरी मतपेटिकाको नम्बर परिवर्तनको विषयमा सत्यतथ्य सार्बजनिक गरेर मतगणना सुचारू हुनु पर्नेमा सबै पार्टी प्रतिनिधिहरू एकमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्तले बताए । बाकसमा खसेको मतको ससम्मान गन्ती हुनुपर्नेमा कसैको फरक मत नरहेको पन्तले बताए  । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी देखिएका जोकोहीलाई कारबाही गर्न प्रशासन पछि नपर्ने बताए । उनले फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्नाको जडसम्मै पुगेर निर्मम रूपमा कारबाही अगाडि बढाइने बताए । मतपेटिका सुरक्षाका बिषयमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र र सशस्त्र प्रहरी १३ न गण का गणपती राधेश्याम ...

ग्लोबल मनी वीक २०२५ को अवसरमा -याली

Image
वीरगंज, ९ चैत । ग्लोबल मनी वीक २०२५ को अवसरमा शनिवार वीरगंजमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा -याली आयोजना गरेका छन् । माइस्थान प्रांगणबाट शुरू भएको  -याली घण्टाघर पुगेपछि औपचारिक कार्यक्रम सहित सम्पन्न भएको थियो। -यालीमा कर्पाेरेट डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता रहेको थियो। कार्यक्रममा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ को समेत उपस्थिति रहेको थियो। ग्लोबल मनी वीकवारे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रदेश प्रमुख राजेश कुमार गुप्ताले यो एक वार्षिक कार्यक्रम भएको बताए । यस कार्यक्रमले बालबालिका, युवा तथा व्यवसायिक समुदायलाई वित्तीय साक्षरतावारे शिक्षित गर्ने उद्देश्य राख्छ। प्रत्येक वर्ष मार्च महिनामा मनाइने यो अभियानमा बचत, बजेट निर्माण, लगानी तथा ऋण व्यवस्थापन जस्ता महŒवपूर्ण वित्तीय विषय...

१०३ किलो गाँजासहितको ट्रक नियन्त्रण

Image
बारा,७ चैत ।  सशस्त्र प्रहरीले बाराबाट १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बाराको रामनगरबाट कोतवाली जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको जनाएको छ । बरामद गाँजा तथा ट्रक आवश्यक अनुसन्धानका लागि सम्बन्धीत निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।  चालक फरार भएको उनले जनाएको छ ।

पच्चीस करोड विदेशी मुद्रा बरामद

Image
काठमाडौँ, ५ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ । राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो ।   ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिइएको टोलीले सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो ।   ना७ख १६५१ नंको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा 'फल्सबटम' बनाई लुकाईछिपाई ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।   बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।         बरामद गर...

नेविसंघलाई समर्थन गर्न नेका, पर्साको आग्रह

Image
वीरगंज, ४ चैत ।  ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र विद्यार्थीहरूलाई एकजुट भई नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई समर्थन गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्साले आग्रह गरेको छ । नेका पर्सा अध्यक्ष जर्नादन सिंह क्षेत्रीले आज पत्रकार सम्मेलनमा बोल्दै  नेविसंघका उम्मेदवार विकास मण्डल धानुकको नेतृत्वमा निर्वाचनमा जित सुनिश्चित हुने बताए । उनले तराई–मधेस क्षेत्रको सबैभन्दा पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसंघको विगतको विजयको इतिहासलाई स्मरण गर्दै विद्यार्थीहरूको संगठनप्रतिको स्नेह र वैचारिक आस्थाले यसपटक पनि जित सुनिश्चित हुने बताए । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा कृष्णप्रसाद भट्टराईले २०२७ सालमा स्थापना गरेको नेविसंघले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिका खेलेको बताए । विज्ञप्तिमा आन्तरिक प्रतिस्पर्धा र नेविसंघभित्रका केही स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिलाई स्वीकार गर्दै समितिले संगठनको जितलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई आग्रह गरेको छ। "कलम मसाल" झण्डा...

होली खेल्ने विषयमा विवाद हुँदा युवकको मृत्यु

Image
धनुषा, ४ चैतः होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो । अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले राससलाई बताउनुभयो । आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।

संक्रमणकालीन न्याय टुंग्याउन ढिलाइ गम्भीर परिणामको संकेत : सांसद ढकाल

Image
काठमाडौं २ चैत ।  प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालमा संक्रमणकालीन न्याय टुंग्याउने कार्यलाई प्राथमिकता दिन सरकार र पूर्व विद्रोही पक्ष नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले शान्ति प्रक्रिया टुंग्याउन ढिलाइ हुँदा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्। उनले विशेष रूपमा मानव अधिकार उल्लंघन तथा युद्धकालीन अपराधका घटनाहरू निष्कर्षमा पुर्‍याउन सरकार र माओवादी दुवै पक्ष गम्भीर बन्नुपर्ने बताए। डुटेर्टेको उदाहरण प्रस्तुत सांसद ढकालले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउको उदाहरण प्रस्तुत गर्दै नेपालले पनि यस्ता अन्तर्राष्ट्रिय घटनाबाट पाठ सिक्नुपर्ने बताए। "डुटेर्टे अवैध लागुऔषधविरुद्धको अभियानका क्रममा मानवता विरोधी अपराधमा दोषी देखिएपछि पक्राउ परे। फिलिपिन्सले अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) बाट नाम हटाए पनि उनलाई हेग लगिएको छ। नेपालमा पनि संक्रमणकालीन न्यायलाई टुंग्याउन विलम्ब गर्न मिल्दैन," सांसद ढकालले भने। संक्रमणकालीन न्याय प्रक्रियामा अवरोध नेपालमा द्वन्द्वकालीन घटनाहरूलाई टुंगो लगाउन सत्य...

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

Image
वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० सय पिस प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ । प्रहरीलाई देखेपछि उक्त व्यक्तिले प्लाष्टिकको बोरा फाली भाग्ने कोशिश गरेको थियो । बोराबाट डाइजेपाम, नूरफिन, र फेनारगन लगायतका प्रतिबन्धित औषधी १५०० बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन । यसैगरी जितपुरसिमरा उप–महानगरपालिका ३ स्थित बजनी सडक खण्डमा प्रहरीले १३ किलो गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंज आउँदै गरेको माईक्रोबसमा सवार उक्त महिलाको साथमा रहेको २ वटा बोरामा १३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाकी ५० वर्षीया सुशिला गोले रहेको र उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ । यसैगरी बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएपछि फरार रहेका दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । राघव प्रसाद कानुलाई चेक अनादर र नरेश गिरीलाई मोटरसाइकल चोरीको आरोप पक्राउ गरी अदालतमा पेश गरिएक...

होलीमा चर्को आवाजमा डिजे नबजाउन प्रशासनको आग्रह

Image
वीरगंज, २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलवार विज्ञप्ति जारी गर्दै होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग नलगाउन आग्रह गरेको छ ।   विज्ञप्तिमा जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृंखल व्यवहार गर्नु कानुनविपरीत रहेको प्रजिअ गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाई गरिने, सर्वसाधारणलाई असर पर्ने चर्काे आवाजमा डिजे नबजाउन उनले आग्रह गरेका छन् । सर्वसाधारणको दैनिकी प्रभावित हुने गतिविधि नगर्न विज्ञप्तिमा अपील गरिएको छ ।

अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

Image
वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा  हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ ।   कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई  हिवल चेयर र आदर्श कोतवाल गापा निवासी अपाङ्ग महासंघ सदस्य सुनिल कुमार यादवलाई  स्ट्रेचर प्रदान गरिएको थियो । सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा शारीरिक अपाङ्गता भएको व्यक्तिहरूको घरघरमा पुगेर हिवलचेयर उपलब्ध गराइएको बताइन्छ । केडिया आँखा अस्पतालको प्रतिनिधि  भरत ठाकुर, सुशील पटेल, सामाजिक अभियन्ता प्रकाश थारू, अपांग महासंघका सदस्य सुनिलकुमार यादव, प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल, वडाध्यक्ष जवाहीर, मिथिला सारथि समाजको कोषाध्यक्ष जितेन्द्र पटेललगायतको उपस्थितिमा ह्विल चेयर तथा स्ट्रेचर हस्तान्तरण गरिएको थियो ।

जुनियर टि–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

Image
वीरगंज, २६ फागुन । नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री जीतेन्द्र सोनलले गरेका छन् ।   सोमवारदेखि वीरगंजको नारायणी रंगशालामा शुरु भएको टुर्नामेन्टको उद्घाटन गर्दै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरेसंगै अब प्रदेशमा खेलकुदप्रति सरकारले काम गर्न पाउने बताए । उनले मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउन खेलकुद मन्त्रालयलाई आह्वानसमेत गरे ।   सोनलले क्रिकेट खेल लोकप्रिय खेल भएको भन्दै यसप्रकारको प्रतियोगिताले नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनको केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव साह, उपाध्यक्ष बिनोद गुप्ता, कोषाध्यक्ष राजेश कुमार लिम्बू, वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई, सदस्यमा उतम गुप्ता, सोनालाल प्रसाद पटेल, शशिप्रकाश साह, सौकत अलि, तारा श्रेष्ठ, मुनिलाल यादव एवं प्रतियोगिताको संयोजक सन्तोष साहलगायतको सहभागिता थियो ।   प्रतियोगितामा ने...

चरेससहित तीनजना पक्राउ

Image
वीरगंज, २५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले करीब ७ किलो लागु औषध चरेससहित ३ जना मानिस पक्राउ गरेको जनाएको छ । फागुन २४ गते राति ८ः३० बजेको समयमा प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.२ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३५ सरोज साह र वीरगंज महानगरपालिका वडा नं.११ बस्ने वर्ष २३ को रवि चौधरीलाई चरेससहित पक्राउ गरिएको जनाएको छ ।   ती व्यक्तिहरूले भाडामा लिइ बसेको घरकोठामा प्रहरीले खानतलासी गर्दा पहेंलो प्लाष्टिक भित्र लागु औषध चरेश जस्तो देखिने पदार्थ १५ पोकामा ६ के.जी. ५९० ग्राम फेला पारी बरामद लागु औषध सहित नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका तीनैजनामाथि औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् । 

मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षको लागि जेल चलान

Image
वीरगंज, २२ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन कार्यमा सलंग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीहरूलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ ।   फागुन १ गते वीरगंज महानगरपालिका वडा नं.१५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा प्रहरीले वेश्यावृत्तिमा महिलाहरुलाई संलग्न गराएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारत, विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं.६ बस्ने वर्ष ४० को जय प्रकाश साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।   उनीहरुले राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्मार्टबाट २ जना र न्यू शान्ति सैनिक होटलबाट २ जना गरी चार जना महिलाहरूको उद्धार गरेको प्रहरीले जनाएको छ ।   पक्राउ परेका साह र गुप्तालाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान पश्चात पर्सा जिल्ला अदालतको आदेशमा आज पुर्पक्षको लागि वीरगंज कारागार पठाएको जिप्रका, पर्साले जनाएको छ ।...

पूर्वराजाको सन्देशको समर्थनमा विभिन्न संघसंस्थाद्वारा ऐक्यबद्धता

Image
वीरगंज, २२ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् । यही फागुन २४ गते राष्ट्रिय नागरिक संघर्ष समितिले पूर्वराजाको समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा  आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले समर्थनसहित सहभागिता जनाउन थालेका छन् ।   फागुन २४ गते वीरगंजमा राष्ट्रिय नागरिक संघर्ष समिति, पर्सा आयोजना र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा सह–आयोजनामा मोटरसाइकल -याली र आमसभा आयोजना गर्ने र सो ¥यालीमा लौरो अभियान, नेपाली कांग्रेस (बिपी), अन्तर्राष्ट्रिय हिन्दू परिषद, स्वतन्त्र नागरिक बचाउ अभियान, बजरङ्ग दल, नेपाल–भारत हिन्दूमैत्री समाज, २०४७ को संविधान हाम्रो अभियान, धर्म निरपेक्षता खारेजी अभियान, राष्ट्रिय जागरण अभियानले ऐक्यबद्धता जनाएको हो ।   वीरगंजमा हुने आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवल शमशेर, नेकपा मालेका महासचिव सि.पी. मैनाली, शास्त्रदत्त पन्त, डा के.बी रोकाय, राष्ट्रिय नागरिक संघर्ष समितिका सं...

दुई किलो अफिमसहित दुईजना पक्राउ

Image
वीरगंज, २१ फागुन । बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगज जाँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनीबाट २ किलो ०४१ ग्राम अफिमको चारवटा प्याकेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरीले चालक मकवानपुर जिल्ला राक्सिराङ गा.पा.वडा नं. १ बस्ने वर्ष २७ को सुनिल मोक्तान र मोटरसाइकलको पछाडि बस्ने भीमफेदी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को हर्क रूम्बालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाएको जिप्रका, बाराले जनाएको छ । 

सरकार र उद्योगीबीच ग्याँसको मूल्य रू १२ बढाउने सहमति

Image
काठमाडौं, २० फागुन/  सरकार र नेपाल एलपी ग्याँस उद्योग संघबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरवारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्याँसको भाउ १२ रुपियाँँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्याँस उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । सहमतिको १ नम्बर बुँदामा भनिएको छ, "मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्याँस उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपियाँँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीलाई जानकारी गराइयो ।" सहमतिसँगै अब ग्याँसको भाउ प्रतिसिलिन्डर रू एक हजार नौ सय १० बाट बढेर एक हजार नौ सय २२ रुपियाँँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।