Menu

आजको मौसम

जुनियर टि–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

Author
cloudwork |
March 10, 2025 0
Featured

वीरगंज, २६ फागुन ।
नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री जीतेन्द्र सोनलले गरेका छन् ।
 
सोमवारदेखि वीरगंजको नारायणी रंगशालामा शुरु भएको टुर्नामेन्टको उद्घाटन गर्दै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरेसंगै अब प्रदेशमा खेलकुदप्रति सरकारले काम गर्न पाउने बताए । उनले मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउन खेलकुद मन्त्रालयलाई आह्वानसमेत गरे ।
 
सोनलले क्रिकेट खेल लोकप्रिय खेल भएको भन्दै यसप्रकारको प्रतियोगिताले नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनको केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव साह, उपाध्यक्ष बिनोद गुप्ता, कोषाध्यक्ष राजेश कुमार लिम्बू, वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई, सदस्यमा उतम गुप्ता, सोनालाल प्रसाद पटेल, शशिप्रकाश साह, सौकत अलि, तारा श्रेष्ठ, मुनिलाल यादव एवं प्रतियोगिताको संयोजक सन्तोष साहलगायतको सहभागिता थियो ।
 
प्रतियोगितामा नेशनल प्याब्सनमा आबद्ध १६ वटा विद्यालयका विद्यार्थीहरु भाग लिएका छन ।  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3