Menu

आजको मौसम

पूर्वराजाको सन्देशको समर्थनमा विभिन्न संघसंस्थाद्वारा ऐक्यबद्धता

Author
cloudwork |
March 06, 2025 0
Featured

वीरगंज, २२ फागुन ।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् ।

यही फागुन २४ गते राष्ट्रिय नागरिक संघर्ष समितिले पूर्वराजाको समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा  आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले समर्थनसहित सहभागिता जनाउन थालेका छन् ।  

फागुन २४ गते वीरगंजमा राष्ट्रिय नागरिक संघर्ष समिति, पर्सा आयोजना र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा सह–आयोजनामा मोटरसाइकल -याली र आमसभा आयोजना गर्ने र सो ¥यालीमा लौरो अभियान, नेपाली कांग्रेस (बिपी), अन्तर्राष्ट्रिय हिन्दू परिषद, स्वतन्त्र नागरिक बचाउ अभियान, बजरङ्ग दल, नेपाल–भारत हिन्दूमैत्री समाज, २०४७ को संविधान हाम्रो अभियान, धर्म निरपेक्षता खारेजी अभियान, राष्ट्रिय जागरण अभियानले ऐक्यबद्धता जनाएको हो ।
 
वीरगंजमा हुने आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवल शमशेर, नेकपा मालेका महासचिव सि.पी. मैनाली, शास्त्रदत्त पन्त, डा के.बी रोकाय, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, प्रवक्ता हीरा बहादुर चन्द, राप्रपाकी सांसद वीणा जयसवाललगायतका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका प्रचार प्रसार प्रमुख मानव सेवकले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3