Menu

आजको मौसम

दुई किलो अफिमसहित दुईजना पक्राउ

Author
cloudwork |
March 05, 2025 0
Featured

वीरगंज, २१ फागुन ।

बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगज जाँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनीबाट २ किलो ०४१ ग्राम अफिमको चारवटा प्याकेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रहरीले चालक मकवानपुर जिल्ला राक्सिराङ गा.पा.वडा नं. १ बस्ने वर्ष २७ को सुनिल मोक्तान र मोटरसाइकलको पछाडि बस्ने भीमफेदी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को हर्क रूम्बालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाएको जिप्रका, बाराले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3