Posts

Showing posts from November, 2023
डाटा लोड हुँदैछ...

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

Image
बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीप क्षेत्रीका अनुसार मानसिक अवस्था ठीक नरहेकी महिलाले हिजो बेलुका ८ बजेतिर आफ्नै कोठामा शरिरमा आगो लगाएकी थिन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी घाइते अवस्थामा उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी क्षेत्रीले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए । 

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

Image
सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले आज गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् । कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको आरोप पत्रकार साहको रहेको छ । कपी नियन्त्रणमा लिएर परीक्षामा असफल गराउने नियत देखिएको आरोप पत्रकार साहले लगाएका छन् । उनले भने, 'मेरो छोरालाई फेल गराउनकै लागि कपी नियन्त्रणमा लिनुभएको थियो ।' पत्रकार साहले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् । बदनीयतपूर्ण तरिकाले उत्तर पुस्तीका खोस्ने कार्य गरेकाले निज कर्मचारीलाई छनोट प्रक्रियामा सामेल नगराउन समेत उनले माग गरेका छन् । साथै उनले कर्मचारी निरञ्जन शाक्यलाई प्रशासन प्रमुखबाट हटाएर स्वास्थ्य सेवा तर्फ पठाउन ...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

Image
वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटी गएको टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ३ र ४  स्थितमा दश कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरिएको जनाएको छ । प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाई गर्ने समेत जानकारी गराएको छ । 

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

Image
वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा अवैध रूपमा संचालन रहेको तीनवटा रक्सीभठ्ठीमा छापामारी गरी तोडफोड गरिएको हो । प्र.ना.नि. प्रमानन्द प्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटे तिनवटा रक्सी भठि नष्ट गर्नुको साथै ६० लिटर नष्ट गरेको मदिरा र तिनवटा खाली जार नियन्त्रणमा लिएको प्रहरी जवान अरबिन्द कुमार यादवले जानकारी गराएको छ । 

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Image
वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ । मञ्चका नारायणी संयोजक नन्दकिशोर गोयलले जारी गरेको विज्ञप्तिमा बिगत लामो समयदेखि राष्ट्रिय सरोकार मंच नेपालसंग आवद्ध रही काम गर्दै आएको हुँदा र केही समयदेखि समय नदिने तथा संस्थामाथि आच आउने गरि काम गर्दै गरिरहेको भन्दै मञ्चको ध्यानाकर्षण भएको जनाएको छ । पर्सा जिल्ला कमिटी निस्क्रिय भएको तथा मंचको नियम बिपरित गइरहेको हुँदा सो कार्य समिति आजको मितिबाट भंग गरिएको जानकारी गराइएको छ । साथै यस कमिटिसंग आवद्ध रहेको पदाधिकारी एवम् सदस्यहरूलाई कुनै किसिमको गुनासो भए तीन दिन भित्र अंचल कार्यालय वीरगंजमा सम्पर्क गर्न संयोजक गोयलले अनुरोध गरेका छन् ।

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

Image
वीरगंज, १३ मंसिर । सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ ।   बुधवार बिहान ८ः३० बजेको समयमा जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. २ र ७ खजानीमा नेपाल सरकारद्वारा प्रतिबन्धीत गरिएको गाँजा खेती लगाएको सूचनाको आधारमा प्रहरीले नष्ट गरको हो । ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीद्वारा २० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धीत गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

Image
१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका–८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक–६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धनकुटा साँगुरीगढी–९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी–८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर...

वीरगंजका ५ वटा वडाको अनुगमन

Image
वीरगंज, १० मंसिर । वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले आइतवार महानगरको ५ वटा वडाको सेवा प्रवाह वारे अनुगमन गरेको छ । वडाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन र वडाको समस्या पहिचान गर्न समितिले कडाइका साथ अनुगमन थालेको हो । समितिले आइतवार वडा नं. ८, ९, ११, १३ र १४ मा अनुगमन गर्दै त्यहा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व सङ्कलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिनुभयो । कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व सङ्कलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमनलाई तिब्रता दिइएको उहाँले बताउनुभयो । समितिले यस अघि विभिन्न ९ वटा वडाको अनुगमन गरेको थियो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व सङ्कलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिनुभए बमोजिम समितिले अनुगमन शुरू गरेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएक...

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

Image
वीरगंज, १० मंसिर । मुम्बई हमलाको १५ औं वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकर्ताहरूलाई सन्क्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत  चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिनुभयो । उहाँले पाकिस्तानसङ्ग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आहवान गर्नुभयो । यादवले २६/११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताउनुभयो । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए । राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तानविरूद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताएका छन। यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने समेत आव्हान गरिएको छ । उक्त प्रदर्शनमा सहभागीहरूले आतंकवाद र मानवअधिकार उल्लङघनका विरूद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अ...

बाघको आक्रमणबाट एकको मृत्यु

Image
चितवन, ८ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

Image
जनकपुरधाम  ८ मंसिर  । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ । दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

३८ हजार नेपाली नक्कली नोटसहित दुई पक्राउ

Image
वीरगंज, १ मंसिर ।  वीरगंजको घण्टाघर नजीकै रहेको खुद्रा कपडा पसलमा कपडा किन्ने दुईजनालाई नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।  ३८ हजार नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा भएको सूचनाको आधारमा प्रहरीले दुईजना जनालाई पक्राउ गरेको हो । बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । दुबै जनालाई घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथ एक हजारको ३८ वटा नक्कली नोट बरामद भएपछि खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए। पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । यसैगरी वीरगंज–१४ गण्डकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।  वीरगंजबाट परवानीपुरतर्पm जाँदै गरेकोना.२१ प ४५८६ नम्बरको मोटर साइकलमा सवार बारा, परवानीपुर गाउँँपालिका–४ बस्ने वर्ष ३५ वर्षीय ध्रुव रामलाई साढे ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्स...

बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याइ

Image
जलेश्वर, ३० कात्तिक : छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ ।  अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन्  । मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भन्नुभयो,"जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने  पर्व छठ हो । " छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताउनुभयो ।  गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमिनले भन्नुभयो, " कात्तिक लाग्ने वित्तिकै  बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ । यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ ।" छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ । सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताउनुभयो । जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताउनुभयो । त्यसैगरी जिल्लाको भङ...

वीरगंजमा मुस्लिम, मधेसी, पहाडीले सामूहिक भाइटीका लगाए

Image
वीरगंज, ३० कात्र्तिक । वीरगंजमा विभिन्न जात, धर्म र समुदायको सहभागीतामा सामुहिक भाईटीकाझ मनाइएको छ। बुधवार यमपञ्चकको अन्तिम दिन वीरगंज महानगरपालिकाको प्रायोजन तथा न्यूज २४ टेलिभिजनको आयोजनमा  'सामुहिक भाईटिका' मनाइएको हो । आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा आयोजित सामुहिक भाईटीका कार्यममा हिन्दु, मुस्लिम,मधेसी, पहाडी, थारू, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा भेला भई फरक फरक जाती र समुदायका दिदीबहिनीहरूको हातबाट सामुहिक रूपमा भाईटिका लगाएका हुन् । भाईटिका पहाडी समुदायको विशेष पर्व रहेपनि मधेसी,थारू, मारवाडी लगायतका समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले सामुहिक भाईटीका लगाइएको आयोजक न्यु २४ टेलिभिजनका केन्द्रीय ब्युरो प्रमुख राजु श्रेष्ठले बताए। कार्यक्रममा सहभागी भई भाईटीका लगाएका पर्सा क्षेत्र नंबर १ का सांसद प्रदीप यादवले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले विभिन्न जातजाति, धर्मका व्यक्तिहरू एकै ठ...

गुणस्तरहीन जगदम्बा डण्डी (रड) बंग्याउँदा भाँचियो, शंकर गु्रपको उत्पादनमाथि पुनः प्रश्नचिह्न तेर्सियो

Image
वीरगंज, २४ कात्तिक । शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तरहीन रहेको गुनासो आएको छ । वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा घर बनाउँदै आएका एकजना उपभोक्ताका अनुसार जगदम्बा स्टिल्सको जगदम्बा इ एफइ ५०० को १६ एमएमको फलामको रड प्रयोग गर्दा रडको लचकता आवश्यकताभन्दा अधिक कम रहेकोले रडलाई मोडने क्रममा भाँचिएको उपभोक्ताले गुनासो गरेको छ । यस विषयमा पीडित पक्षले कम्पनीलाई जानकारी गराउँदा कम्पनीले सामान किनेको ठाउँमा जानूस् पसलेले जे गर्नुछ गर्छ भनेर बताए । उनले पसलको साहुको अनुसार यो रड हामीले बनाएको हैन । यो कम्पनीको गलती हो भने कम्पनीमा बुझ्नुस् भनेर गैरजिम्मेवार जवाफ दिएका थिए । गुनासो सुन्ने कुनै निकाय नभेटिएपछि पीडित घरधनीले नेपाल गुणस्तर तथा नापतौल विभागमा उजूरी गर्ने बताएका छन् । विगतमा काठमाडौं महानगरपालिका–१६ खरिबोटको बोहराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्ने क्रममा १६ एमएमको रड मोड्ने क्रममा भाँचिएको उजूरी गरेका थिए । उनको उजूरीका आधारमा नेपाल गुणस्तर तथा नापतौल विभागका तत्कालीन महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरेकोले यसको बिक्...

पर्सा खानेपानीले महसुल नतिर्ने ग्राहकको धाराको काट्न सुरु

Image
वीरगञ्ज, २४ कात्तिक : नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो । महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिनुभयो । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताउनुभयो । संस्थानले ग्राहकबाट करिब रु १२ करोड २६ लाख बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको प्रमुख महर्जनले जानकारी दिनुभयो । खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी व्यवसाय...

बारा प्रहरीद्वारा हतियारसहित पाँचजना पक्राउ

Image
वीरगंज, २३ कात्तिक ।   बारा प्रहरीले हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ । आज बिहान ८ बजे सिम्रौनगढ न.पा. वडा नं. ११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा वर्ष ४० को उपेन्द्र पटेलले घरमा लुकाएर राखेको अवैध हतियार इलाका प्रहरी कार्यालय सिम्रौनगढले सूचनाको आधारमा खानतलासी गरी खोजेको थियो । पटेलले पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाएर राखेको रिभाल्वर एक थान र सोको सात थान गोली, नलकटुवा पेस्तोल एक थान र सोको एउटा गोली, त्यस्तै केएफ लेखिएको गोली एकथान र जंगी राउत दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरीले ४० वर्षीय उपेन्द्र पटेल, वर्ष २७ को धिरेन्द्र पटेल, वर्ष ६२ को रूपलाल पटेल, रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने वर्ष ४४ को राजमंगल पटेल, वर्ष ८० को सोभा राउतलाई पक्राउ गरेको जनाएको छ । 

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

Image
काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ । 

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

Image
वीरगञ्ज, २३ कात्तिक : मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ बीएएलएलबी र जनप्रशासन सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । यसका लागि प्रवेश परीक्षामार्फत कानुन सङ्काय बीएएलएलबीमा भर्ना भएका एक सय १० र जनप्रशासन सङ्कायका ५५  विद्यार्थीका लागि विश्वविद्यालयले तीन दिने अनुशिक्षण कक्षा सञ्चालन गरेको हो । विश्वविद्यालयमै सञ्चालित अनुशिक्षण कक्षामा विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, रजिष्ट्रार विजयकुमार यादवले विश्वविद्यालयको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभयो । यस्तै पर्सा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय पर्साका सह न्यायाधिवक्ता रामकमुार थापाले कानुन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षण दिनुभएको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिनुभयो । विद्यालयलाई सुष्मा श्रेष्ठ, वासुदेवलाल कर्ण र अरविन्द श्रेष्ठले विश्वविद्यालयको आचारण र विद्यालयले परिपालना गर्नुपर्ने विष...

महिलाको मृत्यु, महरा पक्राउ, अस्पताल सञ्चालक फरार

Image
रौतहट, २२ कात्तिक । रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको टोलीले महरालाई सर्लाहीको हराकठवा बजारबाट मंगलवार राति पक्राउ गरेको हो । पक्राउ परेका महरा अहिले इलाका प्रहरी कार्यालय गरूडाका नियन्त्रणमा रहेको डिएसपी ओम प्रकाश खनालले बताए ।   बिर्ता स्थित जनसेवा अस्पतालमा बिरामी महिला नुरजहा खातुनको पाठेघरको अपरेसनमा महराको संलग्नता रहेको डिएसपी खनालले बताए। महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँबाट पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए। महरा सिएमए हुन । अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरूडा ८ का राजेन्द्र यादव भने फरार रहेका छन । रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरूडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा खातुनको मृत्यु भएको हो । पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई इमर्जेन्सी अस्पतालमा चेक...

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको रु ५० लाख सहयोग

Image
काठमाडौँ, २१ कात्तिक : नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ । सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्न...

मालपोत पर्साका अधिकृत मिश्रविरुद्ध राजश्व हिनामिनाको मुद्दा दायर

Image
वीरगंज, २० कात्तिक/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजश्व दुरूपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरूद्ध रू दुर्ई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरूद्ध रू एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरूद्ध रू ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरूद्ध रू १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ । यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरूद्ध रू दुर्ई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरूद्ध रू एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध ...

अपहरणमा परेका वृद्धको भारतबाट उद्धार

Image
वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ । कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह कलवारलाई राति १२ बजे बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट अपहरण मुक्त गराएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्Fक मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले भेलाही थानाको समन्वयमा कलवारलाई सकुशल अपहरण मुक्त गरि ल्याएको हो । आइतवार साझ वीरगंज बाट घर जाने क्रममा प्रसौनी भाठाबाट ५ जना अपरिचित व्यक्तिले निज लाइ अपहरण गरि भारतको भेलाहिमा रहेको बिनोद वर्णवालको घरमा राखेको अवस्थामा प्रहरीको विशेष सुचनाको आधारमा अपहरण मुक्त गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अपहरितलाइ परिवारको जिम्मा लगाइएको छ भने घटना वारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

रतवारा गाउँमा बन्दुकको आडमा लुटपाट

Image
जलेश्वर (महोत्तरी), २० कात्तिक : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उहाँले बताउनुभयो । मल्लका अनुसार बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन् । घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन् । डाकाको प्रहारबाट घाइते भएका ...

आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानलाई

Image
काठमाडौँ, १९ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । बाइस रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमायो । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले एक÷एक रन बटुल्यो । पाँचौ र छैँटौ बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । ओमान ओमानका लागि कश्याप प्रजापति ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए । क...

जाजरकोट भूकम्प : मृतकको संख्या ५२ पुग्यो

Image
 शनिबार, कात्तिक १८, २०८० |  जाजरकोट भूकम्पमा परी ५२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।  गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  उनीहरूलाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । जिल्लाको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार, भूकम्पमा  उद्धार र घटनाको विवरण संकलन गर्ने कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताइन् ।   गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।    भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ । 

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो

Image
वीरगञ्ज , १६ कात्तिक ः मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । यस्तै पछिल्लो केही दिनयता दैनिक चार÷पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा सिंहको भनाइ थियो ।   अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको ...

सर्राफ हत्याकाण्डमा शुटरसहित पाँचजना बारा प्रहरीद्वारा सार्वजनिक

Image
बारा, १५ कात्तिक । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रूपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कलैया भरतचोक नजिकै सोमवार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधवार बारा प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको हो । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरूसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ । 'विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्ये...