डाटा लोड हुँदैछ...

जाजरकोट भूकम्प : मृतकको संख्या ५२ पुग्यो

 शनिबार, कात्तिक १८, २०८० |

 जाजरकोट भूकम्पमा परी ५२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । 
गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  उनीहरूलाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । जिल्लाको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार, भूकम्पमा  उद्धार र घटनाको विवरण संकलन गर्ने कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताइन् ।  

गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।   

भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर