डाटा लोड हुँदैछ...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर ।
पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ ।

आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटी गएको टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ३ र ४  स्थितमा दश कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरिएको जनाएको छ ।

प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाई गर्ने समेत जानकारी गराएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर