डाटा लोड हुँदैछ...

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर ।

इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ ।

आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा अवैध रूपमा संचालन रहेको तीनवटा रक्सीभठ्ठीमा छापामारी गरी तोडफोड गरिएको हो ।

प्र.ना.नि. प्रमानन्द प्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटे तिनवटा रक्सी भठि नष्ट गर्नुको साथै ६० लिटर नष्ट गरेको मदिरा र तिनवटा खाली जार नियन्त्रणमा लिएको प्रहरी जवान अरबिन्द कुमार यादवले जानकारी गराएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर