माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर
मधेसखबर वीरगन्ज,१६ फागुन : वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियानलाई अझ तिब्र पारेको छ । महानगरले नाला , सडक पेटी , पार्क लगाएतका सार्वजनिक स्थल र जग्गा अतिक्रमण गरि बनाइएका भौतिक संरचनाको निस्सा महानगरपालिकाको कार्यालयमा दुइ दिनभित्रमा पेश गर्न निर्देशन सहितको सार्वजनिक सुचना गत कात्तिक १५ मा जारी गरेको थियो ।उक्त सूचनामा महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न आग्रह पनि गरेको थियो ।तर उक्त निर्देशनलाई अटेर गरिएपछि गत कातिक तेश्रो साता देखि महानगरले त्यस्ता अवैध संरचनाहरु भत्काएर हटाउन शुरु गरेको थियो । यसैक्रमा मंगलबार पनि वीरगन्ज महानगरले आदर्शनगर स्थित माइराम पोखरीको जग्गा अतिक्तमण गरि बनाइएका पक्की घरहरु डोजरले भत्काएर खाली गराएको छ ।पोखरीले चर्चेको ५ वटा पक्की घरहरु डोजरले भत्काएर खाली गराइएको मेयर राजेशमान सिंहले बताए । माइराम पोखरीको जग्गामा निर्मित चिल्ड्रेन पार्कको पुर्व तिर बनाइएका ५ वटा पक्की घरहरु मंगलबार डोजर लगाएर भत्काइएको उनले बताए । पोखरीले चर्चेको जग्गामा अतिक्रमण ...