डाटा लोड हुँदैछ...

मृत्युदर्ता हुँदाहुँदै घूस खाएर सचिवद्वयले प्रतिलिपि बनाएको विरोधमा गाउँलेद्वारा वडा कार्यालय घेराउ

वीरगंज, १४ फागुन ।
छिपहरमाई गाउँपालिका–२ टिहुकी वडा कार्यालयमा स्थानीयवासीले आइतवार घेराउ गरेका छन् ।
सोही ठाउँका फिरोज अन्सारीको मृत्यु दर्ता हुँदाहुँदै वडा सचिव केदार सहनी र मनोज सर्राफले ३० हजार रकम खाएर मृत्युदर्ताको प्रतिलिपि बनाएको विरोधमा स्थानीयले वडा कार्यालयमा विरोध गरेका हुन् ।
अन्सारीका आफन्तजन तथा गाउँलेहरु वडा कार्यालयमा पुगेर सचिवद्वय केदार सहनी र मनोज सर्राफले मृतक फिरोज अन्सारीकी पत्नी रोशनी अन्सारीको प्रलोभनमा परी मृत्युदर्ताको प्रतिलिपि बनाएको आरोप लगाएका थिए । फिरोजको मृत्यु भइसकेको र उनको मृत्युदर्ता प्रमाणपत्र फिरोजका पिता तथा दाजुभाइसंग रहेको भए पनि सहनी र सर्राफले रोशनीको प्रलोभनमा प्रतिलिपि बनाएको आरोप लगाइएको छ ।
फिरोजको मृत्युपछि उनको पत्नी रोशनी अन्सारी छुट्टै बस्दै आएको र उनको जग्गा, सम्पत्ति, बैंक खाता, कारोबारलगायत आफनो नाममा गर्न उनको पत्नीले सचिवलाई घूस खुवाएर मृत्युदर्ताको प्रतिलिपि बनाएको फिरोजका आफन्तको भनाइ छ । 

Virus-free.www.avast.com

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर