डाटा लोड हुँदैछ...

समाजवादी विधार्थी युनियनको आयोजनामा ठाकुरराममा सुचना प्रविधी अन्तरक्रिया सम्पन्न

मधेसखबर
वीरगन्ज,९फागुन : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार सुचना प्रविधी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी निकटको समाजवादी विधार्थी युनियनले क्याम्पसमै आयोजना गरेको कार्यक्रममा सहभागी क्याम्पसका विधाधर्थीहरुलाई एड्सबी मिडिया प्रालिका संस्थापक हिमांशु वर्णवालले ग्राफिक डिजाइनिंग, वेभसाइट डेभलोपिंग र वेभ पेज डेभलोपिंगका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डिजिटल मार्केटींगको विस्तार बारे पनि सहभागीहरु बिच छलफल भएको समाजवादी विधार्थी युनियनका क्याम्पस इकाइ उपाध्यक्ष शशी सर्राफले जानकारी दिए । इकाइ अध्यक्ष हरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सर्राफ , विधार्थीहरु नेता सागीर अली , हरिकिशोर यादव , हरिशंकर यादव , आयुष यादव , आयुष वर्णवाल , दिपक पटेल गरि ८० जना विधार्थीहरुको सहभागिता रहेको थियो ।

The post समाजवादी विधार्थी युनियनको आयोजनामा ठाकुरराममा सुचना प्रविधी अन्तरक्रिया सम्पन्न appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर