डाटा लोड हुँदैछ...

त्रिपन्न किलो गाँजासहित दुर्ई जना पक्राउ

चितवन, ८ फागुन/
पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्पm जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर