Posts

डाटा लोड हुँदैछ...

विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

Image
काठमाडौँ, १८ फागुन : फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गर्नुभएको हो । नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन् । रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन् । मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन् ।   

नेपालले नामिबियालाई हरायो

Image
काठमाडौँ, १८ फागुन : करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ ।   जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटियो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए । योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ । नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान दुई अङ्क नै छ । नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ५० रन जोडेका हुन् । जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र ...

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

Image
काठमाडौँ, १७ फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो । नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२÷४२ रनको योगदान दिए । त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९÷१९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले दुई विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक÷एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक एक सय ३५ रनको योगदान दिएका थिए । त्यसै...

बहुदरमाईमा निश्शुल्क आँखा जाँच शिविर, रक्तदान कार्यक्रम

Image
वीरगंज, १७ फागुन । बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा निश्शुल्क आँखा चेकजाँच शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।   पन्नालाल विद्यादेवी प्रतिष्ठचान, लायन्स क्लब अफ वीरगंज परिवार, माट्रिका आइ फाउन्डेशनको संयुक्त आयोजनामा रक्तदान तथा निश्शुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।   कार्यक्रममा २० जना महिला पुरुषले रक्तदान गरेका थिए । त्यस्तै निश्शुल्क आँखा जाँच शिविरमा १८९ जनाको आँखा परीक्ष्Fण गर्दा ७२ जनामा मोतियाबिन्दु देखिएको थियो ।   मोतियाबिन्दु देखिएकाहरुको निश्शुल्क शल्यक्रिया शुक्रवार माट्रिका आइ फाउन्डेशनमा हुने प्रतिष्ठानका डा सन्तोष साह (पिएचडी)ले जानकारी दिनुभएको छ । 

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

Image
काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । "दश जनालाई नियन्त्रणमा लिएका छौँ", उहाँले भन्नुभयो, "अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।" 

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

Image
वीरगंज, १५ फागुन । सर्लाहीमा जन्ती गइरहेको बेलामा नम्बरको नखुलेको स्कार्पियोको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ । माधवपुर नगरपालिका–८ रौतहट निवासी २० वर्षीय अजय महतो र वडा नं. ६ निवासी २४ वर्षीय सियानन्द महतोको उपचारको क्रममा मृत्यु भएको वीरगंज हेल्थकेयर अस्पतालले जनाएको छ । दुर्घटनापछि घाइते भएका दुवैजनाको सर्लाही जिल्ला अस्पताल, मलंगवामा प्रारम्भिक उपचारपछि वीरगंज हेल्थ केयर ल्याइएको र त्यहा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।   शवको पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा राखिएको छ । 

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

Image
वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार शंकास्पद वस्तु पडकिंदा घाइते भएका पाँचजनामध्ये दुईजनाको हिजो र आज एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नं.९ बस्ने वर्ष २० को रितु रजतको उपचारको क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । यसैगरी प्रहरीले सो घटनामा अनुसन्धानको क्रममा भारत, मोतिहारी बस्ने वर्ष ४० को राज भन्ने रमेश जैसवाल (कबाडको सामान किन्ने व्यक्ति) र निजगढ न.पा.९ बस्ने वर्ष २९ को टिकाराम पाख्रिङ (कबाडि बेच्ने)लाई पनि पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता प्र.ना.उ.दधिराम न्यौपानेले जनाएको छ । फागुन १४ गते निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थित रेशम मगरको रोहित वर्कसप लेथमा ग्याँस बेल्डिङ गर्ने क्रममा वर्ष ४५  को रेशम मगरको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी , भारतको गवाई वस्ने वर्ष ३५ को राकेश जैसवालको पनि बयोधा अस्पतालमा उपचारको क्रममा हिजो राति ९ः४० बजेको समयमा मृत...