जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवस: पर्साकाे जिराभवानीमा सचेतनामुलक रयाली
वीरगन्ज ,९जेष्ठ : जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर २ मा सचेतनामुलक रयाली निकालिएको छ । डिभिजन वन कार्यालय पर्साकाे सहयाेगमा सब डिभिजन वन कार्यालय बसन्तपुरले सचेतनामुलक रयाली निकालेकाे हाे । रयालीमा सहभागीहरुले सम्झौता देखी कार्य सम्म: जैविक विविधता फिर्ता निर्माण गर्नु होस,रुख रोपी ,वन जौगाउँ, वन अतिक्रमण कार्य बन्द गरौं , पर्यावरण जोगाउन वन संरक्षण गरि वातावरण सुधार गरौं ,वन्यजन्तु,काठ्को चोरी शिकारी तथा अबैध ब्यापार रोकी, जैविक विविधताको संरक्षण गरौं,वन जंगललाई सरकारी सम्पत्ति सम्झी हानी नोक्सानी न पुर्याउ बरु आफैनै सम्पत्ति सम्झी वनको सुरक्षा गरौं भन्ने नारा लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरेका थिए । उक्त रयालीले जिराभवनी गाउँपालिकाको वडा नम्बर २ का बसन्तपुर,काठमाडौ टोल,पकडिया लगायतका गाँउकाे परिक्रमा गरेकाे थिए। रयालीमा डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत सुभाष चन्द्र दास, सहायक वन अधिकृत फरमान मियाँ अन्सारी, रेन्जर सुमन पाण्डेका साथै वडाका जनप्रतिनिधि ,समाजसेवी,विद्यार्थी लगायतको सहभागिता रहेको थियो । The p...