डाटा लोड हुँदैछ...

विश्वकप क्रिकेटको छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं, ९ जेष्ठ : आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिजसंग र ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहसंगको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।

नेपाल टिमले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ ।नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ ।

प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ ।नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ ।विश्वकप छनोटको समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

समूह बी तुलनात्मक रुपमा सहज देखिन्छ । किनभने आईसीसीको वर्गीकरणअनुसार उपल्लो प्रतियोगिता सुपर लिग खेलेका दुई टिममात्र यो समूहमा छन् । श्रीलंका र आयरल्याण्ड सुपर लिगबाट आएका हुन् भने लिग टूको उपाधि विजेता स्कटल्याण्ड र उपविजेता ओमानले यो समूहबाट खेल्नेछन् ।

२ चैतमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा शीर्ष तीनमा रहेर नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको हो । साभार : अनलाइनखबर

The post विश्वकप क्रिकेटको छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर