डाटा लोड हुँदैछ...

चितुवाको आक्रमणबाट बाराको खयरबारीमा महिला घाइते

बारा, ९ जेठ ।

 
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा चितुवाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । मंगलवार चितुवाले आक्रमण गर्दा घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छन् ।
डिभिजन वन कार्यालय बाराले प्रमिलालाई आक्रमण गर्ने बाघभन्दा पनि ठूलो प्रजातिको चितुवा भएको बताएको छ ।  


चितुवाको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ । प्रमिलाको  वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरूङले प्रमिलाको अवस्था खतरामुक्त रहेको  स्थानीय कपिल खरेलले बताए । प्रमिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।  

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर