Posts

डाटा लोड हुँदैछ...

सुनको जलप भएको बिस्कुट बेच्न खोज्ने चारजना पक्राउ

Image
वीरगंज ४ फागुन । नक्कली सुन देखाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले चारजनालाई पक्राउ गरेको छ । बिहीवार दिउँसो वीरगंज महानगरपालिका वडा नं. १५ हिमालयन होटल अगाडिबाट सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं. १८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ बस्ने वर्ष २७ वर्षीय अवधेश कुमार राय पक्राउ परेका हुन् । बीआर३१पी ०६४९ नम्बरको गाडीमा बसेर सर्वसाधारणलाई नक्कली सुन (बिस्कुट आकारको १ किलो लेखिएको धातु ) देखाई भ्रममा पारी ठगी गर्ने नियतले बिक्री गर्न लागेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेट भएको गाडी र सुनको जलप भएको पहेँलो बिस्कुट आकारको धातु पनि बरामद गरेको छ । वीरगञ्ज सुनचाँदी व्यवसायी संघमा पठाएर परीक्षण गराउँदा सुनको जलप भएको धातु भनी पुष्टी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरू विरूद्ध ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह

Image
वीरगन्ज,४फागुन:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताएका छन्। महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको मेयर सिंहको भनाई छ । रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागि पनि महानगरले योजना बनाएको उनले बताए । वीरगन्ज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने आवश्यक्ता औँल्याए । अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताए । मियाँले वनमार्फत समृद्धि हाँसिल गर्न सकिने धारणा राखे। समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवं सचिवहरुको लागि आयोजित अभिमुखीकरणका अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पारेका थिए । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उनले बताए । ...

लागुऔषधसहित चार युवक पक्राउ

Image
वीरगंज,४ फागुन । प्रतिबन्धित लागुऔषधसहित सर्लाही र धादिड्ढा चार जना युवक पक्राउ परेका छन् । भारतको रक्सौलबाट लागुऔषध लिएर आएका उनिहरूलाई प्रहरीले बुधवार बेलुकी वीरगंज महानगरपालिका वडा नंबर १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राज मन्सुरी, १९ वर्षका विशाल मोक्तान, वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर र धादिड्ढो गजुरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय अजय तमांग रहेका छन् । उनिहरूको साथबाट प्रतिबन्धित लागु औषध डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन–५० एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । विशेष सुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरूले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागु औषध बरामद गरेको गिरिले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए ।

जिपी कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज गुप्ता मनोनित

Image
मधेसखबर वीरगन्ज ,४ फागुन : गिरिजा प्रसाद (जिपी) कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज कुमार गुप्ता मनोनित भएका छन् । नेपाली कांग्रेसका युवा नेता गुप्तालाई , फाउण्डेशनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले फाउण्डेशन पर्साको संयोजकमा मनोनित गरेकी हुन् । गुप्तालाई २ वर्षका लागि फाउण्डेशन पर्साको संयोजकमा मनोनित गरिएको केन्द्रिय अध्यक्ष कोइरालाले बताएकि छन् । वीरगन्ज निवासी गुप्ता , विभिन्न सामाजिक कार्यमा पनि सृकय रहदै आएका छन् । केन्द्रिय अध्यक्ष कोइरालाले पर्सा संयोजकमा मनोनित गरेको पत्र गुप्तालाई हस्तान्तरण गर्दै फाउण्डेशनका मधेस प्रदेश संयोजक तथा कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले फाउण्डेशनको बिधान बमोजिमको उदेश्यहरु प्राप्ति गर्न गुप्ताको कार्यकालको सफलताको शुभकामनाका साथै बधाई समेत दिए । शाहबुद्धिन , यसअघि फाउण्डेशन पर्साको अध्यक्ष थिए । उनि फाउण्डेशन मधेस प्रदेशको अध्यक्ष भएपछि पर्सा संयोजकमा गुप्तालाई मनोनित गरिएको हो ।   The post जिपी कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज गुप्ता मनोनित appeared first on Madhes Khabar .

परिवारै मिलेर देवरबाट गराए बलात्कार

Image
महोत्तरी,४फागुन : यो कुनै चलचित्रको कथानक होइन। न हो उपन्यासकै कथा। यो त भयानक हृदयविदारक घटना हो। एक किशोरीले गत असारमा गौशाला नगरपालिका–५ का युवकसँग मागीविवाह गरिन्। तर, परिवारै मिलेर देवरबाट बलात्कार गराए। पीडितले प्रहरीमा गएर उजुरी दिइन्। तर, प्रहरीले परिवारकै जिम्मा लगायो। त्यसपछि ससुराले मन्दिरमा लगेर देवरसँगै विवाह गराए। घर फर्किएपछि पनि यातना दिन छाडेनन्। ती पीडितले न्याय मागिरहेकी छन्। ‘श्रीमान् हुँदाहुँदै देवरसँग यौनसम्बन्ध कायम गर्नुपर्ने बाध्यता छ’, उनले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध बनाउन नमान्दा श्रीमान्, देवर, नन्द अनि ससुराले नै मुखमा कपडा कोचेर कुटपिट गर्दै आएका छन्।’ न्याय माग्दा देवरसँग मेरो विवाह गराइदिएको उनको भनाइ छ। ‘तैपनि ममाथिको अत्याचार बन्द हुँदैन। के गरूँ ? कहाँ जाऊँ ? के ठेगान छैन’, उनको दुखेसो छ, ‘माइत जाऊँ भने गरिबीका कारण बुवाआमा आर्थिक संकटमा छन्। ससुरालीमा जब श्रीमान् नै सहारा दिँदैन भने अरूले सहारा दिने कुरा पर जाओस्।’ परिवारै मिलेर देवरबाट बलात्कार गराएको उनको गुनासो छ। ‘प्रायः रातिको समयमा श्रीमान् बेडमा पल्टेको हुन्छ। म पन...

दिलीप हत्या प्रकरण : क्रसर मालिकले पाए सफाइ , अन्य ३ जना दोषी ठहर

Image
फाइल फोटो काठमाडौं, ३ फागुन : धनुषाका दिलीप महतोको हत्यामा संलग्न ३ जना दोषी ठहर भएका छन् । अवैध उत्खननको विरोध गर्दा दिलीप महतोको हत्या गर्ने विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् । जितेन्द्र र मुनीन्द्र भने उक्त उद्योगका कामदारका रूपमा कार्यरत थिए । विपिन र मुनीन्द्रलाई दिलीपको मनशायपूर्वक हत्या गरेकोमा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकोमा कसुरदार ठहराइएको हो । विपिन र मुनीन्द्रलाई २५ वर्ष वा आजीवन कैदमध्ये कुनै एक सजाय हुनेछ भने जितेन्द्रलाई त्यसको आधा सजाय हुनेछ । आगामी फागुन १२ गते न्यायाधीश गुरुङले नै उनीहरूलाई सजाय निर्धारण गर्ने श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए । हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्...

टेक्निकल टिचर एसोसिएसन पर्साको अध्यक्षतामा सक्सेना चयन

Image
मधेसखबर वीरगन्ज,३फागुन : वीरगन्जमा बुधबार टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको सभाकक्षमा सम्पन्न अधिवेशनले संजय कुमार सक्सेनाको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा अजय कुमार महतो, सचिचवमा सरोज कुमार उपाध्याय , सहसचिवमा राहुल कुमार साह , कोषाध्यक्षमा अभिषेक यादव तथा सदस्यहरुमा संतोष साह, श्यामसुन्दर कुशवाहा, समसोदिन अंसारी, विकास पटेल, मुकेश कुमार महतो, धर्मनाथ कुमार झा लगायतका रहेका छन् । टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका सचिव अनन्त प्रसाद चौधरीको अध्यक्षता तथा टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका संस्थापक सचिव ईन्जिनियर राजेश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा शेषनाथ प्रसाद चौधरी, आशुतोष यादव, वावुनन्द पटेल, संदिप कुमार चौरसिया, रवि कुमार गुप्ता,शम्भु साह ,राजकिशोर प्रसाद कानु लगायतको सहभागिता रहेको थियो । The post टेक्निकल टिचर एसोसिएसन पर्साको अध्यक्षतामा सक्सेना चयन appeared first on Madhes Khabar .