टेक्निकल टिचर एसोसिएसन पर्साको अध्यक्षतामा सक्सेना चयन

मधेसखबर
वीरगन्ज,३फागुन : वीरगन्जमा बुधबार टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको सभाकक्षमा सम्पन्न अधिवेशनले संजय कुमार सक्सेनाको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा अजय कुमार महतो, सचिचवमा सरोज कुमार उपाध्याय , सहसचिवमा राहुल कुमार साह , कोषाध्यक्षमा अभिषेक यादव तथा सदस्यहरुमा संतोष साह, श्यामसुन्दर कुशवाहा, समसोदिन अंसारी, विकास पटेल, मुकेश कुमार महतो, धर्मनाथ कुमार झा लगायतका रहेका छन् ।
टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका सचिव अनन्त प्रसाद चौधरीको अध्यक्षता तथा टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका संस्थापक सचिव ईन्जिनियर राजेश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा शेषनाथ प्रसाद चौधरी, आशुतोष यादव, वावुनन्द पटेल, संदिप कुमार चौरसिया, रवि कुमार गुप्ता,शम्भु साह ,राजकिशोर प्रसाद कानु लगायतको सहभागिता रहेको थियो ।
The post टेक्निकल टिचर एसोसिएसन पर्साको अध्यक्षतामा सक्सेना चयन appeared first on Madhes Khabar.
Comments
Post a Comment