बीरगन्ज,४ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आइतबार बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने जानकारी दिए। नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरेर मतदान सुरु गरिएको उनको भनाइ छ। उनले ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वानसमेत गरेका छन्। देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन्। त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। ४ लाख ५० हजार अस्थायी मतदा...