डाटा लोड हुँदैछ...

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

वीरगंज, १७ जेठ ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
शनिवार बिहान ७ः३० बजे मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा गम्भीर भएका घाइतेलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सहयोगी वीरगंज महानगरपालिका वडा नं. १८ निवासी आशीष तिवारीले उद्धार गरी नारायणी अस्पताल वीरगंज पु-याएको तिवारीले बताएका छन् ।
घाइतेको नाम, ठेगाना खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर