डाटा लोड हुँदैछ...

१० विकेटले मनकामनालाई हराउँदै अल्पाइन मावि विजयी

वीरगंज, ८ फागुन ।
प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बिहीवार मनकामना माविलाई १० विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ ।
पहिलो इनिङमा ब्याटिङ रोज्दै  मनकामना माविले ८ ओभर खेल्दै ४७ रन बनाएको थियो । मनकामनाकी तनिषा कुमारीले २४ र रिया सर्राफले १६ रन बनाएकी थिइन् ।
प्रतिउत्तरमा अल्पाइन माविले पाँच ओभर खेल्दै ५१ रन बनाएको थियो । अल्पाइनकी प्रजिता मिश्रले ३३ र दिप्तीले ११ रन बनाएको थियो । अल्पाइन माविले १० विकेटले प्रतियोगिता जितेको हो ।
प्रतियोगिताको वुम्यान अफ दि म्याच अल्पाइन माविकी प्रजिता मिश्र घोषित भइन् ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर