डाटा लोड हुँदैछ...

रास्वपा पर्साको सभापतिमा हरि पन्त निर्विरोध

वीरगंज, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले सभापतिमा हरि पन्तलाई निर्विरोध चयन गरेको छ ।
 
आइतवार वीरगंजको क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले आठ सदस्यीय  जिल्ला समिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिए ।

भेलाले उपसभापतिमा तुलसा पौडेल सचिवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान, सदस्यहरूमा दिलीप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेललाई निर्बिरोध चुनेको हो । यसअघि रास्वपा मधेस प्रदेशले पन्तलाई पर्साको जिल्ला संयोजक चुनेको थियो । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर