Posts

Showing posts from December, 2024
डाटा लोड हुँदैछ...

नेपाललाई हिन्दू अधिराज्य पुनर्स्थापनाको विषयमा दिल्लीमा बहस

Image
नयाँदिल्ली, भारत, १६ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीलाई भारतकाे नयाँ दिल्लीमा स्वागत एवम् सम्मान गरिएको छ ।  विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष  एवम् अन्तर्राष्ट्रियका उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूत लगायतका सन्त महन्त एवम् भारत च्याप्टर भण्डारीलाई अन्तर्राष्ट्रिय अध्यक्ष भए पश्चात् बधाई एवम् सम्मान गरिएको छ। विश्व हिन्दु महासंघको ४४ बर्से इतिहासमा उहाँ पहिलो महिला अध्यक्ष बन्नु भएको हाे । अध्यक्ष बन्नु भएपछि  विश्व हिन्दु महासंघ भारतका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूतकाे  निमन्त्रणामा उहाँ एक साता लामो भारत भ्रमणमा जानुभएको हाे ।  महन्त सुरेन्द्रनाथजीले यसै साता उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई लखनउमा भेट गरे, लखनउबाट फर्किए लगत्तै अध्यक्ष भण्डारीलाई भारत भ्रमणमा बाेलाइएकाे हाे । महासंघका पदाधिकारीहरु, राष्ट्रिय स्वयंसेवक संघका प्रचारकहरु, भारतीय जनता पार्टीका केही नेताहरु र हिन्दुवादी उच्च पदस्थ ब्यक्तित्वहरुले भण्डारीलाई स्वागत गरे । यसपटक अध्यक्ष भण्डारीले हिन्दुबादी नेता एवम् भारतीय जनता प...

पर्साबाट १६० किलो गाँजासहित दुईजना पक्राउ

Image
वीरगंज, १५ पुस । पर्सा प्रहरीले १६० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । आइतवार राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर सिताराम चोकस्थित प्लाष्टिक कारखाना अगाडि सडकखण्डमा प्रहरी चौकी परवानीपुरले ड्राइपोर्ट आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा १६० किलो गाँजा बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । ट्रकमाथि हुटमा फल्स बनाई रातो प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको १० के.जी.का दरले १६ पोकामा १६० किलो लागु औषध गाँजा बरामद भएको प्रवक्ता लम्सालले बताए । प्रहरीले ट्रकचालक एवं धनी जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं. ७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन जिल्ला झुरझुरे राप्ती न.पा. वडा नं. ३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मालाई पक्राउ गरेको प्रवक्ता लम्सालले बताए । पक्राउ परेका दुवैजना व्यक्ति, लागूऔषध गाँजा र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या, तीनजना पक्राउ

Image
वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पुस ६ गते कारमा मृत भेटिएका राज कुमार रूम्बाको हत्यामा संलग्न तीनजनालाई आइतवार सार्वजनिक गरेको छ । रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् । महोत्तरी जिल्ला जलेश्वर नपा ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जिल्ला, जितपुरसिमरा उमनपा वडा नं.१९ घर भई हाल वडा नं १ मा जय माँ इन्जिनियरिङ वर्कसप सञ्चालन गर्ने वर्ष २७ को पुरूषोत्तम कुमार दास, सोही ठाउँका वर्ष २० को ईन्द्रजित कुमार चौहानलाई  पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पुस ६ गते विहान ०९ः१५ बजे जितपुर सिमरा उ.म.न.पा. वडा नं.११ बकुलियादेखि रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार चालक बस्ने सिटमा राजकुमार रुम्बा मृत अवस्थामा भेटिएको थियो । जीतपुरसिमरा–१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी र...

साढे ३० लाखको सामानसहित ट्रक नियन्त्रण

Image
वीरगंज, १० पुस । जिल्ला प्रहरी कार्यालय, बाराद्वाराले ३० लाख ६७ हजार बराबरको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । मंगलवार राति इलाका प्रहरी कार्यालय जीतपुरबाट प्र.ना.नि. मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–७ जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसकेको रू. ३० लाख ६७ हजार ७९६ रुपियाँ बराबरको कपडा, चना, ब्याट्री र थर्माेकोल दानालगायत सामान बरामद भएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले सामान लोड गरेको ट्रक आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । 

जुवाको खालबाट ६ जना जुवाडे पक्राउ

Image
वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३ बाट छजना जुवाडेलाई ४५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ । शनिवार वीरगंज–१३ निवासी सोनालाल कुशवाहाको छतमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले जुवाखालबाट छजनालाई पक्राउ गरेको जिप्रका, पर्सा प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् । पक्राउ पर्नेहरूमा वीरगंज–११ बस्ने बिमल बहादुर क्षेत्री, सोही वडाका धुरेन्द्र प्रसाद यादव, नरेश बहादुर सिंह पौडेल, जयराम प्रसाद, गणेश कुमार थापा र राम श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । जुवाको खालबाट एक लाख ४५ हजार ५४० रूपैयासहित ३ बुक तास नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताएका छन् । 

रास्वपा पर्साको सभापतिमा हरि पन्त निर्विरोध

Image
वीरगंज, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले सभापतिमा हरि पन्तलाई निर्विरोध चयन गरेको छ ।   आइतवार वीरगंजको क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले आठ सदस्यीय  जिल्ला समिति पनि निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिए । भेलाले उपसभापतिमा तुलसा पौडेल सचिवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान, सदस्यहरूमा दिलीप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेललाई निर्बिरोध चुनेको हो । यसअघि रास्वपा मधेस प्रदेशले पन्तलाई पर्साको जिल्ला संयोजक चुनेको थियो । 

९७ किलो गाँजासहित दुईजना पक्राउ

Image
वीरगंज, ४ पुस ।  जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।   बिहीवार २ः३० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २२ तीन नम्बर पुलनजीकै टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको ९७ गाँजासहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा भेटेपछि अनुसन्धान गर्दै जाँदा गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कारका चालक चितवन, राप्ती न.पा. वडा नं. २ गडौली टोल बस्ने वर्ष ३५ का बिष्णु लामा र भरतपुर म.न.पा. वडा नं. २४ सिद्धार्थ टोल बस्ने वर्ष ४६ को टेक बहादुर गुरूङलाई पक्राउ गरेको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरी बलराम श्रेष्ठले जानकारी गराएका छन् । 

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकि नव निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

वीरगंज, ४ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका नव नर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसवारीस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । महासंघको ११औं महासम्मलेनबाट निर्विरोध निर्वाचित अध्यक्ष भण्डारीले बुधवार बिहान पदभार ग्रहण गरेकी हुन् ।  बैदिक ब्राह्मण गुरूहरूद्वारा मन्त्रोचारण सहित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नु भएको सो अवसरमा अध्यक्ष भण्डारीले महासंघको ११ ओैं महासम्मेलन सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा जानकी मन्दिर जनकपुरधाममा महन्त श्री रामतपेश्वर दासलाई धन्यवाद पत्र लेखी पठाउने साथै उक्त महासम्मेलन एवम् महासभा सम्पन्न भएको  सम्बन्धी जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई लेखि पठाउने  निर्णय गरिन् । उनको पदभार ग्रहणका बेला निवर्तमान कार्य समिति तथा शुभेच्छुकहरूले कार्यालयमा पुगि बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । अध्यक्ष भण्डारीले पदभार ग्रहण पछि महासंघको कार्यालयमा रहेको योगी नरहरी नाथ र राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गर्नु भएको थियो।

विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडकको काम शुरू

Image
वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमनमा समस्या भइरहेको थियो । आत्मरामपथबाट पश्चिम जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम भएको छ । शमा, विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर सडक निर्माणको जिम्मेवारी लिएको छ । विन्दवासिनी टोलमा ६५० मिटर नालासहित कालोपत्रे सडक निर्माण हुने भएको छ । ११ करोड ४५ लाख रुपियाँमा ठेक्का सकार गरेर काम अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । साइट क्लियरेन्स नभएको भन्दै निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दै आएकोमा बुधवारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको सडक नापजाँच गरेर छुट्याएको छ । सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा अमीन सहितको टोली खटेको थियो । वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको टोलीमा खटि...

पत्रकार महासङघ पर्साका निर्वाचित पदाधिकारीलार्ई प्रमाणपत्र

Image
वीरगंज ३ पुस । नेपाल पत्रकार महासंघ पर्सा शाखाका निर्वाचित पदाधिकारीहरुलाई बुधवार प्रमाणपत्र वितरण गरिएको छ । गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्य, प्रदेश परिषद  सदस्य र केन्द्रीय परिषद सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत शत्रुघन नेपालले प्रमाणपत्र वितरण गरेका थिए । महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव एसके चौरसिया, अजयकुमार चौरसिया, कोषाध्यक्ष  सञ्जीवकुमार मिश्र, महिला सदस्य कमला भण्डारी, आदिवासी जनजाति सदस्य अजित कुमार भुजेल र मधेसी सदस्य आरोहण साह, समावेशी सदस्य प्रकाशकुमार तिवारी, खुला सदस्य तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा, केन्द्रीय परिषद् सदस्य महेशचन्द्र गौतम र राघव साहलगायतलाई फूलमाला लगाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पर्सा अध्यक्ष्F खनालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरूको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले महासंघ पर्सालाई नयाँ उचाइमा पुर्याउन हामी सबैजना एकजुट भएर काम गर्ने बता...

विश्व हिन्दू महासंघ को अध्यक्षमा भण्डारी सर्वसम्मत निर्वाचित

Image
वीरगंज, २ पुस । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकाे ११ ओैं महासम्मेलन एवम् महासभा विश्व हिन्दु महासंघ तथा जानकी मन्दिर जनकपुरधामकाे तत्वाधानमा जानकी मन्दिर प्रांगणमा भएको महासम्मेलनले अस्मिता भण्डारीलाई सर्वसम्मतिले अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेकाे हो । जानकी मन्दिर जनकपुरधामका महन्त श्रीरामतपेश्वर दास बैष्णव ज्यू प्रमुख संरक्षक रहनु भएको साे सम्मेलनकाे उद्घाटन प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महन्त रामतपेश्वरले संयुक्तरुपमा गर्नु भएको थियोे । हिन्दु अधिराज्यकाे पुन: स्थापनाकाे उद्घाेष गर्दै शाेभा यात्रा जानकी मन्दिरबाट शाेभा यात्रा गरि जनकपुर नगर परिक्रमा गरि महासम्मेलन शुभारम्भ गरिएको थियोे । बिश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरुबाट सहभागीता रहेको थियोे । भारत उत्तरप्रदेश, गाेरखनाथ मन्दिर लगायत सबै प्रदेशका अध्यक्षहरु सहित भारत च्याप्टरका सहभागीहरुकाे उपस्थिति रहे...

ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

Image
नयाँदिल्ली, १ पुस, (रासस/एएनआई): ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको  ७३ बर्षको हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो । हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ । एक शिक्षकको रूपमा उहाँको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ । उहाँले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गर्नुभएको छ । उहाँ भारतीय सांस्कृतिक विरासत बोकेको महान संगीतकार हुनुहुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, "उहाँ एक सच्चा प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । उस्ताद जाकिर हुसेनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याउनुभएको थियो । देशले उहाँ र उहाँको सङ्गीतप्रतिको योगदानलाई सधैँ ...

नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा खनाल विजयी

Image
वीरगंज, २९ मङ्सिर/ नेपाल पत्रकार महासङ्घ, पर्साको अध्यक्ष पदमा ओमप्रकाश खनाल नौ मत अन्तरले विजयी भएका छन् । उनले ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अनुप तिवारीले ७५ मत पाएका थिए । प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठनबाट समर्थन पाएका खनाललाई प्रेस युनियन र प्रेस चौतारीका असन्तुष्ट खेमाले पनि सहयोग गरेका थिए । प्रेस युनियन तथा प्रेस चौतारीका आधिकारिक उम्मेदवार तिवारीलाई उनकै पक्षधरहरूले असहयोग गर्दा हार बेहोर्नुपरेको बताइएको छ । पर्सामा बलियो सङ्गठनको रूपमा रहेका युनियन र चौतारीलाई पाखा लगाउँदै सङ्गठन विस्तारकै क्रममा रहेका सेन्टर र समाजवादीले समर्थन गरेका उम्मेदवारले जितेपछि युनियन र चौतारीभित्र किचलो शुरू भएको छ । मतपरिणाम अनुसार मतदाताहरूले सङ्गठनको ह्वीपलाई पाखा लगाउँदै आआफ्नो विवेकले मतदान गरेको देखिन्छ । पर्सामा मिश्रित परिणामले गठबन्धन सङ्गठनबीच एकअर्कालाई आरोप लगाउन पनि शुरू भएको छ । त्यसैगरी, मतपरिणाम अनुसार उपाध्यक्षमा भूषण यादव ९० मत ल्याइ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अलि असगर देवानले ६० मत पाएका थिए । महिला उपाध्यक्षमा नीलिमा पौडेल दुई मत अन्तरले विजयी ...

तेक्वान्दो डोजांगकको ग्रेडिङ कार्यक्रम

Image
वीरगंज, २९ मंसिर ।  नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार वीरगंज तेक्वान्दो डोजांगको ग्रेडिङ कार्यक्रम शनिवार वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा तेक्वान्दो खेलाडीहरुलाई विभिन्न ग्रेडिङ गरिएको थियो । कार्यक्रममा प्रथम वर्णवाल, नवलकिशोर साह, रुस्तम शेख, राजेन्द्र शाहीलगायतको सहभागिता थियो । 

पर्यटन सुरक्षा र प्रबद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका

Image
वीरगंज, २९ मंसिर ।  मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अबरोध नहुने बताएका छन् । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजना एवं होटल तथा पर्यटन व्यवसायी संघ पर्साको सह आयोजनामा शुक्रवार साँझ सम्पन्न पर्यटन सुरक्षा र प्रबद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रहरी नायब महानिरीक्षक आचार्यले पर्यटक प्रहरीलाई पर्यटकले महसुस  गर्ने गरी काम गर्न पनि पर्यटक प्रहरीलाई निर्देशन दिए । सोही क्रममा पर्साका होटल तथा पर्यटन व्यवसायीहरूले उठएका विभिन्न प्रश्नको उत्तर दिंदै उनले प्रहरीले गलत नियतले भारतीय पर्यटक चढेको भारतीय नम्बर प्लेटका सवारी साधनहरूको चेकजाँच नगर्ने  बताए । डिआइजी आचार्यले  कहिँकसैले भारतीय पर्यटकीय सवारी साधनलाई  गलत नियत राखी दुःख दिएको भेटिए तुरून्तै कार्बाही गरिने समेत बताए । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले  त्यहाँ उठेका प्रश्नहरूको जबाफ दिन...

ग्याँस ट्याङ्करबाट ठूलो परिमाणमा गाँजा बरामद

Image
वीरगंज, २७ मंसिर/ नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट आएका दुर्ईवटा ग्याँस ट्यांकरबाट भारतको रक्सौल सिमानामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । भन्सार आयुक्त, पटनाको निर्देशनमा सञ्चालित विशेष तस्करी विरूद्धको अभियान अन्तर्गत सूचनाको आधारमा नेपालबाट भारत आउँदै गरेको एलपीजी ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाँजा नेरू.१ करोड ६८ लाख ३५ हजार मूल्य बराबर रहेको बताएको छ । प्रहरीले भारत कोडर्मा निवासी सञ्जय पासवान, बहादुर यादवलाई पक्राउ गरेको जनाएको छ । रक्सौलमा भर्खरै आएका एसपी स्वर्ण सिंहले तस्करी नियन्त्रण गर्न तदारुकता देखाएपछि रक्सौलबाट ब्राउनसुगरसहित चारजना नेपालीलाई पनि पक्राउ गरेको थियो । 

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

Image
वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले मनोरञ्जन लिएको बताइएको छ । मेलामा तीनवटा मौतका कुँवा, ५ वटा झुला, चारवटा ब्रेक डान्स, सर्कस, पाँचवटा डैगन, बच्चाको खेल तमाशा ५० भन्दा बढी रहेको देखेपछि मेला घुम्न आउनेहरु मनोरञ्जनका सामग्रीबाट थप रोमाञ्चित भएका थिए । नेपालमा पहिलोपटक नै गढीमाई मेलामा ल्याइएको डिजिटल माताको वाटरपिसप्रति दर्शकहरु निकै आकर्षित भएका थिए । रात्रिको समयमा डिजिटल मेलाको रौनकताले ग्रामीणवासीको मन निकै मोहेको देखियो । बालबालिका, महिला, युवायुवतीहरु मेलामा निकै सहभागीता बढेको छ । महागढीमाईको मेला मंसिर १ गतेदेखि लागे पनि मेला पूर्णरुपमा मंसिरको दोस्रो सातापछि मात्र लाग्न थालेको थियो । मेलामा शनिवार र आइतवारका दिन निकै भीड बढेको थियो । रांगा तथा विभिन्न पशुपक्षीको बलिदानका दिन मेलामा भारत बिहार तथा युपीबाट घुम्न तथा दर्शन गर्न आउनेहरुको निकै भीड बढेको थियो । 

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

Image
बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भएर रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको बताइन्छ । चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सारपुल नजिक सडक साइडको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । उक्त दुर्घटनामा बालबालिकासहित ४ जना घाइते भएका छन् ।

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

Image
बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिर तथा मेलामा घुमफिर गर्न आउनेहरूको भीड बढिरहेको बताए । बलिकै रूपमा प्रसिद्ध गढीमाई माताको दर्शन गर्न आइतवार र सोमवार मात्र करोडौं सङख्यामा भक्तजनहरू देश तथा बिदेशबाट भित्रिएका उनले बताए । यद्यपी शनिवार र आईतवारको तुलनामा सोमवार गढीमाई मेलामा दर्शनार्थीहरूको चाप निकै बढेको थियो । गढीमाई माताको दर्शन गर्न नेपाल र भारत, अमेरिका, फ्रान्स लगायतबाट समेत दर्शनार्थीहरू आइपुगेका छन् । भाकल पूरा भएपछि दर्शनार्थीहरू एकै पटक गढीमाई मेलामा आउने गरेको कारण विशेषत बलिको दुई दिन अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको जनाइएको छ । दर्शनार्थीको अत्यधिक भीडका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मंसिर २३ गते आइतवार बलिको पहिलो दिन राँगा बलि दिइएको थियो । पहिलो दिन ८ हजार भन्दा बढी राँगा बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपसमितिले जानकारी दिएको छ । उपसमितिका संयोजक प्रेम साहले ८६२९ राँगाको ब...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

Image
वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा ल्याएको हो । रास्वपा पर्साका नेता–कार्यकर्ताहरुले नाराबाजी गरिरंदा उनलाई प्रहरी कार्यालयमा ल्याइएको थियो । सानो पाइला बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा आवश्यक अनुसन्धानका लागि पर्साबाट पनि पक्राउ पूर्जी जारी भएपछि उनलाई यहाँ ल्याइएको हो । उनलाई पर्सा प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिनेछ । सभापति लामिछानेमाथि सरकारी बकिल कार्यालयले आजैदेखि बयान लिने तयारी गरेको पर्सा प्रहरीले जानकारी दिएको छ । यसअघि राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मेडिकल चेकजाँच गरिएको थियो । उनको जिल्ला प्रहरी कार्यालय पर्सामा मेडिकल चेकजाँच गरिएको हो । वीरगंजको नारायणी अस्पतालबाट आएको स्वस्थ्यकर्मीहरूको टोलीले सभापति लामिछानेको स्वस्थ्य जाँच गरेको हो । टोलीले परिक्षण गर्दा उनको 'ब्लड प्रेसर' बढेको जनाइएको छ । उनको प्रेसर बढेर १६०–११० पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीमाथि बयान लिने तयारी गरिरहेको प्रहरीको भनाइ छ । ...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

Image
दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उहाँले 'एक घर, एक धारा' नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताउनुभयो । दमक–३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उदघाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महŒव हुने हुँदा स्वच्छ तथा सुलभ ढङ्गले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पार्नुभयो । जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, "अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।" खानेपानी आयोजनामा उपभोक्तासहित सङघीय सरकारको करिब रू ५० करोड लगानी रहेको छ । यसमा उपभोक्ताक...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

Image
बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी रहेकोले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइमा परेका छन् । बिहान  देखि नै बोका लिएर सयौँँ भक्तजन पुलमा अलपत्र परेका छन। कैयौँ मानिस नदी तरेर हुँदै बोका लिएर गढीमाई मन्दिर  बढेको देखिन्छ।  गढीमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखि १५-२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ। आइतवार करिब १० हजार राँगाको बलि प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ। मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर विशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका–३ सिमारी गाउँँका उमाशंकर कछाडिया धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि शुरू भएको थियो। मूल तान्त्रिकले आफ्नो शरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बलि भन्ने गरिन्छ। विश्वमै पशु बलिका लागि प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिलेसम्म देश–विदेश बाट दर्शनार्थीहरू आउने क्रम जा...

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

Image
बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न शुरु गरेका छन् । शनिवार मध्यरात विशेष पूजापश्चात आइतवार बिहान पञ्चबली र त्यसपछि राँगा बली शुरू हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ । शनिवार मध्यरात अर्थात आईतवार सूर्याेदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली शुरू हुनेछ । सोमवार भने बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मेला मूल समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए । पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक हजारौँको संख्यामा दर्शनार्थी र भक्तजनहरू आइरहेको मेयर यादवले जानकारी दिए । हिन्दुहरूको शक्तिपिठको रूपमा स्थापित गढीमाई विशेषगरी बलीका लागि चर्चामा रहन्छ । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रूपमा परिचित छ । गढीमाई मेलाको अवसर...

२ करोडको सामानसहित दुर्ईट्रक राजस्व चलान

Image
वीरगंज, २० मंसिर । दुर्ई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुर्ई वटा ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । बुधवार राति वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो । वीरगञ्जबाट हार्डवेयर र औषधि सामानहरू लोड गरी काठमाडौं र विराटनगर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विल विजक भन्दा बढीका सामान रहेको आशंका ट्रक नियन्त्रणमा लिएको हो । नियान्त्रणमा लिईएको ट्रकमा रहेको सामानको मूल्य २ करोड ९ लाख ८ हजार ८४२ मूल्यांकन गरी थप अनुसन्धान तथा कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्साले बताएका छन् । 

पत्रकार महासंघ पर्सामा तालाबन्दी

Image
वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलवार संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।  नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकोले सोको विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले बताए । सदस्यता विवादका विषयमा दुर्ई महिनाअघि काठमाडौंमा सम्पन्न जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले जिल्ला शाखा र प्रदेश समितिले गरेको सिफारिसको आधारमा सदस्यता विवाद टुंग्याउने निर्णय गरेको थियो । निर्णयलाई लत्याउंदै केन्द्रिय कार्यसमितिले जिल्ला र प्रदेश समितिले गरेको सिफारिस भन्दा बाहिरका व्यक्तिहरूलाई पत्रकार महासंघको सदस्यता दिएको सूची मंगलवार सार्वजनिक गरेको विरोधमा तालाबन्दी गरिएको भण्डारीले बताए । जुन आफुहरूलाई कदापी मान्य नभएको भन्दै उनले जिल्ला र प्रदेशको सिफारिस भन्दा बाहिरका व्याक्तिहरूलाई सदस्यबाट नहटाएसम्म पर्सामा पत्रकार महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

Image
वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ । सोमवार राति उनको वीरगंज महानगरपालिका वडा नं. १३ मुर्लीको नयकाटोलास्थित घरमा निधन भएको हो ।   वीरगंजका विभिन्न पत्रिका, एफएम र टेलिभिजनमा निर्धक्क कलम चलाउँदै आउनुभएका उनको दुइवटा छोरा, दुईवटी छोरी र पत्नी छन् । अस्वस्थ भई नारायणी अस्पताल तथा काठमाडौंका अस्पतालमा उपचार गराई घरमै बसेर उपचार गराइरहनुभएका उनको निधन भएपछि पर्सेली सञ्चार जगतलाई ठूलो क्ष्Fति पुगेको छ । उनको आज बिहान वीरगंज अशोकवाटिकास्थित दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

Image
बारा, १७ मंसिर ।  उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लगाएका थिए । उपराष्ट्रपति रामसहाय यादवको गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षण गर्दै हेलिकप्टरबाट चार फन्को पनि लगाएको थियो । मंसिर १ गते देखि शुरू भएको मेलामा मंसिर १७ गतेपछि मात्रै भीड बढ्न थालेको छ । पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राँगा, मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए । विश्व प्रसिद्ध गढीमाई मेला शुरू भएपछि नेपालका उपराष्ट्रपति लगायत राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरूले मेलाको अवलोकन गर्न थालेका छन् । गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरूले अवलोकन क्रम जारी रहेको मेला मूल ब्यवस्थापन समितिले जनाएको छ। गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगायत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

राम्रा कामको सूचना पत्रकारले दिनुपर्छ– अध्यक्ष नेपाल

Image
वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई खराब मात्र होइन राम्रा कामको सूचना पत्रकारले दिनुपर्ने बताएका छन् ।   समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपालले सबै कुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताए । उनले बिग्रिएको कुराको गम्भीर समीक्षाको आवश्यकता रहेको बताए । उनले भने, राम्रा कामहरू पनि सुनाउनुस । एउटा राम्रो कुराले मान्छेलाई प्रेरित गर्छ त्यसैलै राम्रा गर्नेहरूलाई खोजी खोजी सम्मान गर्नुपर्छ ।   पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष्F नेपालले पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरू सबै कुरा गलत हुने तर्क गरे । राज्य र समाजबाट समेत निरूत्साहित बनाउन चालिएका कदमहरूले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरू आएको भन्दै आन्तरिक समस्याहरू भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने बताए । कार्यक्रममा समाजवादी प्रेस संगठन पर्...