Menu

आजको मौसम

जुवाको खालबाट ६ जना जुवाडे पक्राउ

Author
cloudwork |
December 22, 2024 0
Featured

वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३ बाट छजना जुवाडेलाई ४५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ ।

शनिवार वीरगंज–१३ निवासी सोनालाल कुशवाहाको छतमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले जुवाखालबाट छजनालाई पक्राउ गरेको जिप्रका, पर्सा प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।

पक्राउ पर्नेहरूमा वीरगंज–११ बस्ने बिमल बहादुर क्षेत्री, सोही वडाका धुरेन्द्र प्रसाद यादव, नरेश बहादुर सिंह पौडेल, जयराम प्रसाद, गणेश कुमार थापा र राम श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
जुवाको खालबाट एक लाख ४५ हजार ५४० रूपैयासहित ३ बुक तास नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3