डाटा लोड हुँदैछ...

वीरगंजबाट लाइसेन्स वितरणमा प्रदेश सरकारको रोक

वीरगंज, १४ भदौ । यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वितरणमा आजको मितिदेखि रोक लगाइएको छ ।

प्रदेश सरकारले यातायात कार्यालय वीरगञ्जको नाममा एक पत्र लेख्दै तत्कालका लागि सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश दिएको छ ।

प्रदेश सरकारले लेखेको पत्र अनुसार वीरगञ्ज यातायात कार्यालयले एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा अर्काे आदेशसम्म नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यातायात कार्यालय वीरगञ्जले सूचनामार्पmत भनेको छ, 'प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले अनुमति विना कुनैपनि वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न भनेको छ, त्यसकारण यो पत्रकारको आधारमा १४ भदौंदेखि सञ्चालन हुने सम्पूर्ण लिखित र प्रयोगात्मक परीक्षा अर्काे आदेश नभएसम्मको लागि स्थगित गरिएको छ ।'

प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यही १२ गते यातायात कार्यालय पत्र लेख्दै कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न आदेश दिएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर