डाटा लोड हुँदैछ...

ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते

वीरगंज, ७ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

आज बिहान बारा, पथलैयाबाट हेटौंडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलार्ई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कार चालक स्याङजा अरुणचौपाही नगरपालिका–१ का ३३ वर्षिय चुडा बहादुर विष्ट,पोखरा महानगरपालिका –११ का ६३ वर्षका पुरण श्रेष्ठ र लमजुङ वेशीशहर नगरपालिका ८ बस्ने वर्ष १७ की नेहा रानामगर रहेका छन् ।

घाइते तीनै जनाको हेटौंडा स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बुलेट चालक फरार रहेकोले खोजीकार्य भैैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर