डाटा लोड हुँदैछ...

पर्साबाट भारी परिमाणमा गाँजा र चरेस बरामद

वीरगंज, ३२ साउन ।
जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो मात्रामा गाँजा र चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
 
साउन ३१ गते राति ८ बजे पर्सा पटेर्वासुगौली गाउँँपालिका वडा नं.४ अकवा गाउँको बाँसघारीमा लुकिरहेका कालिकामाई गाउँपालिका वडा नं.१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँँलाई पक्राउ गर्दा उनको साथबाट ३० किलो गाँजा बरामद भएको थियो ।
 
प्रहरीले मियाँसँग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइ छिपाई राखिएको अवस्थामा चरेश १९२ किलो र गाँजाको धुलो (पोलाण्ड) २६७ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक दीपक भारतीले जानकारी गराएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर