डाटा लोड हुँदैछ...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा ५ रनले स्तब्ध पार्दै सनसनीपूर्ण जित हात पारेकाे हाे ।

सुपर ओभरमा १९ रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १ विकेट गुमाउँदै १३ रन मात्रै बनाउन सक्याे।

यसअघि पहिले व्याटिङ् गर्दै पाकिस्तानले दिएको १६९ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएर बराबरी गरेपछि खेल सुपर ओभरमा धकेलिएको थियाे ।

उसका लागि माेनांक पटेलले ५० रन र आराेन जाेन्सले अविजित ३६ रन बनाएका थिए।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर मात्र १५९ रन बनाएकाे थियाे।

पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ४४ रन,इफ़्तिख़ार अहमदले १८रन , शाहीन शाह अफ़रीदीले २३ रन र फ़ख़र ज़मानले ११ रन जोडेका थिए।

बलिङतर्फ अमेरिकाका लागि नॉस्थुश केनजिगेले ३, सौरभ नेत्रवलकरले २, अली ख़ान र जसदीप सिंहले समान एक-एक विकेट लिएका थिए ।
 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर