डाटा लोड हुँदैछ...

जीराभवानी मेयरकप फूटबलको उपाधि युनिकलाई

सेढवा, १२ जेठ/ जीराभवानी गाउँपालिकामा सञ्चालित दोस्रो जीराभवानी मेयरकप फूटबल प्रतियोगिताको उपाधि युनिक  युवा क्लब, सढीले जितेको छ। सढीले ब्रह्मबाबा युवा क्लब, सहजानपुरलाई एक गोलका विरुद्ध दुई गोलअन्तरले पराजित गरी उपाधि उचालेको हो। विजेता टीमलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीले ट्रफी र ५१ हजार रुपियाँको चेक प्रदान गरेका थिए। त्यस्तै, उपविजेता ब्रह्मबाबा युवा क्लब, सहजानपुरलाई ट्रफी र २५ हजार रुपियाँको चेक प्रदान गरिएको थियो।

फाइनल खेलमा सहजानपुरका जर्सी नं ७ का राजेश माझी मुसहरले गोल गरी टीमलाई अग्रता दिलाएका थिए। त्यस्तै, सढीका जर्सी नं ८ का दयानन्द रामले गोल गरी टीमलाई बराबरीमा ल्याएका थिए। खेलको ८७औं मिनेटमा सढीका जर्सी नं १२ का अरुण पासवानले ह्याट्रिक गोल गरी टीमलाई जीत दिलाएका थिए।

फाइनल खेलमा सढीका अरुण पासवान 'म्यान अफ दी म्याच' घोषित भए। प्रतियोगितामा 'म्यान अफ दी सिरिज' सहजानपुरका खेलाडी राजेश माझी मुसहर घोषित भए। त्यस्तै, उत्कृष्ट गोलकीपरमा सढीका राजकुमार महतो, उत्कृष्ट डिफेन्डर सढीकै अमर चौधरी, उत्कृष्ट मिडफिल्डर सढीकै दयानन्द राम र उत्कृष्ट फरवार्ड सढीका अरुण पासवान घोषित भए। घोषित यी उत्कृष्ट खेलाडीहरूलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको जिल्ला खेलकूद विकास समितिका पूर्वमहासचिव  एवं आयोजक क्लबका सल्लाहकार चक्रधारी चौधरीले बताए।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर