डाटा लोड हुँदैछ...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् ।
 
बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी  करिब १८ वर्षीय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन्  ।

यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षीय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षीय छोरी असिया खातुन र दुर्गा भगवती गाउँँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रूपलाल दासको १५ वर्षीय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन ।

पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढेका छन् ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर