डाटा लोड हुँदैछ...

नेपालमा यौन व्यवसाय पेशा बढ्दै

वीरगंज । नेपालमा वेश्यावृत्तिलाई गैरकानुनी धन्दा मानिन्छ तर वेश्यावृत्तिमा लाग्ने महिला र वेश्यवृत्तिमा लगाउने दलालको संख्या बढ्दै गएको छ ।

 राजधानी शहर काठमाडौं उपत्यका ललितपुर, पाटन, भक्तपुर, नारायणगढ, वीरगंज, जनकपुर, झापा, बिर्तामोड, विराटनगर, हेटौडा, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी जताततै यौन व्यवसायी महिलाहरूले यौन व्यापार धन्दा खुलेआम निर्वाध र निसंकोच सञ्चालन गरी घरपरिवारको भर पोषण गरेको पाइन्छ।

 
यौनव्यवसाय चलाउनेहरूलाई प्रहरी प्रशासनले कडा निगरानी गरी छाडिदिएको छ । 

होटेल, लज, सार्वजनिक सडक जताततै यौन व्यवसायी विभिन्न उमेरका महिलाहरूको उपस्थिति रहेको छ। विभिन्न शहरका केही स्थान त रेडलाइट एरियामा रूपान्तरण हुन गइरहेको छ। २०० देखि पाँच हजारसम्म यौन व्यवसायको रेट (मूल्य) रहेको सुनिन्छ। तेस्रो लिङ्गीहरू पनि व्यवसायमा सरिक छन् र यौन व्यवसायी पनि उपलब्ध हुने गरेका छन।

 व्यवसायीलाई बैधता दिनुपर्ने माग पनि बढिरहेको छ । स्कुल र कलेजमा पढ्ने युवतीहरू पनि वेश्या प्रवृत्तितर्पm आकर्षित हुँदैछन । 

यौन व्यवसाय आधुनिक युगको अनिवार्यता र आवश्यकता अवश्य होइन होला । जताततै यौन व्यवसायी महिलाको उपस्थितिले समाज असभ्य बन्दै छ । हिन्दू धर्ममा वेश्यावृत्ति निषेध छ। यौन व्यवसायलाई कतिपय महिलाले सजिलो तरिकाले आनन्दपूर्वक पैसा कमाउने पेसा ठानेका छन। यौन व्यवसाय, रेडलाइट एरियालाई कि त वैधनिकता दिनु पर्याे नभने पूर्णरूपमा बन्द गरिनुप¥यो। जति कडाई गरे पनि कुनै पनि हालतमा यौन व्यवसाय बन्द हुँदैन भन्नेहरू धेरै छन ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर