Posts

Showing posts from April, 2024
डाटा लोड हुँदैछ...

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

Image
वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले छ । एमालेले आफनो अनुसार रणनीति सरकार चलाउने बताए ।   उपाध्यक्ष पोखरेलले अहिलेको सरकार फेरबदल नहुने बताए । बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरू एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरू एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ । यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्पm अगाडि बढ्ने उनी बताउँछन् ।  उनले हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्पm ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।' कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सक...

भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ

Image
वीरगंज, १७ वैशाख ।  जिल्ला प्रहरी कार्यालय, पर्साले मङ्गलवार पत्रकार सम्मेलन गरी भारतमा बसेर नेपालमा आतंक मच्चाउने एकजना भारतीय अपराधीलाई पक्राउ गरेको जनाएको छ ।   वैशाख १६ गते राति उनलाई वीरगंज–१६ भुटनदेवी सडकखण्डबाट प्रहरीले गोली प्रहार गरी भारत बिहार पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई पक्राउ गरेको जनाएको छ ।   राति ११ः०० बजे भारतबाट बिआर०५एएल ६१३९ नम्बरको मोटरसाइकलमा चढेर बब्लु नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनलाई वीरगंज–१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डबाट पक्राउ गर्न खोज्दा बब्लु भाग्न खोजेको र प्रहरीले दुई राउन्ड गोली चलाउँदा एउटा गोली पासवानको खुट्टामा लागेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी नारायणी अस्पतालमा उपचारपछि नियन्त्रणमा लिएको छ । उनको साथबाट  मेड इन युएसए लेखिएको पेस्तोल एक थान, दुई राउन्ड गोली, खैरो हेरोइन ४९ ग्राम र गाँजा ८८० ग्राम बरामद भएको जिप्रका पर्सा, प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।   बब्लु विगतमा पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दावी छ ।   २०७३।०२।१३ गते बाराको महागढ...

वीरगंजको अलौंमा आगलागी, ७ जनाको घर जलेर नष्ट, लाखौंको क्षति

Image
वीरगंज, ११ वैशाख । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा आगलागी हुँदा सात जनाको घर जलेर नष्ट भएको छ भने लाखौंको धनमाल जलेको छ ।   मंगलवार बिहान तीन बजे महेन्द्र सहनीको फुसको घरमा बिद्युतको तार सर्ट भई अचानक आगलगी हुँदा सो आगो सल्केर मैना सहनी, वीरेन्द्र सहनी, फूलदेव सहनी, तुफान सहनी, अभय सहनी, अदालत साहको घरमा पनि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा महेन्द्र सहनीको एउटा गाई र चारवटा बाख्रा जलेर मरेको छ भने घर, अनपात, लत्ता कपडा, सरसामान, सुन चाँदीको गहना गरी दश लाख तिर्सठ्ठी हजार बाराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै मैना सहनी को घरमा आगलागी हुँदा दुईवटा बाख्रा, दुईवटा खसी मरेको छ भने अनपात, लत्ता कपडा, सरसामान गरी आठ लाख ६८ हजार जलेर नष्ट भएको छ । त्यस्तै बिरेन्द्र सहनीको घरमा आगलागी अनपात, लत्ता कपडा, सरसामान गरी चार लाख अस्सी हजार बराबरको क्षति भएको छ । तुफान सहनीको घरमा आगलागी हुँदा अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी  एघार लाख ६० हजार बराबरको क्षति छ भने फुलदेव सहनी को घरमा आगलागी हुँदा अनपात, लत्ता कपडा, सरसामान, सुन चाँदीको गहना गरी चार लाख १६्र हजार बराबरको क्...

सांसद यादवद्वारा प्रधानमन्त्रीसँग वीरगंजको लागि विशेष प्याकेजको माग

Image
वीरगंज,१० बैशाख । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले वीरगंजसहित आफनो निर्वाचन क्षेत्रको लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग माग गरेका छन् । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद यादवले वीरगंजसहित आफनो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज संघीय सरकारको आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् । विकास निर्माण, स्वास्थ्य,शिक्षा, खानेपानी, पर्यटन,कृषि,खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर सांसद यादवले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नत्ती, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नत्ती,घडीअर्वा पोखरी पार्कको स्तरोन्नत्ती, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरिएको छ । यस्तै वीरगंज...

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

Image
वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २० लाख मूल्य बराबरको विभिन्न ब्राण्डका कपडाहरू बरामद गरेको जनाएको छ ।   जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सूचनाको आधारमा प्रहरीले वैशाख ६ गते वीरगंज महानगर–६ तुल्स्यान मार्केट (पमपम बिल्डिङ्ग) मा कोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेको वीरगंज–१६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ता, वडा नं. ६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहालगायतको छ वटा गोदामबाट सर्टिङ सुर्टिङ, सर्ट, पाइन्ट, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू गरी  दुर्ई करोड बीस लाख मूल्य बराबरको कपडा बरामद गरी वैशाख ७ गते वीरगंज भन्सार बुझाएको प्रवक्ता थापाले जानकारी गराएका छन् । 

गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

Image
वीरगंज, ८ वैशाख । पर्साको छिपहरमाई गाउँँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ । भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतीवारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ । 

share this code

वीरगंजमा रामनवमीको भव्य शोभायात्रा

Image
वीरगंज,  ५ वैशाख । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरूषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् ।   रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो । रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगञ्जको रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरूषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने बताउनुभयो । "हामीले धार्मिक परम्पराअनुसार नै श्रीराम भगवान्को जन्मोत्सव मनाउँदैछौँ", उहाँले भन्नुभयो, "गत माघ ८ गते भारतको अयोध्या मन्दिरमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीसँगै रहेको रामजानकी मन्दिरमा रामदरवार तथा बजरङ्गबली प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो । यसले गर्दा पनि यसको पनि छुट्टै महŒव बढाइरहेको छ ।"   वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको ...

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

Image
काठमाडौँ, ३ वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ निर्धारण भएको छ ।

वीरगंजको रात्रिबजारमा दुई करोडको कारोबार

Image
वीरगंज, २ वैशाख/ वीरगंजको रात्रिबजारबाट रु दुई करोड हाराहारीमा कारोबार भएको रात्रिबजार सञ्चालन समितिका प्रकाश खेतानले बताएका छन् । उनले तीन दिने रात्रिबजारको पहिलो दिन हावाहुरीका कारण मानिसहरूको उपस्थिति अपेक्षाकृत नभए पनि दोस्रो र तेस्रो दिन भव्यरूपमा मानिसहरू सहभागी भएको बताए । उनले एक लाखभन्दा बढीले मेला अवलोकन गरेको जानकारी गराएका छन् । रात्रिबजारमा छिमेकी भारत, रक्सौल आसपासका मानिसहरूको पनि उल्लेखनीय सहभागिता रहेको उनले बताए । मेलामा सबैभन्दा बढी बिरुवा वितरण भएको खेतानले बताए । उनले मेलामा सहभागीहरूलाई निश्शुल्क बिरुवा उपलब्ध गराइएको र तीन दिने मेलामा १३ हजार ५०० मानिसले बिरुवा लगेको जानकारी गराए । उनले मेलामा ११४ वटा स्टल राखिएको र सोसहित आसपासका पसलहरूमा समेत गरी दुई करोड रुपैयाँभन्दा बढीको कारोबार भएको दाबी गरे । वीरगंज महानगरपालिका र केही संस्थाको सहकार्यमा गरिएको तीन दिने रात्रिबजारमा २० लाख रुपैयाँ खर्च भएको उनले बताए । टेन्ट, साङ्गीतिक कार्यक्रम, कलाकारहरूको पारिश्रमिक, स्टेज निर्माण आदि गरी उक्त रकम खर्च भएको उनले बताए ।

चार दिनसम्म मनाइने चैतीछठ शुरु

Image
वीरगंज, ३० चैत । आजदेखि चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । चार दिनसम्म पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहटलगायत मधेस प्रदेशभरि धुमधामका साथ छठोत्सव मनाइन्छ। शहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ। छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ । अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो। पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात नुहाएर भोजन गर्छन। पर्वको दोस्रो दिन भोलि शनिवार खर्ना मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्छन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ। त्यस्तै षष्ठीका दिन पर्सी आइतवार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरूकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती,...

एक महीनामा ५ करोडबढी अवैध सामग्री बरामद

Image
वीरगंज, ३० चैत । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ ।   यहि चैत महिनाभित्र जिल्ला प्रहरी कार्यालय पर्साले ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपियाँँ बराबरका अवैध सामग्री राजस्व अनुसन्धान पथलैया बारा, र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गराएको जनाएको छ । राजस्व अभिवृद्धी तथा भन्सार चोरी पैठारी न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपियाँँ बराबरको लत्ताकपडा बरामद गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । एक महिनामा पर्साका विभिन्न स्थानबाट रू. १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपियाँ बराबरको लत्ता कपडा रहका छन् भने सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपियाँँ बराबरका सवारी साधन तथा पार्टपुर्जा बरामद गरिएको त्यसैगरी १ करोड ४२ लाख २३ हजार ९१७ रुपियाँँ बराबरका किराना तथा खाद्यान्न सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । डिएसपी थापाका अनुसार २ करोड १० लाख ७८ हजार ६८१ रुप...

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

Image
रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् ।   बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी  करिब १८ वर्षीय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन्  । यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षीय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षीय छोरी असिया खातुन र दुर्गा भगवती गाउँँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रूपलाल दासको १५ वर्षीय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन । पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढेका छन् ।

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

Image
वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्काे गोल अननत तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका कारण बिहीवार राती ५८औं मिनेटमा स्थगित भएको खेल बिहान खेलाइएको थियो । स्थगित गरिएको समयबाटै खेलाइएको खेलको ७३औं मिनेटमा बुद्धिमान राईले एपीएफलाई अग्रता दिलाएका थिए । अनिश महर्जनको क्रस बललाई सदुपयोग गर्दै बुद्धिमानले सुन्दर गोल गरेका थिए । त्यसलगत्तै एपीएफले अर्काे गोल गर्दै अग्रता दोब्बर पार्याे । खेलको ७५औं मिनेटमा प्रदीप तामाड्ढो क्रस बललाई अननतले क्लियर गर्न खोज्दा गोल हुन पुगेको थियो । लगातार दुर्ई गोल खान पुगेको फ्रेण्ड्स अन्तिम समयमा दवावमा देखियो । उसले खासै अवसर सिर्जना गर्न सकेन । एपीएफको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे । एपीएफको जीतसं...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

Image
वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताए । अन्डरबिलिङ, गलत बिलिड्ढो जुन समस्या देखिएको छ । त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ,' उनले भने, 'बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्काे सामानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।'' गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको बताए । बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरू छन् । किसानले उत्पादन गरेका दूध फालिने अवस्था सिर्जना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन,'' उनले भने, ''म आफैँले पनि राम्रो काम गर्न सकिनँ भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

Image
कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल स्थितवाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भागेकोमा अनुसन्धान गर्दै जाने क्रममा उक्त दुर्ई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल बस्ने अन्दाजी २१ वर्षीय बली साह सोनार र सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीय रामनिवाश राउत भेडियर रहेको प्रहरीले जनाएको छ । मंगलवार बेलुका अन्दाजी ८ बजेको समयमा जिल्लाको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकल सहित दुबै जनालाई फेला पारेको थियोे । मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद लिई अन्य अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

Image
सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा पुलिसले आयोजक नव जनजागृती युवा क्लबलाई २–१ ले पराजित गरेको हो । आयोजकलाई घरेलु मैदानमा निराश पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्ने क्रममा पुलिसका उज्वल राईले दुई गोल गरे । आयोजकका लागि भने मोहित गुरुङले एक गोल फर्काए । प्रतिस्पर्धात्मक भिडन्तको तेस्रो मिनेटमै पुलिसले खेलमा अग्रता लिएको थियो । सुजन मगरले डिफेन्डरलाई बिट गर्दै निकालेको पासमा उज्वलले फिनिसिङ दिएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै आयोजक खेलमा फर्कियो । पुलिसका निरज खड्काले मोहित गुरुङलाई डिबक्स भित्र लडाएपछि आयोजकले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई मोहितले चुकाएनन् । पेनाल्टी गोलसंगै खेल १–१ को स्थितीमा पुग्यो । खेलको १९औं मिनेटमा उज्वलले दोस्रो गोल गरे । आयोजकका डिफेन्डरको कमजोरीको फाइदा उठाउदै उज्वलले खेल २–१ को स्थितीमा ल्याए । खेलमा अग्रता लिएपछि पुलिस रक्षात्मक देखियो । बलियो पुलिसविरुद्ध उत्कृष्ट खेल पस्किएको आयोजकले दोस्रो हाफमा आक्रामक खेल ख...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

Image
काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको छ। सन् १९५८ मा राष्ट्रसङघको आग्रहमा पहिलो पटक द्वन्दग्रस्त मुलुक लेबनानमा पाँच जना सैनिक पर्यवेक्षक टोली खटाएको थियो । संयुक्त राष्ट्रसङघमाको आहवानमा विश्व शान्ति स्थापनार्थ फौज खटाउने देशहरूमा नेपाल पहिलो स्थानमा उक्लिएको छ । सन् २०२३ नोभेम्बरमा पहिलो स्थानमा नेपाल उक्लिएको हो । नेपालबाट हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ६५४७ जना फौज विभिन्न मिसनहरूमा परिचालित भइरहेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको बंगलादेशबाट खटिने फौजको संख्या ६१९७ जना रहेका छन् । नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएको खण्डमा १० हजार जना शान्ति सैनिक परिचालन गर्ने प्रतिबद्धता गरेको छ । नेपालले हालसम्म ६५ वर्षमा विभिन्न ४४ वटा मिसनहरूमा एक लाख ४६,८९० जना सैनिक खटाइसकेको छ । 

नेशनल मेडिकल कलेजमा छापा, एमडीसहित दुर्ई जना पक्राउ

Image
वीरगंज २६ चैत । वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा सोमवार दिउँसो छापा मारी म्याद गुज्रिएको औषधिसहित एमडी शाहनवाज हुसेनसहित दुईजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याद गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेलपनि सहभागी थिए । मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको ठाकुरले जानकारी दिए । उनले भने,' ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरू म्याद गुज्रिएको भेटियो । फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेबु्रअरीमै डेट एक्स्पायर भएका केमिकलहरू भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरू डेट एक्स्पायर भएको फेला परर्याे । ल्याब र फार्मेसीमा म्याज गुज्रिएका केमिकल र औषधी फेलापरेपछि अनुगमन टोलीमा सहभा...

नेपालमा यौन व्यवसाय पेशा बढ्दै

Image
वीरगंज । नेपालमा वेश्यावृत्तिलाई गैरकानुनी धन्दा मानिन्छ तर वेश्यावृत्तिमा लाग्ने महिला र वेश्यवृत्तिमा लगाउने दलालको संख्या बढ्दै गएको छ ।  राजधानी शहर काठमाडौं उपत्यका ललितपुर, पाटन, भक्तपुर, नारायणगढ, वीरगंज, जनकपुर, झापा, बिर्तामोड, विराटनगर, हेटौडा, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी जताततै यौन व्यवसायी महिलाहरूले यौन व्यापार धन्दा खुलेआम निर्वाध र निसंकोच सञ्चालन गरी घरपरिवारको भर पोषण गरेको पाइन्छ।   यौनव्यवसाय चलाउनेहरूलाई प्रहरी प्रशासनले कडा निगरानी गरी छाडिदिएको छ ।  होटेल, लज, सार्वजनिक सडक जताततै यौन व्यवसायी विभिन्न उमेरका महिलाहरूको उपस्थिति रहेको छ। विभिन्न शहरका केही स्थान त रेडलाइट एरियामा रूपान्तरण हुन गइरहेको छ। २०० देखि पाँच हजारसम्म यौन व्यवसायको रेट (मूल्य) रहेको सुनिन्छ। तेस्रो लिङ्गीहरू पनि व्यवसायमा सरिक छन् र यौन व्यवसायी पनि उपलब्ध हुने गरेका छन।  व्यवसायीलाई बैधता दिनुपर्ने माग पनि बढिरहेको छ । स्कुल र कलेजमा पढ्ने युवतीहरू पनि वेश्या प्रवृत्तितर्पm आकर्षित हुँदैछन ।  यौन व्यवसाय आधुनिक युगको अनिवार्यता र आवश्यकता अवश्य होइन होला । जताततै यौन व्यवसायी महि...

आगलागी हुँदा ११ घर जलेर नष्ट, सर्लाहीको दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र

Image
वीरगंज, २६ चैत । सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ। सोमवार बिहान ११ बजे बसबरिया गाउँँपालिका–३ भवानिपुरको बङ्गलवा स्थित दलित बस्तीमा आगलागी भएको हो । आगलागीबाट ११ दलित परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम हुँदैछ झण्डै दुर्ई घण्टा पछि आग्रो नियन्त्रिणमा आएको थियो। आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेको उनले बताए। आगलागीबाट लाखौंको क्षति भएको अनुमान छ। आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुर्ईवटा वारूणयन्त्र परिचालन गरिएको थियो। २० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र रहेको छ। सदरमुकाम  मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारूणयन्त्र छैन। सममयमै वारूणयन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ।

के नेपाल शटडाउन हुने अवस्थामा पुग्दैछ?

Image
वीरगंज । देशमा आर्थिक संकट छ । प्राय सबै पेशा व्यवस्थामा आर्थिक मन्दी छ । नेपालभरिको पसलमा बिक्री निकै घटेको छ । घरभाडा, बैंकको ब्याज, दैनिक खर्च चलाउन नसक्ने अवस्था छ ।   मलिनो मुख लगाएर बसेका छन् व्यापारी पसले । यातायात व्यापार सबैमा मन्दी छ । पसलमा ग्राहकको उपस्थिति न्यून छ । कसरी टिक्ने, के कमाएर के खाने भन्ने चिन्तामा अधिकांश व्यापारी, पसले, व्यवसायी छन् । विदेशी पर्यटक घटेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली मात्र बढेका छन् । सरकारले दायित्व भुक्तान गर्न सकेको छैन । देश र समाजको यस्तो परिस्थिति र अवस्थामा बैंकहरूमा ६ खर्ब ६१ अर्ब रुपियाँँ थन्किएको छ । घरजग्गाको किनबेचमा पनि अति मन्दी देखिएको छ । औषधिको व्यापारमा पनि घाटाको अवस्था छ । दुग्ध पदार्थ बाहेक सबै थोक को व्यापार नाजुक अवस्थामा पुगेको छ। पर्याप्त आर्थिक तरलता छ, ऋण लगानी असुली एकदमै मन्दी छ। कर्जा प्रवाह घटेको छ । यस्तो अवस्था रहिरहे अर्थतन्त्र धाराशायी हुन्छ। राष्ट्र नै सटडाउन हुन्छ । नेपालको इतिहासमा यस्तो अवस्था आएको थिएन अब छिटै आउँदैछ । आर्थिक विषमता आर्थिक संकट देशलाई प्रभाव र असर पार्ने डरलाग्दो, खतरा र गम्भीर ...

प्रतिबन्धित लागूऔषधको तस्करी गर्ने दुई पक्राउ

Image
वीरगंज, २६ चैत । ठूलो परिमाणमा लागु औषधसहित दुर्ई जनालाई लाई पर्सा प्रहरीले पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुर्ई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगंजको नगवाबाट प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिवार बेलुकी वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन । बरामद लागु औषधसहित गाडीका चालक वीरगंज महानगरपालिका वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र त्यही ठाँउका २० वर्षीय राजन यादवलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिए । लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरूद्ध लागु औषध सम्बन्धी कसूरमा आइतवार पर्सा जिल्ला अदा...

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

Image
रास्वपा पर्साबाट प्रदेश कमिटीमा हरि पन्त निर्वाचित वीरगंज, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त निर्वाचित  भएका छन ।   पर्सामा रिक्त रहेको दुर्ई प्रदेश सदस्य पूर्तिको लागि हिजो अबेर बिन्दवासिनी मन्दिरको सभाहलमा सम्पन्न राष्ट्रिय  स्वतन्त्र  पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापतिसमेत निर्वाचित भएका हुन । प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनावमा शुरूमा १४ जना योग्यता पुगेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको वातावरण निर्माण गर्न छ जना उम्मेदवारहरूले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्तसम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमानेपछि  हरि पन्त, सुदिश प्रजापति, दिपराज पटेल, मुरली जलान र राम सुन्दर आर्य लगायत ८ जनाले आआफ्नो उम्मेदवारी कायम राखेका थिए । पर्साको चारैओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरू, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरू र पर्साबाट निर्वाचित प्रदेश प्रतिनिधिहरू गरि २८ मतभार (मतदाता) रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए ...

ग्यास लिक भएर रौतहटमा आगलागी

Image
रौतहट, २३ चैत । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। स्थानीय शेख इशहाक मियाँ धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन। आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतितोला रु एक हजार तीन सयले घट्यो सुनको मूल्य

Image
काठमाडौँ, २३ चैतः स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो । यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।  

यस वर्ष पनि नयाँ वर्षमा रात्रिबजार लाग्ने

Image
वीरगंज, २२ चैत/ वीरगंज महानगरपालिकाले यसपटक पनि नयाँ वर्षलाई लक्षित गरेर रात्रिबजार लगाउने भएको छ । महानगरले यही चैत २९, ३० र २०८१ वैशाख १ गते तीन दिन रात्रिबजारको तयारी गरेको सो कार्यालयले जनाएको छ । यसअघि, गएको वर्षदेखि महानगरले नयाँ वर्षलाई लक्ष्Fित गरेर तीन दिने रात्रिकालीन बजार सञ्चालनमा ल्याएको थियो । नयाँ वर्षलाई लक्षित गरेर लगाइएको रात्रिकालीन बजार सफल भएपछि महानगरले महीनाको अन्तिम शुक्रवार र शनिवार दुई दिने रात्रिकालीन बजार लगाउने घोषणा गरेको थियो । सोअनुरूप एकाधपटक रात्रिबजार लागे पनि त्यसपछि विभिन्न कारणले लाग्न सकेन । यस वर्ष फेरि नयाँ वर्षलाई लक्ष्Fित गरेर रात्रिबजार लगाउने महानगरले निर्णय गरेको छ । रात्रिबजार सञ्चालन हुने अवधिमा रक्सौल–वीरगंज नाका १० बजेपछि पनि खुला गर्ने तयारी भएको छ । महानगरले यसअघि रात्रिबजार अवधिभर नाका खुला गर्ने घोषणा गरे पनि सीमानाका राति १२ बजेपछि बन्द गरिएको थियो । साधारणतया सीमानाका राति १० बजेदेखि बिहान ५ बजेसम्मको लागि बन्द हुने गर्छ । रात्रिबजारमा यसपटक पनि घरेलु उत्पादनका वस्तुहरूका साथै फुटपाथे चटपटे, चाट, आइसक्रिम आदिको स्टलहरू राखिनेछन् ।...

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

Image
वीरगंज, २२ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।   चैत २१ गते वीरगञ्ज महानगरपालिका–१५ फुलवारी टोलबाट बाराको बलीरामपुरबाट वीरगञ्ज आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने वर्ष २६ को राजकरण साहलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   उनले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला परेपछि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

मोटरसाइकल र स्कुटी चोरी गर्दागर्दै दुईजना वीरगंजबाट पक्राउ

Image
वीरगंज, २० चैत । प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुर्ई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ । वीरगंज–४ बिर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अंसारीलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सोमवार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो । गत शुक्रवार वीरगंज–१० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमवार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अंसारीले दिएको बयान दिएपछि सोमवार बेलुकी नै प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको बताइएको छ। अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बताइएको छ । दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाईका लागि मंगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

हुण्डीको साढे १३ लाखसहित दुईजना बाराबाट पक्राउ

Image
वीरगंज, २० चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आज पत्रकार सम्मेलन गरी हुण्डी कारोवारमा संलग्न रहेका २ जना व्यक्तिलाई १३ लाख ५० हजार अवैध रकमसहित प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ ।   विशेष सूचनाको आधारमा प्रहरी टोलीले चैत १९ गते १ बजे बारा, बिश्रामपुर गाउँपालिका वडा नं.४ मुसहर्वा स्थित सडकखण्डमा हरिकिशोर प्रसाद पटेललाई उक्त रकमसहित पक्राउ गरेको जनाएको छ । पटेलले २–०३–०१६ प २३३७ नं. को मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा तेह लाख पचास हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   प्रहरीले बारा महागढीमाई नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षको रमेश प्रसाद कुशवाहालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका बाराका सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले जानकारी गराएका छन् । 

डिभिजन वन कार्यालय रौतहटको घाटगद्दीमा राखिएको काठमा आगलागी

Image
रौतहट सोमबार, १९ चैत । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत घाटगद्दी गरी राखिएको काठमा आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको काठदाउरा जलेर नष्ट भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा सोमबार दिउँसो आगलागी भएको हो । आगो अझै नियन्त्रणमा लिन नसकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । गैडाटार सवडिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार ती काठ नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निर्माणका लागि वन क्षेत्रबाट कटान गरिएको थियो । सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागीबारे सूचना आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताए । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्रसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

Image
वीरगञ्ज (पर्सा), १९ चैत : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको कार्यालयका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माण अघि बढेको उहाँको भनाइ छ । "सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिएका थियौँ । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि कम्पनीले म्याद थपका लागि निवेदन दिएकाले म्याद थपको प्रक्...

महिला फुटबल टोली सम्मानित

Image
काठमाडौँ, १९ चैत : नेपाल स्पोर्ट्स फेलोसिपले नेपालको महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । गत फागुनमा साउदी अरेबियामा भएको पश्चिमी एसियाली गल्फ राष्ट्रहरुले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीले देशको नाम उच्च पारेको भन्दै फेलोसिपले 'इस्टर फेस्ट फेलोसिप २०२४' अन्तर्गत सम्मान गरेको हो । सम्मानस्वरुप नेपाली महिला फुटबल टोलीले रु ७५ हजार र उपहार प्राप्त गरेका छन् । वाफ च्याम्पियसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित भएको थियो । उक्त च्याम्पियनसिपमा समूह 'ए' को विजेता नेपालले लेबनानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।  कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बधाई दिनुभयो । उहाँले नेपालमा खेल पूर्वाधारको कमी रहको चर्चा गर्नुभयो । राईले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने भनाइ व्यक्त गर्नुभयो । खेलकर्मीको भेलाको र...

हुण्डी कारोबार गरेको आरोपमा दुई जनापक्राउ

Image
बरहथवा (सर्लाही), १९ चैतः प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका–९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् । प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट रु १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा रु नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा रु एक हजार दरका एक हजार चार सय ५...

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु

Image
वीरगञ्ज (पर्सा), १९ चैत : पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो । बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ । पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिनुभयो । दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।   उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख ...