डाटा लोड हुँदैछ...

पृथ्वी जयन्ती मनाउने क्रममा राजावादी र राप्रपाबीच विवाद

वीरगंज, २७ पुस । वीरगंजमा ३०२ औँ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा विवाद भएको छ । वीरगंजमा घण्टाघरमा ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राखिएको कार्यक्रममा 'ब्यानर' राख्ने विषयमा राजावादीहरूबिच नै विवाद भएको हो ।

पृथ्वी नारायण शाहको जन्म जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुर्ई पक्षबिच भनाभन भएको थियो ।
 
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर राख्दा भनाभन भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जनाए । तर केही बेरमै विवाद फेरि सुल्झाइएको उनले सुनाए ।
 
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति पर्साको अगुवाइमा पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी दिवस मनाएको बताइएको छ ।
जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा पृथ्वी नारायण शाहको योगदानवारे चर्चा गरेका थिए । उनीहरूले पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा ठुलो भूमिका खेलेको स्मरण गरे ।  

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर