डाटा लोड हुँदैछ...

एकैदिन ४ वटा मोटरसाइकल चोरी गरेको आरोपमा गोसाइ पक्राउ

वीरगंज, ३ कार्तिक । वीरगंज महानगरमा एकै दिनमा चार वटा मोटरसाइकल चोरी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

वीरगंजको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर  ८ घर भई हाल वीरगंज महानगरपालिका  वडा नम्बर १६  बस्ने ३२ वर्षीय अजय गोसाईंलाई बिहीवार पक्राउ गरेको  हो । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

वीरगंजमा दसैंमा  लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गोसाईंको समूहले ती मोटरसाइकलहरू चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । 'गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्काे चोरी गर्ने गरेको थियो,' बोगटीले भने ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।

गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर