डाटा लोड हुँदैछ...

पकहामैनपुरमा पुरूषको शव भेटियो

वीरगंज, १० कात्तिक ।

पर्साको पकहामैनपुर गाउँपालिकामा एक जनाको शव भेटिएको छ ।  पकहानमैनपुर गाउँँपालिकाको खेस्रहामा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

आज बिहान खेतमा काम गर्न गएको बेला ती पुरूष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

स्थानीयले खेतमा ती पुरूषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । यही सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए ।
उनका अनुसार अहिलेसम्म मृत्युको कारण खुल्न छैन ।

फेला परेको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फेला परेको शव उठाउन घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म फेलाको शवको सनाखत हुन सकेको छैन ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर