डाटा लोड हुँदैछ...

पुनम देवीको हत्या प्रकरणः प्रहरी अनुसन्धान शुरु

वीरगंज, १९ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा आज बिहान धारिलो हतियार प्रहारबाट पुनम देवीको हत्या भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोमा धारिलो हतियार प्रहार गरी पुनमको हत्या गरिएको प्रहरी स्रोतले जनाएको छ । पुनमको टाउकोमा ४–५ ठाउँमा गम्भीर चोट लागेको  र धेरै रगत बगेर पनि जीवित अवस्थामा रहेको तथा नेशनल मेडिकल कलेजमा पु¥याउंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । उनको पति भारतको ग्वालियरमा काम गर्छन् भने छोरीको बिहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् ।

जिउतिया पर्वका लागि बिहानै उनको घरमा बहिनी पुगेकी थिइन् । दिदीको घरमा बहिनी पुग्दा दिदीलाई ओछ्यानमा लडिरहेको अवस्थामा देखेपछि उनले गुहार मागिन ।

हल्लापछि नजिकै रहेका अन्य आफन्तहरू पनि घटनास्थलमा पुगे । त्यहीँ आफन्तहरूले भने प्रहरीलाई खबर गर्यो ।

प्रहरीलाई बिहान ४ बजे जानकारी आएको थियो ।  प्रारम्भिक अनुसन्धानमा पुनमको हत्या चिरपट वा धारिलो हतियार प्रहार गरी भएको प्रहरी स्रोतको भनाइ छ । पुनम देवीको हत्या राति १–२ बजे भएको हुनसक्ने प्रहरीले जनाएको छ ।  घटनास्थलमा प्रहरीको तालीमप्राप्त कुकुरले अनुसन्धान गरिरहेको छ ।

यसअघि २ असोजमा जगरनाथपुरको मसिहानीमा कान्तिदेबी विनको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर