डाटा लोड हुँदैछ...

प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार

वीरगंज, ३ कात्तिक ।

पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको छ । लामो समयदेखी मर्मत सम्भारको पखाई रहेको प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको हो ।

ईलाका प्रहरी कार्यालय पोखरिया मातहत पर्ने प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रहरी सहायक निरिक्षक (सई) रुद्र भट्टले आफ्नो व्यक्तिगत लगानी तथा स्थानीय दात्ताहरुको सहयोगमा सो प्रहरी चौकीको भौतिक निर्माण तथा मर्मत सम्भार कार्य गराएका छन् ।

लामो समयदेखी जीर्ण प्रहरी चौकी भवनको चाडपर्व लक्षित सरसफाईलाई प्राथमिकता दिदै सई भट्टको सक्रियतामा प्रहरी चौकीमा नयाँ सौचालय निर्माण, प्रहरी चौकी परिसरमै मन्दिर निर्माण, इलेक्ट्रिक वाइरिङ्ग, कम्पाउण्ड ढलान, प्रहरी चौकी परिसरको पर्खालको मुख्य गेट निर्माण लगायतका कार्य  गरिएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर