डाटा लोड हुँदैछ...

एकाबिहानै विद्यालयमा युवकको शव भेटियो

सर्लाही, २१ साउन । सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । 

मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।

शनिवार विद्यालय बन्द भएको र आइतवार बिहान स्कुल पुगेका स्थानीयले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारूले बताए ।

उनका अनुसार मृतकको शवमा कुनै प्रकारको चोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भइरहेको उनले बताए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर