डाटा लोड हुँदैछ...

पर्सामा अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण शुरु

वीरगंज, १० असार ।  जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण शुरु गरेको छ ।

 
शनिवार सूचना प्रकाशित गरी नागरिकता वितरणबारे जानकारी दिएको जिल्ला प्रशासन कार्यालय, पसामा कर्मचारी, साधन स्रोतको अभावसँगै सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरी सहज, सरल, पारदर्शी र छिट्टो छरितो सेवा दिने उद्देश्यले अनलाइन टोकन प्रणालीबाट नागरिकता वितरण गरिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । यसका लागि कार्यालयले वेबसाइट र क्यूआर कोडसमेत बनाएका छन् ।


सप्रजिअ पौडेलले अनलाइनमार्पmत नागरिकतासम्बन्धी विवरण प्रविष्ट गरेपछि तोकिएको दिनमा सेवाग्राहीले कार्यालयमा आएर सेवा लिन सक्नेछन् । यसरी गर्दा कार्यालयमा भीड पनि कम हुने र सेवाग्राहीलाई हैरानी नहुने बताए । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर