डाटा लोड हुँदैछ...

भारतमाथि दक्षिण अफ्रीकाको शानदार जीत

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रीकाले भारतलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १३४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले ५२ रन बनाए भने डेभिड मिलरले अविजित ५६ रन बनाए । त्यस्तै कप्तान टेम्बा बभुमाले १० रन बनाएका थिए ।

त्यसैगरी भारतका बलर अर्शदीप सिंहले २ विकेट लिए भने मोहमद शामी, हार्दिक पाण्डेय र आर आश्विनले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले १५, विराट कोहलीले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

दक्षिण अफ्रीकाका लागि लुंगी एनगिडीले सर्बाधिक ४ विकेट लिएका थिए । एनगिडीले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै वाने पर्नेलले ३ विकेट लिए भने एनरिच नोकियाले एक विकेट लिएका थिए ।

यो जितपछि सुपर १२ को समुह २ मा दक्षिण अफ्रीकाको ३ खेलमा ५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।


Credit: Radio Nepal

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर