Posts

Showing posts from October, 2022
डाटा लोड हुँदैछ...

पर्सा क्षेत्र नं २ को (ख) मा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको करीमा बेगमले के भन्दैछन् ?

Image
 वीरगंज, ११ कात्तिक । पर्सा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार रहेका १६१ जनामध्ये तीनजना मात्र महिलाले  उम्मेदवारी दिएका छन् जसमध्ये एक हुन् करीमा बेगम ।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं २ को (ख) मा स्वतन्त्रबाट  करीमा बेगमले उम्मेदवारी दिएकी छन् ।  बेगम मधेस आन्दोलनपछि पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएर राज्यमन्त्री भइसकेकी हुन् । उनी यसपटक जसपाबाट टिकट नपाएपछि बागी भएर स्वतन्त्र उम्मेदवारी दिएकी छन् । प्रस्तुत छ पत्रकार किरण सत्यालले उहाँसँग लिएको अन्तरवार्ताको सार संक्षेप भिडियो

किसानले गोरु पाल्न छाडे

मुसीकोट । मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसक्नुभयो । केही वर्षअघि उहाँको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उहाँको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आउनुभयो । तर उहाँका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । उहाँले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाड्नुभएको हो । उहाँसँग जोत्नका लागि मिनीटिलर (हाते ट्र्याक्टर) छ । त्यस्तै गहुँ, धान केलाउन थ्रेसरको प्रयोग गरिरहनुभएको छ । पाण्डे मात्र होइन, रुकुमपश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन् । गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो । पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । कृषिको काम गर्दा सहज, छरितो हुने भएपछि जिल्लाका किसान आधुनिक कृषि औजार आकर्षित भएका हुन् । जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो । जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ । कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग...

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

काठमाडौँ ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ । छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् । धमाधम ढुवानी निर्वाचन आयोगले छपाइसँगसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हु...

वीरगंजबाट फलास खेल्ने पांचजना ९३ हजारसहित पक्राउ

Image
वीरगंज, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय, पर्साले  जुवा खालबाट जुवा तास खेल्ने पांचजनालाई पक्राउ गरेको छ । कात्तिक १३ गते रातिको समयमा  वीरगंज महानगरपालिका वडा न.८ गहवास्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा फलास खेलीरहेका पांचजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । जि.प्र.का. पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फलास खेलिरहेको अवस्थामा ९३ हजार एक सय पचास रुपियाँ र एक सेट तास सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले वीरगंजका विभिन्न वडामा बस्ने अशोक कुमार कानु , दिप लाल चौरसिया, अर्जुन तुरहा, सानु शाही र रमेश खड्गी रहेको र उनीहरुलाई कानूनको रीत पुरयाई अनुसन्धान भैरहेको जनाएको छ । 

जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली

रामपुर (पाल्पा)। जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उहाँले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गाल्नुभएको हो । अहिले पनि निरन्तरता दिइराख्नुभएको छ । “पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्न थाले”, उहाँले भन्नुभयो, “अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।” रामपुर ५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाउनुभएको छ । विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल...

चिसो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै

पर्वत। चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य...

बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

ढोरपाटन। प्रतिनिधि सभा तथा प्रदेश निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विक भन्नुहुन्छ, “नेताहरु चुनावका बेलामात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यस पटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिने छौँ ।” उहाँले आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्यासँग झेल्नुपरेको भन्दै चुनावका बेला आउने नेताले आशा मात्रै देखाउने तर काम भने नगरेको बताउनुभयो । बाढीले सिङ्गो भुजीखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउ...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

तराई मधेस क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । यद्यपि क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए । पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दि...

भारतमाथि दक्षिण अफ्रीकाको शानदार जीत

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रीकाले भारतलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले पराजित गरेको हो । भारतले दिएको १३४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले ५२ रन बनाए भने डेभिड मिलरले अविजित ५६ रन बनाए । त्यस्तै कप्तान टेम्बा बभुमाले १० रन बनाएका थिए । त्यसैगरी भारतका बलर अर्शदीप सिंहले २ विकेट लिए भने मोहमद शामी, हार्दिक पाण्डेय र आर आश्विनले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले १५, विराट कोहलीले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । दक्षिण अफ्रीकाका लागि लुंगी एनगिडीले सर्बाधिक ४ विकेट लिएका थिए । एनगिडीले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै वाने पर्नेलले ३ विकेट लिए भने एनरिच नोकियाले एक विकेट लिएका थिए । यो जितपछि सुपर १२ को समुह २ ...

राष्ट्रपतिबाट छठको शुभकामना सन्देश

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नुभयो । राष्टपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।” राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर...

Breaking: बिरगंजको घडीयर्वा नजिक एक जना मृत फेल

बिरगंजको घडीयर्वा नजिक एक पुरुष मृत अवस्थामा फेला पेरको छ। घडीयर्वा नजिकै रहेको २ नम्बर गेटको नालामा मृत अवस्थामा एक पुरुष फेला परेको स्थानियले बताए । स्थनिय अनुशर सब मनोज दस्को रहेको र उनी धोरेका हुनसक्ने अनुमन गरिएको छ । थाप विवरण आउन बाकी रहेको छ । The post Breaking: बिरगंजको घडीयर्वा नजिक एक जना मृत फेल appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

छठ पर्व : आज खरना विधि गरिँदै

Image
फाइल फाेटाे मधेसखबर वीरगन्ज ,१२ कार्तिक : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो।   कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन्। जलाशयहरुलाई सिंगारिने काम भइरहेको छ। छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको छ। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), राेटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो ...