Posts

डाटा लोड हुँदैछ...

चरेससहित एकजना पक्राउ

Image
वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध चरेससहित एकजनालाई  पक्राउ गरेको छ । वीरगंज महानगरपालिका नं. १६ घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई करीब दुई किलो चरेस र नेरु, भारु नगदसहित प्रहरी चौकी पथलैयाले पक्राउ गरेको जनाएको छ । प्रहरी नायब निरीक्ष्क बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्री बाहक बसलाई रोकी चेक जाँच गर्दा सह–चालक साइडको सिटमा बुढाथोकीले कालो झोलामा अवैध लागुऔषध चरेससहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले १ किलो ९३३ ग्राम लागू औषध चरेस र ६० हजार ५०० नेपाली तथा ३९ हजार २१७ रुपियाँँ भारू गरी १ लाख २३ हजार रुपियाँ बरामद भएको र थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

Image
वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँको श्रीमती वर्ष २१ की लालबीबी खातुनको कोठामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा सोको सहितको प्रहरी टोलीले लाशजाँच मुचुल्का लगायतका कार्य पूरा गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो । घटना अनुसन्धानको क्रममा असार ७ गते सफि राजा मियाँलाई नियन्त्रणमा लिइ निजविरूद्ध ज्यान सम्बन्धी कसुरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा श्रीमान श्रीमतीबीच मनमुटाव रहेको र लामो समय देखि एक अर्काबीच बोलचाल नभएको तथा हत्या हुनुको मुख्य कारण रिष, द्वेष रहेको जनाएको छ । श्रीमान लामो समय देखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, कुनै वास्ता नगर्ने गरेको गरेको कारण दुवैबीच विव...

लाखौं रकम लिई नाबालिग छोरीको विवाह गराएको आरोपमा आमा पक्राउ

Image
वीरगंज, ५ असार । पर्सा जिल्लाको शिबर्वाबाट लाखौं रकम लिएर आफनै नाबालिग छोरीको बाल विवाह गराएको आरोपमा एकजना आमालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । चार लाख असी हजार रुपियाँ लिई उमेर नपुगेको तथा छोरीको उमेरभन्दा तीन गुणा बढी उमेर भएका पुरूषसँग बालविवाह तथा अन्तरजातीय विवाह गराएको प्रहरीले जनाएको छ । असार १ गते बिहान ८ बजे सो महिलाले नाबालिका छोरीको बाल विवाह गराएको जाहेरीको आधारमा प्रहरीले असार ४ गते आमालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति गराई अनुसन्धान थालेको छ । प्रहरीले आमा, छोरी र पुरुषको नाम गोप्य राखेको छ । 

बाघले खाएको अवस्थामा अमलेखगंजबाट गोठालोको शव बरामद

Image
बारा, ०४ असार । बारामा बाख्रा चराउन गएका एकजना पुरूषको शव बाघले खाएको अवस्थामा आज बिहान फेला परेको छ। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका घर भएका हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज बस्ने वीरबहादुर थिड्ढो बाख्रा चराउने काम गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलनको शव भेटिएको प्रहरीले जनाएको छ । भुलन मंगलवार बाख्रा चराउन गएपछि घर नफर्किदा वडा नं २१ का वडा अध्यक्ष सुबास श्रेष्ठ, इलाका प्रहरी कार्यालय अमलेखगंज प्रहरी बरिष्ठ नायब निरीक्ष्Fक धन प्रसाद श्रेष्ठको प्रहरीको टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा भुलनको शव भेटिएको हो । उनको शव बाघले खाएको अवस्थामा भेटिएको थियो । उनले चराउन लगेको २७ वटा बाख्रा जिउँदो अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

Image
काठमाडौँ, २ असारः नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा 'यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४' नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा खेमबहादुर कार्कीले जानकारी दिनुभयो । विश्वमा करिब महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्वलता रहेको तथ्याङ्क रहेको छ । नेपालमा पहिलोपटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार यौन दुर्वलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्वलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्वलता छ । उहाँले यौन दुर्वलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताउनुभयो । "यौन दुर्वलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नह...

बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

Image
मकवानपुर, ३१ जेठः हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

Image
वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्पूर्ण वादहरूको साटो नेपालको हावा–पानी, माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन् । आज बहुदरमाई नगरपालिका–३ नगरदाहमा प्रथम वडा भेलालाई सम्बोधन गर्दै पन्तले माक्र्स, लेनिन र माओले पनि तात्कालिन  समयमा आआफ्नो देशको वस्तु र परिस्थितिको अध्ययन र आकलन गरेर ती वादहरू प्रतिपादन गरेकोले यतिबेला हाम्रो देशमा माओवाद, मार्क्सवाद र लेलिनवादको कुनै अर्थनै नरहेको बताए । उनले फरक सन्दर्भमा मलेसियालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री महम्मद महाथीरले २२ वर्षमा, भियतनामलाई हु ची मिनले २४ वर्षमा र सिंगापुरलाइ लि क्वान युले ३१ वर्षमा ढुङ्गाबाट सुन बनाए तर नेपाललाई कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू मिलेर सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएकोले अब देश विकासको विकल्प नै रास्वपा मात्र रहेको दावी गरे ।   भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको सभापतिमा राजकिशोर साह, राजु यादव उपसभापति, शत्रुधन यादव सचिव र सदस्यहरूमा राजकुमार गुप्ता, वनारसी साह, इम्त...