Posts

डाटा लोड हुँदैछ...

बलियो प्रमाण जुटाउन खानेपानी मन्त्री यादवको निर्देशन

Image
काठमाडौं, १४ भदौं । खानेपानी मन्त्री प्रदीप यादवले सिंगापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजनाविरूद्ध इटालियन निर्माण कम्पनी 'सिएमसी'ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरू भिक्टोरीया टइसन, जेम्स रिडर तथा मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूसँग आयोजित भेटघाटका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन् । मन्त्री यादवले मेलम्ची र सिएमसीबीच चलिरहेको मुद्दामा नेपाल सरकारको पक्षमा निर्णय आउने गरी आवश्यक तयारी गर्न र प्रबल प्रमाण प्रस्तुत गर्न जोड दिए। उनले भने, "सिएमसीले मेलम्चीका स्थानीय आपूर्तिकर्ताहरूलाई भुक्तानी नगरी एकतर्फी रूपमा ठेक्का तोड्यो र उल्टै मुद्दा दायर ग¥यो । अब हामीले उसका गलत क्रियाकलापको बलियो प्रमाण जुटाउनु पर्छ र मुद्दा जित्न सक्षम हुनुपर्छ ।" छलफलको क्रममा मन्त्री यादवले मेलम्ची खानेपानीका लागि कार्यरत आपूर्तिकर्ता र कामदारहरूको बाँकी तलब, भत्तालगायतको भुक्तानी कसरी तिर्न सकिन्छ भन...

धानखेतमा करेन्ट लागेर एकजनाको मृत्यु

Image
बारा १४ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा आज धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।   स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

वीरगंजबाट लाइसेन्स वितरणमा प्रदेश सरकारको रोक

Image
वीरगंज, १४ भदौ । यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वितरणमा आजको मितिदेखि रोक लगाइएको छ । प्रदेश सरकारले यातायात कार्यालय वीरगञ्जको नाममा एक पत्र लेख्दै तत्कालका लागि सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश दिएको छ । प्रदेश सरकारले लेखेको पत्र अनुसार वीरगञ्ज यातायात कार्यालयले एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा अर्काे आदेशसम्म नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ । यातायात कार्यालय वीरगञ्जले सूचनामार्पmत भनेको छ, 'प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले अनुमति विना कुनैपनि वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न भनेको छ, त्यसकारण यो पत्रकारको आधारमा १४ भदौंदेखि सञ्चालन हुने सम्पूर्ण लिखित र प्रयोगात्मक परीक्षा अर्काे आदेश नभएसम्मको लागि स्थगित गरिएको छ ।' प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यही १२ गते यातायात कार्यालय पत्र लेख्दै कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न आदेश दिएको छ ।

शिक्षक महासंघको जायज मागप्रति पर्साका राजनीतिक दलहरूको ऐक्यबद्धता

Image
वीरगंज, १३ भदौ । नेपाल शिक्षक महासंघ वीरगंज महानगर समितिले उठाएका जायज मागहरू प्रति पर्साका राजनीतिक दलहरूले ऐक्यवद्धता जनाएका छन् । आज नेपाली कांग्रेसको पार्टी कार्यालय रामगढवा बसेको सर्बदलिय बैठकले बृहत छलफल पछि प्रेस बिज्ञप्ति जारी गर्दै शिक्षकहरूको माग प्रती एक्यवद्धता जनाएका हुन । बैठकमा उपस्थित शिक्षक संगठनका प्रतीनिधीहरूले महानगरको शैक्षिक महाशाखाले दरबन्दी मिलानको क्रममा ब्यक्तिगत लाभ र अन्याय पुर्ण तरिकाले गरिएको सरूवाले शैक्षिक आतंक सृजना गरेको बताएका थिए  । बैठकमा उपस्थित सम्पूर्ण राजनीतिक दलहरू वार्ताको माध्यमले  तनाब रहित शैक्षिक बाताबरणको निर्माण गरि डर र भयरहित बाताबरणमा पठनपाठन हुनु पर्नेमा एकमत रहेको बैठकमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले बताए । बैठकमा नेकपा एमालेका पर्साका अध्यक्ष डा बिश्वम्भर शर्मा, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम नारायण कुर्मी, जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आलम जनमतका सह इन्चार्ज मुकेश द्विबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्त, प्रदेश सदस्य सुदिश प्रजापति र शिक्षक संगठनका प...

गाउँलेसँग कुखुरा, हाँस मागेरर चौकीमा पकाएर खाने पुलिस

Image
वीरगंज, ११ भदौ ।  प्रहरी चौकी रङ्गपुरका प्रहरी सहायक निरीक्षक रामबाबू यादवको कारण पर्सा प्रहरीको बदनामी भइरहेको गाउँलेले बताएका छन् । प्रहरी चौकी इन्चार्जका रूपमा डेढ महीना अघि सरुवा भएर आएका यादवले प्रहरीको बर्दीको रवाफ देखाएर स्थानीय जनतालाई त्रसित बनाएको गाउँलेको आरोप छ । उनले सो भेगका हुनेखाने केही स्थानीयसँग माछा, मासु, खाद्यान्न र अन्य उपभोग्य वस्तुको माग गरेको आरोप पनि छ । प्रसनि यादवले गाउँलेसँग हाँस र कुखुरा माग्ने र चौकीमा पकाएर खाने गरेको आरोप छ । एकजना गाउँलेले शान्ति सुरक्षाभन्दा पनि दैनिक माग विधामा प्रसनि तल्लीन रहने गरेको आरोप लगाए । गाउँलेले पटेर्वासुगौली–१ मलोली टाँडीको एक होटलमा दैनिक जुवातास भइरहेको तर सो रोकथाममा प्रसनिले चासो नदेखाएको बताए । होटलका सञ्चालकसँग जुवातास खेलाउन छुट दिएबबापत आर्थिक सहयोग लिने गरेको आरोप छ । यसैगरी, राष्ट्रिय वन फँडानी रोकथामतर्फ प्रहरीले चासो नदिएको कारण यो क्षेत्रबाट पछिल्ला समयमा वन फँडानी बढेको छ । तर प्रसनि यावद भने आरोप निराधार रहेको बताउँछन् । उनले आफूविरुद्ध अफवाह फैलाएर बदनाम गराउने काम भएको भनी सफाइ दिए । उनले भने, "मैले ...

भारतीय सख्खर र विद्युतीय सामान नियन्त्रण

Image
वीरगंज, १० भदौ । पर्सा प्रहरीले ठुलो परिमाणमा भार्तिय सख्खर बरामद गरेको छ । जिल्लाको जीराभवानि गाउँँपालिकामा आज बिहान छापामारी गरी ठुलो परिमाणमा भार्तिय सख्खर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकि महादेव पटि को संयुक्त प्रहरी टोलीले जीराभवानि गाउँँपालिका वार्ड नम्बर एक बलुवा टोल का स्थानीय रफिक अन्सारि को घरमा भण्डारण गरि राखिएको अवस्थामा १२० बोरा भार्तिय सख्खर र तिस बोरा भार्तिय युरिया मल बरामद गरेको हो। बरामद गरिएको सख्खर मल लाइ आवश्यक कार्वाही को लागि वीरगंज भन्सार कार्यालय मा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङेल ले जानकारी दिए । यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका बरामद इलेक्ट्रोनिक्स तथा फलफुलहरू कारबाईका लागि भन्सार कार्यालय बुझाएको छ । जिल्लाको विभिन्न ठाउँबाट बरामद भन्सार छलीका ५ लाख भन्दा बढीका सामानहरू आइतवार अबेर कारबाईका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको हो । प्रहरीले गरेको जाँचमा वीरगंजको विभिन्न ठाउँबाट ५ लाख १५ हजार मूल्य बराबरको इलेक्ट्रोनिक्स र किवि बरामद गरेको थियो । भन्सार बुझाएको कागजात फ...

मध्यनेपाल सक्रिय पत्रकार महिला पुरस्कार’ निलिमा पौडेललाई दिने निर्णय

Image
वीरगंज, १० भदौ । मध्य नेपाल सन्देश पत्रिकाले प्रदान गर्ने 'मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार' यो वर्ष वीरगंजकी महिला पत्रकार निलिमा पौडेललाई प्रदान गर्ने भएको छ । मध्य नेपाल सन्देश पत्रिकाको सम्पादक कबिता खड्काको अध्यक्षतामा शनिवार बसेको छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । मधेश प्रदेशबाट पत्रकारिता गर्दै आएका पत्रकार महिलाहरू मध्ये एक जनालाई यो मिडिया प्रा.लि.ले हरेक वर्ष मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ । २०८१ को लागि वीरगञ्जकी पत्रकार महिला पौडेललाई छनौट गरेको पत्रिकाको सम्पादक खड्काले बताइन् । पत्रकार पौडेल विगत १६ वर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् । योभन्दा अगाडी यो पुरस्कारबाट कान्तिपुरकर्मी महोत्तरीकी पत्रकार महिला सुनिता बराल, बाराकी पत्रकार महिला रातो पार्टीकर्मी शारदा पोख्रेल सम्मानित भइसकेका छन् । ११ हजार १ सय ११ रुपियाँ नगद राशी सहित उनीहरू सम्मानित भइसकेका हुन् । चालु वर्षको लागि भने मध्य नेपाल मिडिया प्रा.लि.ले मध्य नेपाल सन्देश पत्रिकाको नवौं वर्ष प्रवेश गरेको अवसरमा प्रदान गर्...