Posts

डाटा लोड हुँदैछ...

वीरगंजमा माघी महोत्सव भव्यरुपमा मनाउने तयारी

Image
वीरगंज, २९ पुष । वीरगंजमा थारू समुदायले माघे संक्रान्ति भव्यरुपमा मनाउने तयारी गरिएको छ । माघी समारोह आयोजक समितिले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । थारुहरुको नयाँ वर्ष खिँचडी अर्थात माघी पर्ब सोमवार वीरगंजको पूरानो बसपार्कमा माघी समारोह आयोजना गरिने भएको छ । थारू समुदायको नयाँ वर्ष थारू सम्वतः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमसमेत गरिने समितिका संयोजक शेखर चौधरीले बताए । सोमवार माघ १ गते बिहान वीरगंजको घण्टाघरदेखि पुरानो बसपार्कसम्म थारू सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने र पूरानो बसपार्कमा औपचारिक कार्यक्रम राखिने संयोजक थारूको भनाइ छ । पत्रकार सम्मेलनमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य ननदकिशोर पञ्जियार, प्रचार प्रसार संयोजक शम्भु महतो थारू, दिपेन्द्र चौधरी, बिजया ओझैया, मनोज चौधरी लगायतको सहभागीता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेका थिइन् । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतवारदेखि दुर्ई दिन थारू माघी (तिला संक्रान्त) संस्कृति उत्सव शुरू हुँदैछ । उत्सवको एक कार्यक्रमकाबी...

सानो पाइला सहकारीविरुद्ध बचतकर्ताद्वारा प्रदर्शन

Image
वीरगंज, २७ पुस । एक अर्बभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था विरुद्ध शुक्रवार बचतकर्ताहरुले प्रदर्शन गरेका छन् ।   टिबडेवाला धर्मशालामा भेला भएका बचतकर्ताहरूले विरोध जुलुश निकालेर सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गरी कारबाई गर, बचतकर्ताको रकम फिर्ता गरलगायत नारा लगाएर घण्टाघरमा पुगेर सभामा परिणत भएको थियो ।   सभामा सानोपाइला सहकारी पीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले सहकारीका मुख्य सञ्चालक जीबी राईलगायतलाई पक्राउ गर्नुपर्ने माग गरे ।   बिहीवार वीरगंज–१० आदर्शनगरस्थित सहकारीको शाखा कार्यालयमा वीरगंज महानगरपालिकाले शिल गरेको थियो । महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाइ पक्राउ गर्न नेपाल प्रहरी लगायत निकायमा पत्रचार गरेको थियो । सहकारीका वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर अहिलेसम्म कोहिपनि पक्राउ भने परेका ...

पृथ्वी जयन्ती मनाउने क्रममा राजावादी र राप्रपाबीच विवाद

Image
वीरगंज, २७ पुस । वीरगंजमा ३०२ औँ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा विवाद भएको छ । वीरगंजमा घण्टाघरमा ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राखिएको कार्यक्रममा 'ब्यानर' राख्ने विषयमा राजावादीहरूबिच नै विवाद भएको हो । पृथ्वी नारायण शाहको जन्म जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुर्ई पक्षबिच भनाभन भएको थियो ।   पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर राख्दा भनाभन भएको राष्ट्रिय नागरिक संघ समितिका जिल्ला संयोजक उपेन्द्र यादवले जनाए । तर केही बेरमै विवाद फेरि सुल्झाइएको उनले सुनाए ।   पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति पर्साको अगुवाइमा पशुपति विक्रम शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी दिवस मनाएको बताइएको छ । जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा पृथ्वी नारायण शाहको योगदानवारे चर्चा गरेका थिए । उनीहरूले पृथ्वी नारायण शाहले नेपाल एकी...

महानगरद्वारा मस्जिदहरूमा गिजर वितरण

Image
वीरगंज, २७ पुस । वीरगंज महानगरपालिकाले वीरगंज मुस्लिम उत्थान समितिको समन्वयमा शुक्रवार विभिन्न वडाका ५ वटा मस्जिदमा १–१ थान गिजर मेशिन वितरण गरेको छ । वडा नम्बर २, ३, २८,२९ र ३१ मा रहेका मस्जिदमा १–१ थान विद्युतीय गिजर मेशिन प्रदान गरिएको वीरगंज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले जानकारी दिए। अहिलेको बढ्दो चिसोमा तातो पानीको सेवा उपलब्ध होस् भनेर मस्जिदहरूमा गिजर मेशिन वितरण गरिएको महानगरपालिका मेयर राजेशमान सिंहले बताए ।शुक्रवार पहिलो चरणमा ५ वटा मस्जिदमा गिजर प्रदान गरिएको भन्दै उनले महानगरका अन्य वडामा रहेका मस्जिदहरूमापनि गिजर उपलब्ध गराइने बताए । कार्यक्रममा वीरगंज मुस्लिम उत्थान समितिका सदस्यहरू खुश महम्मद मियाँँ, असरद कमाल, सलाउद्दीन मंसूरी, जवार अंसारी,अफरोज आलम लगायतकोपनि उपस्थिति रहेको थियोे ।

लाखौंको धनमाल लुटपाट, दुर्ईजना घाइते

Image
महोत्तरी, २७ पुस । मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछवारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुर्ईजना महिला घाइते भएका छन् । बिहीवार राति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुर्ई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । आठरनौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् । परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारको भनाइ छ । हिन्दी भाषा बोल्ने लुटेरा समूहको कुरा गराइले उनीहरू निकटवर्ती गाउँँकै बासिन्दा हुनसक्ने पीडित परिवारको अनुमान छ । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

पैदल अयोध्या यात्रामा निस्किएका युवाहरूलाई बिदाई

Image
वीरगंज, २६ पुस । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि वीरगंजका युवाहरूको एक समूह १० दिने पैदल अयोध्या यात्रामा निस्किएको छ । राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरूको टोली बिहीवार बिहान वीरगंजबाट पैदल अयोध्या यात्रामा निस्किएको हो। भगवान रामको जन्मभूमि अयोध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामको मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समारोह हुदैंछ। यहि समारोहमा सरिक हुन र पूजापाठ गर्नका लागि वीरगंजबाट बजरंग दलका युवाहरू बिहीवार बिहान १० दिनको पैदल अयोध्या यात्रामा निस्किएका हुन् ।वीरगंजबाट अयोध्याको दूरी ३५० किलोमिटर छ। वीरगंजबाट अयोध्याका लागि प्रस्थान गरेको बजरंग दलका युवाहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमम फूलको माला र खादा लगाएर विदाई गरे। वीरगंजबाट भगवान् रामका लागि धातुको धनुष–वाण लगायतका कोसेली लिएर हिडेको टोली भारतको बिहार र उत्तर प्रदेशका विभिन्न शहरको परुदल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयोध्यामा पुग्ने लक्ष्य रहेको पैदल यात्रामा सहभागी वीरगंज...

पूर्वकप्तान लामिछाने निलम्बित

Image
काठमाडौँ, २६ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताउनुभएको छ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले  उक्त सजाय सुनाएको हो । यही पुस १३ गते 'गौशाला–२६' लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको छ ।