Posts

डाटा लोड हुँदैछ...

एकाबिहानै विद्यालयमा युवकको शव भेटियो

Image
सर्लाही, २१ साउन । सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।  मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो । शनिवार विद्यालय बन्द भएको र आइतवार बिहान स्कुल पुगेका स्थानीयले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारूले बताए । उनका अनुसार मृतकको शवमा कुनै प्रकारको चोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भइरहेको उनले बताए ।

दर्ताविना सञ्चालन इरिक्सा, अटोमाथि कारबाही

Image
वीरगञ्ज, २० साउन । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पांग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा¬) लाई कारबाई गर्न शुरू गरेको छ ।   महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पांग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाई थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाई गरेको छ ।  गएको मंगलवार र बिहीवार २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रूटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महŒवपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाई गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो ।  ४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५-५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उहाँले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि उहाँले बताउनुभयो ।  महानगरका मे...

माट्रीका आँखा फाउण्डेसनद्धारा कुमुदीनी एकेडेमीमा आँखा शिविर सम्पन्न

Image
बीरगंज १२ श्रावण । माट्रीका आँखा फाउण्डेसद्धारा आज श्रीपुर स्थित कुमुदीनी एकेडेमी स्कूलमा विद्याथीहरुका लागि आँखा शिविर सम्पन्न गरेको छ । उक्त आँखा शिविरमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि आँखा पाक्ने रोग, आँखा कमजोर भएको, आँखा चिलाउने जस्ता रोगको चेकजाँच सहित औषधि वितरण गरेको छ । माट्रीका आँखा फाउण्डेसनका डाक्टरहरु मनोरञ्जन यादवद्धारा आँखा जाँच गरिएको थियो । उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । एकेडमीका प्रबन्धक निर्देशक श्रीरामजी गिरीले बताउनु भयो । 

सामुदायिक श्रीपुरद्वारा लागूऔषध तथा साइबर क्राइमसम्बन्धी अन्तरक्रिया कार्यक्रम

Image
वीरगंज, १० साउन/ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र श्रीपुरको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको सहयोगमा वीरगंज–१३ स्थित शाह दरबार होटलमा लागूऔषध तथा साइबर क्राइम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।   कार्यक्रममा कक्ष्Fा ९, १०, ११ का २५० जना विद्यार्थीहरुलाई लागूऔषध तथा साइबर क्राइम सम्बन्धी जानकारी गराइएको थियो ।   कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्Fक मणिराम थापा, प्रहरी निरीक्ष्Fक मनिषा लौडारी, वप्रका श्रीपुरका प्रहरी निरीक्ष्Fक आशुतोषबहादुर शाही, प्रहरी हवल्दार ओमप्रकाश साहको सहभागिता थियो ।   केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्था, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण प्रधान (दिलीप)ले जानकारी गराएका छन् । । 

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

Image
चितवन, ९ साउन   नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो । घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताउनुभयो । दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

Image
जनकपुरधाम, ९ साउन  नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि 'मिडिया ट्रायल' गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । "कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो", उहाँले भन्नुभयो, "यस प्रकरणमा सयाँै टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो" उहाँले भन्नुभयो । उहाँले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राख्नुभयो । नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदे...

बारामा ६० प्रतिशत रोपाइँ

Image
कलैया, ८ साउन बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । आकाशे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष कृषकले बर्खे धान 'भदैया' १० हजार नौ सय पाँच हेक्टर, 'अगहनी' ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।   जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाकी रहेको यादवले बताउनुभयो । उहाँका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ । गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिनुभयो ।