Posts

Showing posts from May, 2025
डाटा लोड हुँदैछ...

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

Image
वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शनिवार बिहान ७ः३० बजे मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा गम्भीर भएका घाइतेलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सहयोगी वीरगंज महानगरपालिका वडा नं. १८ निवासी आशीष तिवारीले उद्धार गरी नारायणी अस्पताल वीरगंज पु-याएको तिवारीले बताएका छन् । घाइतेको नाम, ठेगाना खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वीरगंजका विभिन्न क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने

Image
वीरगंज, १६ जेठ । वीरगंज फिडर नं. १ मा मर्मत सम्भारको कार्यको लागि शनिवार जेठ १७ गते वीरगंजका विभिन्न क्षेत्रमा केही समयका लागि विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र वीरगंजले जनाएको छ । ११ के.भी. डिस्कनेक्टिङ स्वीच जडान तथा तार रिटेन्सन (तारहरू पुनः कस्ने) कार्य गर्नुपर्ने आवश्यकताका कारण शनिवार बिहान ७ः०० बजे देखि १०ः०० बजे सम्म पावरहाउस, घण्टाघर, आदर्शनगर, लिंक रोड, भानुचौक, ब्रहम चौक, प्रतिमा चौक, गौतम स्कुल क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी परवानीपुर ग्रिडबाट सञ्चालित ११ के.भी. वीरगंज फिडरमा हाँगाबिंगासँग लाइन छोइने, अनावश्यक रूपमा अवरोध सिर्जना हुने समस्या बढिरहेको हुँदा बुस कटिङ्ग (रूखका हाँगा काट्ने) र अन्य सुधारात्मक कार्यहरूका लागि शनिवार बिहान ११ः०० बजे देखि साँझ ६ः०० बजे सम्म लाइन बन्द रहने जनाइएको छ। विद्युत वितरण केन्द्र वीरगंजले यस मर्मत कार्यपछि विद्युत लाइनमा हुने अनावश्यक अवरोध तथा समस्यामा कमी आउने जनाएको छ।  साथै ग्राहकवर्गमा पर्ने असुविधाप्रति क्षमा माग्दै समयमै वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरे...

एमपिएलको उपाधि वीरगंज बाशर्सले उचाल्यो

Image
वीरगंज, १४ जेठ । मारवाडी प्रिमियर लिग (एमपीएल)–२०२५ को उपाधि वीरगंज बाशर्सले उचालेको छ । बुधवार सम्पन्न फाइनल खेलमा टाइटन ११ र वीरगंज बाशर्स भिडेका थिए । पहिलो ब्याटिङ गर्दै टाइटन ११ ले १० ओभरमा ७५ रनको योगफल खडा गर्यो । जवाफमा वीरगंज बाशर्सले ४ विकेट गुमाउँदै ८ ओभरमै ७८ रन बनाउँदै ६ विकेटको सहज जित हात पार्यो । विजेता वीरगंज बाशर्सलाई ट्रफीसहित नगद रू. २ लाख ५१ हजार राशिको चेक एवं शिल्ड प्रदान गरिएको थियो । त्यसैगरी दोस्रो हुनेलाई २ लाख राशिको चेक प्रदान गरिएको थियोे भने म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडीलाई रू. २१ हजार को नगद पुरस्कारले सम्मान गरिएको थियो । प्रतियोगिता समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, सशस्त्र प्रहरीका प्रतिनिधि राधेश्याम धिमाल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, तथा वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णलगायतको सहभागिता थियो । ग्रीन स...

पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ

Image
वीरगंज, १४ जेठ  उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको आजको संयुक्त इजलासले  विष्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरसँग सम्बन्धीत यसअघि जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्म कैदको फैसला गरेको थियो । पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो । सो मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा गत २०८१ असार २७ गते दर्ता भएको थियो ।

दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

Image
वीरगंज, १४ जेठ । मोटरसाइकल दुर्घटनामा परेर बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका एक परिवारका तीन जनाको मृत्यु भएको छ । भारतको रक्सौलबाट फर्किंदै गर्दा छौडादानोको बखरी गाउँमा नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका नाबालकसहित एकै परिवारका तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भईरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ । धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् । धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ। घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपच...

बिहेको प्रलोभन देखाइ करणी गरेको आरोपमा भारतीय युवक पक्राउ

Image
वीरगंज, १३ जेठ । बालिकालाई बिहेको झुठो प्रलोभन देखाई भारतमा लगेर करणी गरेको आरोपमा एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार पासवानले गत मंसिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन् । त्यहि बेला उनीसँग प्रेम सम्बन्धमा रहेका पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर भारत लगेका थिए । बालिकाका अभिभावकले छोरी सम्पर्कविहीन भएको भन्दै खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए । जेठ ११ गते बालिकालाई वीरगंजमा ल्याई छाडेर फरार भएका पासवानलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् । बालिकाले भारतमा लगेर राखेका पासवानले आफूसंग पटक पटक करणी गरेको बयान दिएको लम्सालले बताए । पक्राउ गरिएका पासवानलाई करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थ...

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

Image
वीरगंज, १३  जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साल करणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई प्रेमको झुठो प्रलोभन दिदैं पटक पटक  करणी गरेको आरोपमा प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादवलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुठो प्रलोभन दिएर ललाई फकाई पटक पटक करणी गरेको यादवले जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित आफ्नो डेरामा लगेर  करणी गरेको प्रवक्ता प्रनाउ लम्सालले बताए । पीडित बालिकाको उजूरीका आधारमा यादवलाई जेठ १२ गते पक्राउ गरिएको र करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए । 

दुर्ई साँढेको जुधाइमा परेर एकको मृत्यु

Image
जनकपुर, १२ जेठ/  धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुर्ई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उहाँलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै  चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरूणबहादुर सिंहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

Image
वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ट्रामोल ५० एमजी ८१ हजार ४ सय ९० ट्याब्लेट सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले नियमित गस्तीको क्रममा भारतबाट दुर्ई जना व्यक्तिहरू टाउकोमा उक्त लागूऔषध बोकेर नेपाल आउँदै गरेको देखेपछि शंका उत्पन्न भई नियन्त्रणमा लिन प्रयास गर्दा ती व्यक्तिले बोकेको लागुऔषध त्यही छाडेर भारततर्फ भागेका थिए । बरामद गरिएका लागुऔषधलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सप्रनाउ देवेन्द्र बहादुर सिंहले बताए । उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन लागुऔषध तथा अन्य अवैध क्रियाकलापविरूद्ध सशस्त्र प्रहरी सधैं सतर्क रहेको जनाएका छन् । 

सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको कपडा बरामद

Image
वीरगंज, ४ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापामारी सात लाख रुपियाँ बराबरको अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले तीनवटा घरमा छापामारीका क्रममा भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको र लुकाई छिपाई गोदाममा भण्डारण गरिएको अवस्थामा ६ लाख ९८ हजार ८०० रुपियाँ बराबरको कपडा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए । बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सिंहले बताएका छन् ।

हेरोइनसहित मुस्तुफा पक्राउ

Image
वीरगंज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकमा लागु औषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरले भारतीय नम्बरको मोटरसाइकलमा सवार एक जना व्यक्तिलाई चेकजाँच गर्दा १५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । वीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वा बस्ने वर्ष २२ को मुस्तुफा अन्सारीको सर्टको दाहिने खल्तीमा तीन वटा प्लाष्टिकको पुडियामा रहेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १५ ग्राम फेला परेपछि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

प्रनानि खड्का अपराध अनुसन्धान कार्यालयको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

Image
काठमाडौं, १ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक राजन बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा खड्कालाई सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको हो । ६ नम्बर पिल्लरमा कार्यरत खड्काले वैशाख महिनामा विभिन्न घटनाको अनुसन्धान तथा अन्य महŒवपूर्ण कार्यहरूमा उत्कृष्ट योगदान दिएपछि उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो । प्रहरी नायब निरीक्षक खड्काले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा खड्कालाई 'बेस्ट पुलिस अफ द मन्थ' घोषित गरिएको कार्यालयले जनाएको छ। खड्कालाई महिनाको 'उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८२' अनुसार वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालय प्रमुख एवम् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिएका छन् ।   

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

Image
बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा  एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ मा बस्ने ५० वर्षीय दिनानाथ साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । साह र अर्को एकजना ४० वर्षीय पुरूष मिलेर एकजना महिलालाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। साहलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए । सो घटनामा संलग्न रहेका ४० वर्षीय पुरूषको पहिचान भइसकेको र खोजतलास भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको छिपहरमाईमा वडा भेला सम्पन्न

Image
वीरगंज, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ पालिका–४ को प्रथम भेला सम्पन्न सम्पन्न भएको छ । आज छिपरमाइको  तुलसीबार्वामा वडा नं.  ४ को प्रथम वाडा भेला सप्पन्न  भएको हो  । भेलाले राजुकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरदेव सहनी, सचिव निरज साह सुनार, कोषाध्यक्ष अशोक राउत कुर्मी, सदस्यहरु रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्ण सहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी  पाण्डे  र जीत महतोलाई चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ४ का क्षेत्रीय  सभापति  जितेन्द्र मिश्रको अध्यक्षमा सप्पन्न भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले युवाहरुको नवीन र सुझबुझपूर्ण सोच नै देश बिकासको आधार भएकोले २०८४ को आमनिर्वाचनमा नेपाली जनताले रास्वपाको सोच र सिधाान्तलाई अनुमोदन गरेर देशको चाबी युवाहरुको हातमा सुम्पने निश्चित रहेको बताए ।  सभापति पन्तले रास्वपालाई नेपाली जनताले अब देशको बैकल्पिक शक्ति भन्दा पनि मुख्य राजनीतिक शक्तिको रूपमा देख्न चाहेको समेत बताएका थिए ।   रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझील...

श्रोत नखुलेको साढे ९ लाखसहित तीनजना भारतीय पक्राउ

Image
वीरगंज, १९ बैशाख । सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नगद सहित तीन जना भारतिय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिई भन्सार दाखिला गरेको जनाएको छ । आज साँझ वीरगंज भन्सार कार्यालय नजीकै सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई छिपाई राखिएको श्रोत नखुलेको ९ लाख ५९ हजार रकमसहित तीनजना भारतीयलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले भारत, पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत, वडा नं.–७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,  जौकटिया ग्राम पंचायत, वडा नं.–१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी, छाउनी चोक ग्राम पंचायत वडा नं.–२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरी पक्राउ परेका व्यक्ति र गाडीमा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।