Posts

Showing posts from February, 2025
डाटा लोड हुँदैछ...

पोखरियामा नापी र मालपोत कार्यालयको उदघाटन

Image
वीरगंज, १५ फागुन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएको छ । बिहीवार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले कार्यालयको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ग्रामीण भेगका नागरिकलाई अब सेवा लिन वीरगंज वा काठमाडौं धाउनु नपर्ने बताए। उनले समय र खर्चको बचत हुने उल्लेख गर्दै  पोखरियाकै कार्यालयबाट सम्पूर्ण सेवा उपलब्ध गराइने जानकारी दिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो चुनावी प्रतिबद्धता पूरा गरिरहेको दाबी गरे । उनले चुनावताका पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने वाचा गरेको बताउँदै अब इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिरहेको खुलासा गरे । मन्त्री गुप्ताले पोखरियालाई करोडौंको बजेट सुनिश्चित गराउने घोषणा पनि गरे । उनका अनुसार, भारत सरकारको सहयोगमा ३५ करोड रुपियाँँको योजना ल्याइसकेको छ भने अब केही दिनमै चीन भ्रमण गर्ने योजना रहेको र त्यहाँबाट ४०–५० करोड रुपियाँँसम्मको योजना ल्याउने बताए ।  मेरो मन्त्रालय सिधै विकास निर्माणसँग सम्बन्...

मधानी महोत्सवमा कुम्भ मेलाका भाइरल गर्लको प्रस्तुति देखेर दर्शकहरु चकित

Image
वीरगंज, १५ फागुन । रौतहटको मौलापुर नगरपालिकाको पतौरा स्थित  मौलापुरमा मधानी महोत्सवको समापन कार्यक्रममा महाकुम्भ मेलाका भाइरल गर्ल मोनालिसाको प्रस्तुतति देखेर सर्वसाधारण चकित भएका थिए भने भोजपुरीया कलाकार प्रिया सुहानी, रितेश पाण्डेको प्रस्तुतिलाई दर्शकले धेरै रूचाएका थिए । मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको मौलापुर नगरपालिकाले जानकारी दिएको छ । मेयर रिना देवी साह र कार्यक्रम प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साह रहेको सो कार्यक्रममा  भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, 'डायरी अफ मणिपुर' फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक सुनिल पण्डित, विशाल यादव, रचना सिवाकोटी, रेबिका नेपाली, प्रिति पासवान  लगायतले प्रस्तुति दिएका थिए ।

blogger pro theme download

Image
link below https://drive.google.com/drive/folders/1GqYRVu01Kemy8_F96Gx1MTgz_WiuZNbH

महाशिवरात्रीको अवसरमा शिवालयमा मेला

Image
वीरगंज, १४ फागुन । महाशिवरात्रीको अवसरमा बुधवार पर्सा र बाराका शिवालयहरूमा दर्शनार्थीहरूको उल्लेख्य घुइचो लागेको छ । वीरगंजको पशुपतिनाथ मन्दिरलगायत पर्साको ग्रामीण क्षेत्रमा रहेका विभिन्न शिवालय तथा बारा कलैयाका शिव मन्दिरमा विहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको थियो भने मेला पनि लागेको थियो । अखण्ड रूद्री पाठ  तथा विशेष पूजा अर्चना भएको थियो । यस्तै बाराको चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा दर्शनार्थीहरूको घुइचो लागेको छ । यहाँ मेला भर्न नेपाल तथा भारतका दर्शनार्थिहरू आएका हुन् । यसैगरी बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटी होम महायज्ञमा हजारौ व्यक्तिहरुको भीड लागेको छ । महायज्ञमा १०११ वटा विभिन्न देवीदेवताहरुको मूर्ति बनाइएको छ भने साथै दर्शन गर्न आउने भक्तजनहरुको लागि महायज्ञमा मनोरञ्जनको समेत व्यवस्था गरिएको र आज अन्य दिनको तुलनामा उल्लेख्य रमाइलो गर्नेहरुको भीड लागेको थियो । मेलामा विभिन्न किसिमको मनोरञ्जनको साधन, खेल तमाशा, मौतका कुवा, मारुती सर्कस, झुला, मिक्की माउस, ड्रागेन जम्पिङ, ब्रेक ...

मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

Image
जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै, मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी तथा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको विशेष सहभागीता रहेको थियो। जनकपुरको धनुषास्थित रोयल प्यालेस होटल, मुजेलियामा सम्पन्न गोष्ठीमा अपराध अनुसन्धानका वर्तमान चुनौती, प्रभावकारी अनुसन्धानका उपाय तथा भविष्यका रणनीतिहरूवारे गहन छलफल गरिएको थियो। सहभागीहरूले मधेश प्रदेशमा अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन विभिन्न महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे। कार्यक्रममा अपराध अनुसन्धानका नयाँ प्रविधिहरूको प्रयोग, अनुसन्धान प्रक्रियामा आधुनिक प्रवृत्तिको समावेशीकरण तथा प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विश...

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

Image
पर्सा १२ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो । "केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ", उपराष्ट्रपति यादवले भन्नुभयो, "दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।" उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताउनुभयो । "यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस...

वीरगंजका मसाज केन्द्र र होटललाइ मर्यादित बनाउन अन्तरक्रिया

Image
वीरगंज, ११ फागुन । होटल तथा मसाज केन्द्रहरूलाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय र होटल तथा पर्यटन व्यवसायी संघ, पर्साले संयुक्त रूपमा पहल शुरू गरेका छन् । आज स्थानीय  क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको  पहिलो चरणमा  वीरगंजका प्रायः  सम्पूर्ण होटल एवं स्पाका प्रोप्राइटर र प्रबन्धकहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय  पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको  संयुक्त आयोजनामा 'मर्यादित होटल ब्यवसाय सञ्चालनमा ब्यवसायी र प्रहरीको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल ब्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रको तमाम समस्या समाधानमा कोशेढुङ्गा साबित हुने बताए । उनले २१औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको चोठा– कोठा चहारेर आफ्नो महत्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए । कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक  गौतम मिश्रले कुनै पनि होटलमा होटल ब्यवसायीहरूको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न र त्य...

अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान

Image
वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप महानगरपालिका–२१ अमलेखगंज निवासी  ४३ वर्षीय सुमन कार्कीलाई हवीलचेयर प्रदान गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले तीन वर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड्न डुल गर्न नसक्ने भयेकोले उनको असहज परिस्थितिवारे जानकारी पाएपछि उपकार सेवा नेपालले सुमन कार्कीलाई ह्वील चेयर प्रदान गरिएको थियोे । कार्यक्रममा अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य अङ्कुर शर्मा लगायतको उपस्थिति रहेको थियो

न्यू वेबलाई ८ विकेटले हराउँदै अल्पाइन मावि विजयी

Image
वीरगंज, ९ फागुन । प्याब्सन वीरगंज अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत शुक्रवार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले हराउँदै अल्पाइन मावि, वीरगंज विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै  न्यू वेभ एकेडेमीले ७ विकेटको क्षतिमा १० ओभर खेल्दै १०५ रन बनाएको थियो । न्यू वेब एकेडेमीका सुनील यादव र विशाल चौहानले २५ र १७ रन बनाएका थिए । प्रतिउत्तरमा अल्पाइन माविले २ विकेटको क्षतिमा ६ ओभर खेल्दै १०६ रन बनाएको हो । अल्पाइनका रवि किशनले ४३ र अपूर्व महतोले ३७ रन बनाएका थिए । त्यस्तै अपूर्वले २ ओभरमा १२ रन खर्चदै २ विकेट पनि लिएका थिए ।  उनी नै प्रतियोगिताको म्याद अफ दि म्याच घोषित भए ।

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

Image
वीरगंज, ९ फागुन । सामुदायिक  सेवा केन्द्र मुर्ली, श्रीपुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रहरी हवल्दार सुभाष प्रसाद यादवको बिदाइ तथा प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादवको स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रह सुभाष प्रसाद यादवलाई मायाको चिनोसहित टीका, खाँदा लगाएर केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानले बिदाइ गरेका थिए भने प्रसह सुरेन्द्र यादवलाई अबिर टीका लगाई, दोसल्ला ओढाएर स्वागत गरेका थिए । केन्द्रकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार डा ज्योतिप्रकाश दुवे, सहकोषाध्यक्ष राधा शर्मा, सदस्य विपिन घिमिरे, समाजसेवी गणेश थापा, वीरगंज न्युरो रिसर्च हेल्थकेयरको प्रशासन शाखाका प्रमुख सुमन कार्की, ग्रामीण विकास बैंकका लेखापाल राजेन्द्र कपाडी, केन्द्रकी प्रहरी सहायक हवल्दार लालुमाया महतो, प्रहरी जवान अभिषेक रायलगायतको सहभागिता थियो । 

१० विकेटले मनकामनालाई हराउँदै अल्पाइन मावि विजयी

Image
वीरगंज, ८ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बिहीवार मनकामना माविलाई १० विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै  मनकामना माविले ८ ओभर खेल्दै ४७ रन बनाएको थियो । मनकामनाकी तनिषा कुमारीले २४ र रिया सर्राफले १६ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले पाँच ओभर खेल्दै ५१ रन बनाएको थियो । अल्पाइनकी प्रजिता मिश्रले ३३ र दिप्तीले ११ रन बनाएको थियो । अल्पाइन माविले १० विकेटले प्रतियोगिता जितेको हो । प्रतियोगिताको वुम्यान अफ दि म्याच अल्पाइन माविकी प्रजिता मिश्र घोषित भइन् ।

चरेश र गाँजासहित दुईजना पक्राउ

Image
वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले चरेश र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । फागुन ७ गते राति ८ बजे वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बुनियाद घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्कमा भाडामा बस्ने वर्ष ३० की आरती यादवलाई चरेशसहित पक्राउ गरिएको  जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जनाएका छन् । आरतीले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ११ के.जी. ४०० ग्राम फेला परेको हुँदा लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । यसैगरी भारत बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने वर्ष २८ को राज अधिकारीलाई आठ किलो ४०० ग्राम लागूऔषध गाँजा र चरेससहित पक्राउ गरिएको प्रवक्ता भट्टले बताए । उनले बोकेको ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ६ के.जी.३०० ग्राम र प्लाष्टिकले बेरी रा...

ज्ञानदालाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी

Image
वीरगंज, ७ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बुधवार ज्ञानदा एकेडेमीलाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै  ज्ञानदा एकेडेमीले ८ ओभर खेल्दै ५ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । ज्ञानदाकी सृष्टि उपाध्यायले १८ र अवन्याले १४ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले ६ विकेटले प्रतियोगिता जितेको छ । प्रतियोगिताको वुम्यान अफ दि म्याच अल्पाइन माविकी टीम क्याप्टेन कृपा कार्की घोषित भइन् ।  त्यसैगरी अल्पाइन माविकी प्रजिता मिश्रले प्रतियोगितामा अलराउन्डर प्रदर्शन गरेकी थिइन् । 

भोजपुरी कविता संग्रह ‘साह के आह’ लोकार्पण

Image
वीरगंज, ६ फागुन । कवि छोटेलाल प्रसाद साहद्वारा लिखित 'साह के आह १' भोजपुरी कविता संग्रहको मंगलवार विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले लोकार्पण गरेका छन् । लोकार्पण कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क,  साहित्यकार तथा  भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार प्रमोद पाण्डे हेरम्ब, ध्रुवसिंह ठकुरी, अजमत अली लगायतले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर योगदान पु-याएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गापा उपाध्यक्ष ज्योति चौरसिया र वडाध्यक्ष अच्छेलाल महतोले गरेका थिए ।

कुटपिट गरी हत्या गरेको आरोपमा सुधारकेन्द्रका सातजना पक्राउ

Image
वीरगंज, ४ फागुन । नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा उपचारार्थ भर्ना भएका एकजना बिरामीको कुटपीट गरी हत्या गरेको आरोपमा बारा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमनपा–३ बस्ने वर्ष १९ को सरफराज मन्सुर, वर्ष २९ को तमन्ना अली, वडा नं. ४ बस्ने वर्ष २२ को निरज सरार्फ, वडा नं. ६ बस्ने वर्ष २० को राहुल भन्ने महमद आशु मियाँ शेख, वडा नं १ बस्ने वर्ष २४ को अरूण सरार्फ, वर्ष १९ को सागर गुप्ता, वडा नं. २ बस्ने वर्ष २१ को प्रमेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । फागुन २ गते बाराको कलैया उपमहानगरपालिका वडा नं. ३. भवानीपुर बस्ने वर्ष २२ को साहेब बाबु मन्सुरले वडा नं. १ मा सञ्चालन गरेको नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा १५ दिनअघि उपचारका लागि भर्ना भएका वडा नं. ९ रामपुरटोल बस्ने हिरालाल प्रसाद धानुकको छोरा वर्ष ३७ को धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डललाई सुधार केन्द्रका कर्मचारीहरूले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । घाइते प्रदीपको कलैया सिटी अस्पतालमा पछि प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ...

प्याब्सन यु–१२ः अल्पाइन मावि विजयी

Image
वीरगंज, ४ फागुन । प्याब्सन वीरगंज यु–१२ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अल्पाइन मावि ९ विकेटले शानदार विजयी भएको छ । ज्ञानदा एकेडेमीको खेल मैदानमा आज मिनील्यान्ड मावि र अल्पाइन माविबीच खेल भएको थियो । टस जितेर ब्याटिङ गरेको मिनील्यान्ड माविले १० ओभरको खेलमा ४ विकेटको क्ष्Fतिमा ८३ रन बनाएको थियो । प्रतियोगितामा मनीष कुमारले २५ र सचिन कुमारले २४ रन लिएका थिए ।   जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन माविले एक विकेटको क्ष्Fतिमा चार ओभर खेल्दै ८७ रन बनाएर विजयी भएको थियो । प्रतियोगितामा रविकिसनले ४२ रन र अपूर्वले २० रन बनाएको थियो ।

आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

Image
गण्डकी, ३ फागुनः पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो । महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुभयो । उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उहाँलाई सामान्य चोट लागेको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।  रासस

साढे ११ किलो चरेससहित एकजना पक्राउ

Image
वीरगंज, २ फागुन । वीरगंज महानगरपालिका वडा नं. १६ चालिस फिटे सडकखण्डमा आज बिहान अस्थायी प्रहरी पोष्ट इनर्वाले चेकजाँच गर्ने क्रममा साढे ११ किलो चरेससहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ४ मधुवन गोठ बस्ने वर्ष ४५ को सुधीर कर्णले बोकेको रातो रंगको डिब्बा (ग्यालेन)माथि खाने घ्यू राखी रातो प्लाष्टिकका ससाना पोकामा उक्त चरेस लुकाइ राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् । पक्राउ परेका कर्णलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

Image
वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रबनानि टेकबहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा चेकजांच गर्ने क्रममा हेटौंडाबाट वीरगंज जांदै गरेको बा ३६ प २७१४ नम्बरको मोटरसाइकलमा सवार मकवानपुर जिल्ला कैलाश गापा–६ गोगने बस्ने २५ वर्षीय भुवन सिंह थिङलाई ५ किलो चरेससहित पक्राउ गरिएको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जनाएका छन् । यसैगरी आज दिउंसो प्रहरी चौकी पथलैयाले चेकजांच गर्ने क्रममा काठमाडौंतर्फ जांदै गरेको ना ६ ख ६३१५ नं.को ट्रकबाट २४ लाख ५७ हजार मूल्य बराबरको विभिन्न सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । सो ट्रकमा लोड रहेको मोटर पार्टस, पेपर, पंखा, मोटरलगायत विभिन्न सामानको बिलबिजकभन्दा बढी देखिएको र स्रोत खुलाउन नसकेपछि कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बार बुझाएको प्रवक्ता श्रष्ठले बताएका छन् । 

how to post via email in blogger and wordpress

Image
how to post via email in blogger and wordpress- in nepali

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

Image
जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरीबीकै कारण शिक्षामा बालिकाको सहभागीता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे । बुधवार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका वालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकालाई मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै वालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यसकारण वालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह गरे । उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पुरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरूत्साहित गर्न पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने मुख्यमन्त्री...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

Image
वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ । एसपी गौतम मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने बताए । प्रमुख अतिथि मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागीता अत्यन्त आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महवपूर्ण रहेको बताए ।  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजना गरेको कार्यक्रम केन्द्रका सचिव कुल नारायण प्रधान ले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. १३ का वडाअध्यक्ष हिरा गिरी, वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि. श्याम बहादुर बस्नेत, विभिन्न विद्यालयका प्रध्यानध्यापक, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका भद्रभलादमी, समाजसेवी लगायतको सहभागिता थियो ।   

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

Image
वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम  गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रवक्ता सापकोटाले बताए । यसैगरी, आज बिहान ९ः३० बजे नेपाली नम्बरको पल्सर मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखेर दुईवटा झोला फालेर भागेकोका थिए । दुईवटा झोलाबाट २७ किलो ९० ग्राम गाँजा बरामद भएको सापकोटाले बताए । यसैगरी आज बिहान प्रहरी चौकी पथलैयाले नेपाली नम्बरको स्कुटीबाट अफिमजस्तो देखिने १३ किलो वस्तु बरामद गरेको छ  । प्रहरीले स्कुटी रोक्न खोज्दा नरोकी भागेको र पिछा गर्दैजाँदा सूर्य नेपाल नजीकैबाट स्कुटी र मकवानपुर जिल्ला, मनहरी गापा–६ बस्ने सूर्यबहादुर मोक्तान र भीमबहादुर मोक्तानलाई पक्राउ गरेको प्रवक्ता सापकोटाले बताए । स्कुटीबाट १३ किलो अफिमजस्तो देखिने वस्तु बरामद भएको र घटनाबारे छानबिन भइरहेको प्रवक्ता सापकोटाले बताएका छन् ।  

७५० लिटर घरेलु मदिरा नष्ट

Image
वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा हेटौडाबाट वीरगंज आउँदै गरेको बिभिन्न सवारी साधन चेक जाँच गर्दा २५ पोका र पाँचवटा ग्यालेनमा रहेको ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको जिप्रका, बाराले जनाएको छ । 

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

Image
वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको छ । वडा प्रहरी कार्यालय विर्ताले माघ  १५ गते ४ः३० बजेको समयमा वीरगंज महानगरपालिका–१० आदर्शनगर हुँदै भारतीय नम्बरको मोटरसाईकलमा सवार भारत, बिहार रक्सौल–१४ बस्ने वर्ष २७ को ओम कुमार रौनियारलाई छ लाख रकमसहित पक्राउ गरेको छ । चामलको बोरामा रौनियारले लुकाइछिपाई राखेको नेरू. ६ लाख भेटिएपछि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानपछि आज पर्सा जिल्ला अदालतमा थुनछेकसम्बन्धी बहसमा पुर्पक्षको लागि थुनामा राखिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । अदालतको आदेश अनुसार ओम कुमार रौनियारलाई मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए । 

कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव

Image
काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा कोशी प्रदेशबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको छलफलमा मन्त्री खड्काले सरकारको ऊर्जा विकास योजनाअनुसार ठूला जलविद्युत् आयोजना अघि बढाउन सांसदहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे। "सरकारले आगामी १० वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न सांसदहरूको सहकार्य अपरिहार्य छ," मन्त्री खड्काले भने। उनले उत्पादित विद्युत् बजार सुनिश्चित भएकाले लगानीकर्ताहरूका लागि यो क्षेत्र भरपर्दो रहेको स्पष्ट पारे। मन्त्री खड्काले लामो समयदेखि अल्झिएका केही जलविद्युत् आयोजनाहरूलाई सरकारले तीव्र गतिमा अगाडि बढाउने बताए। "कतिपय आयोजनामा सरकारको ठूलो लगानी भए पनि प्रतिफल न्यून छ। अब यस्तो अवस्थालाई परिवर्तन गर्नुपर्छ," उनले थपे। सांसदहरूको धारणा छलफलमा सहभागी पूर्वमन्त्री योगेश भट्टराईले कोशी प्रदेशको विकास ऊर्जा र पर्यटनका माध्यमबाट सम्...

९ किलो गाँजासहित तीनजना पक्राउ

Image
वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४० बजे प्रहरी कार्यालय कार्यालय, प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका वडा नं. २ स्थित बजारटोलबाट भलुहीतर्फ  पैदल जादै गरेका तीनजनालाई चेकजाँच गर्दा उनीहरुले कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका (९ किलो २०० सय ग्राम) गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ । प्रसौनी गापा–२ प्रसौनी बस्ने वर्ष ५५ कि रम्भा देवी मुखियाको साथबाट तीन किलो १४१ ग्राम गाँजा, वर्ष ३८ को जोगिन्द्र मुखियाको साथबाट दुई किलो ६४३ ग्राम गाँजा र पर्सा जिल्लाको विन्दवासिनी गापा–२ गर्दैल बस्ने वर्ष ६० की ममता देवी मुखियाको साथबाट दुई किलो ६५९ ग्राम र तथा झोलामा रहेको ७९८ ग्राम गाँजा गरी कुल ९ किलो २०० ग्राम गाँजा बरामद गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् । पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ । 

पर्सामा एचपीभी खोप अभियान शुरू

Image
वीरगंज, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा पर्सा जिल्लामा मंगलवारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियान शुरू भएको छ । अभियानको औपचारिक शुभारम्भ वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अभियान शुरु गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनारले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यकिट प्रदान गर्दै अभियानको शुभारम्भ गरे । सभापति सोनारले लक्षित उमेर समूहका छात्राहरूका लागि एचपीभी खोप प्राप्त गर्नु ठूलो सौभाग्यको कुरा रहेको बताए । उनले अघिल्लो पुस्ताले नपाएको यो खोप अहिलेको पुस्ताले पाउनुले स्वास्थ्य सेवाको विस्तार भएको स्पष्ट पार्दै सबै बालिकाहरूलाई खोप लिन आग्रह गरे । अभियान सफल बनाउन सबै सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताउँदै सभापति सोनारले पर्साका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यो खोप अभियान महत्वपूर्ण हुने उल्लेख गरे । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउँन अभिभावकहरूलाई समेत आग्रह गरे । स्वास्थ्य का...

६३ किलो गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रण

Image
वीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ६३ किलो लागूऔषध गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानी बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीलाई आइतवार सुबर्ण गाउँँपालिका– ३ बकतौरास्थित नेपालबाट भारत जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल छाडी फरार भएको थियो । मोटरसाइकलबाट ६३ किलो २०० ग्राम ४ पोका लागु औषध गाँज बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

बाराको फेटा गापामा निःशुल्क स्वास्थ्य शिविर

Image
वीरगंज, १९ माघ । वीरगंज आँखा तथा दाँत अस्पताल तथा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शनिवार फेटा गाउँपालिका वार्ड–३ को स्वास्थ चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फेटा गाउँपालिकाको सहजीकरणमा भएको शिविरमा २३७ जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमा ७३ जनामा मोतियाबिन्दु भेटिएको र उनीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालमा निःशुल्क सल्यक्रिया गरिने  तथा अस्पतालसम्म जानलाई निःशुल्क यातायातको व्यवस्था भएको अस्पतालको व्यवस्थापक आसीफ अलिले जानकारी दिनुभयो । शिविरमा आवश्यक परेको बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।   कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष, अस्पतालकाा मेडिकल डाइरेक्टर डा चन्दन बनर्जी, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्टलगायतको सहभागिता थियो ।