Posts

Showing posts from May, 2024
डाटा लोड हुँदैछ...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

Image
वीरगंज, १७ जेठ ।  मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका ४ सय ७२ सहकारी सम्पर्कविहीन भएका हुन् । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यी चार जिल्लमा मात्रै उक्त संख्या बराबरको सहकारी संस्थाहरू हालसम्म सम्पर्कविहीन भएका छन् । जसमा सबैभन्दा बढी सर्लाहीको जिल्लाको एक सय ९२ वटा सहकारीहरू सम्पर्कविहीन रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, बाराका एक सय १२ वटा रौतहटका ८३ र पर्साका ८५ वटा सहकारीहरू सम्पर्कविहीन रहेका छन् । मन्त्रालयका सहकारी विभागका अधिकृत सुनिल थापाका अनुसार यी सहकारीहरू नियमित रूपमा ताकेता गर्दापनि मन्त्रालयमा सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आबद्ध नभएका र केही सहकारी संस्थाहरूसँग सम्पर्कसमेत स्थापित गर्न नसकिएको बताएका छन् । मन्त्रालयले पहिलो पटक ०८० साल चैत १८ गते नै ३५ दिने सूचना जारी गरी प्रदेशमा रहेका सहकारी संस्थाहरूलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको थियो । अहिले बिहीवार फेरि अर्काे सूचना जारी गरी बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

Image
वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने  एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक जना गम्भीर घाइते भएका छन। पर्साको विन्दबासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय बृद्ध गुदेरी साहको मृत्युु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।उनका अनुिार,बिहीवार बेलुकी आफ्नै घरको पिढीमा बसिरहेका बेला साह हुरीले छिमेकीको घरको छानाबाट उडाएर ल्याएको जस्तापाताले लागेर गम्भीर घाइते भएका थिए ।घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा ल्याउने क्रममा बाटोमै मृत्युु भएको,प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। यस्तै पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको र त्यसले च्यापिएर एक पुरूष गम्भीर घाइते भएका छन् ।घाइतेको पहिचान भने खुलेको छैन।उनलाई उपचारका लागि वीरगंजको नारायणी अस्पतालमा ल्याईएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। बहुदरमाई–५ मै हावाहुरीले एक रूख घरमा खस्दा च्यापिएर ९ जना घाइते भएको खबरपनि प्राप्त भएको छ । हा...

१३ लाख नक्कली नोटसहित चारजना पक्राउ

Image
प्रस, वीरगंज, १६ जेठ/ जिल्ला प्रहरी कार्यालय, बाराले १३ लाख नक्कली नेपाली रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना भारतीय र तीनजना नेपाली रहेको बुधवार पत्रकार सम्मेलन गरी जिप्रका, बाराले जनाएको छ। बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले भारत, बिहार, मोतिहारी जिल्ला निवासी ४० वर्षीय महम्मद आलम, बारा जिल्ला कोल्हवी नगरपालिका–६ बस्ने २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, रौतहट जिल्ला, राजपुर नगरपालिका–१ बस्ने १९ वर्षीय मोहनकुमार साह पक्राउ परेको बताए। भारतीय नागरिक महमद आलमलाई भारतीय नम्बरको मोटरसाइकलसहित सिम्रौनगढ नगरपालिका–९ सानो बसवरियाबाट जेठ १५ गते प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट एक हजार दरका ६०९ थान नक्कली नोट फेला परेको थियो। जेठ १४ गते प्रहरीले सोही ठाउँबाट नक्कली नोटसहित तीनजना नेपालीलाई पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताए। उनीहरूको साथबाट एक हजार दरका ७०७ थान नोट भेटिएको थियो। प्रहरीले पक्राउ परेकाहरूबाट भारतीय मोटरसाइकलसहित ना.३४प ३५१२ नम्बरको मोटरसाइकल र एउटा साइकल बरामद गरेको प्रवक्ता न्यौपानेले बताए।

पर्सामा अत्यधिक गर्मीले पहिलो चरणको खोप प्रभावित

Image
वीरगंज, १६ जेठ/ पर्सा जिल्लामा पहिलो चरणको राष्ट्रिय खोप अभियान प्रभावित भएको छ। जेठ १३ गतेदेखि सञ्चालित राष्ट्रिय खोप अभियान अन्तर्गत पर्सा जिल्लाका आठवटा पालिकामा पहिलो चरणको खोप अभियान शुरू भएकोमा बुधवार समापन भएको छ। १६ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अन्तर्गत वीरगंज महानगरपालिकाका १ देखि १६ वटा वडा, बहुदरमाई नपा, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी र ठोरी गाउँपालिका गरी आठवटा पालिकामा खोप अभियान सञ्चालित भएको थियो। तर यस अवधिमा गर्मी अत्यधिक बढेर वीरगंज महानगरलगायत पालिकाहरूले जेठ १६ देखि १८ गतेसम्म विद्यालयहरू बन्द गरेका छन्। जेठ १४ गतेदेखि सूचना जारी गरेर पालिकाहरूले अत्यधिक गर्मीको कारण वार्षिक बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा दिएपछि खोप कार्यक्रम प्रभावित भएको हो। विद्यार्थीहरू अत्यधिक गर्मीले कक्षाकोठामा बेहोश हुने जस्ता घटनाहरू बढेपछि विद्यालय बन्द गरिएको थियो। यसै पनि गर्मी बढेको कारण विगत एक हप्तादेखि विद्यालयमा विद्यार्थी सङ्ख्या पातलिंदै गएको थियो। यही अवधिमा पहिलो चरणको पोलियो खोप कार्यक्रम सञ्चालन भएको कारण लक्ष्य अनुसारको खोप दिन नसकिएको स्वास्थ्य कार्या...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

Image
वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव हुँदैन । जुन कुरालाई पर्सा जिल्लाका एक सामान्य परिवारका युवाले सिद्ध गरेका छन् । वीरगंज महानगरपालिका वडा नं. २१ ताजपुरका पप्पु कुमार दास लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल (फेल) भएर पनि अन्ततः प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्ने चाहना पुरा गरेका छन् । पेशाले किसान रहेका बुवा जादोलाल दास र आमा हरिमती देवीको दाम्पत्य जीवनबाट २०५२ साल वैशाख २ गते सामान्य परिवारमा जन्मेका ''पप्पु' लाई गरिबीले निम्त्याएको अनेकौँ दुःख र कष्टको सामना गर्नु पर्याे । उनका बुवा जादोलाल दाससँग जम्मा ५ कट्ठा खेत थियो । त्यसमा खनजोत गर्दा पनि वर्ष भरी दैनिकी चलाउन समस्या परेपछि निजको बुवाले गाउँ नजिकै परवानीपुर बजार स्थित एउटा घुम्तीमा सानो पान पसल खोले । गरिबी अवस्थामा सानो पान पसलको व्यवसायबाट बुवाले अनेकौँ दुःख कष्ट गरेर जोहो गरी पढाइमा गरेको लगानीलाई खेर नफाल्दै उनका जेठो छोरा राजेश दास सङ्घीय सरकारको शाखा अधिकृत, जेठी बुहारी शारदा कुमारी दास प्राथमिक तहको स्थायी शिक्षिका ...

वीरगंजको मानवसेवा आश्रम भवनको लागि आर्थिक सहयोग

Image
वीरगंज, १५ जेठ/ मानवसेवा आश्रम वीरगंजको भवन निर्माणको लागि सोमवार साँझ वीरगंजमा हास्य कलाकार मनोज गजुरेलको सहभागितामा 'मिट दी ग्रीक' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वीरगंजका उद्योगपति, व्यापारीलगायतले मानवसेवा आश्रमको भवन निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। कार्यक्रममा नगद ५१ हजार सङ्कलन भएको थियो भने वीरगंज–५ का राकेश मिश्र, हेटौंडाको खुशी क्लब, वीरगंज–१५ का सरोजप्रसाद चौधरी, वीरगंज–१२ की सुशीला साह, वीरगंज–८ का सन्दीप साहले भवन निर्माणको लागि इँटा, बालुवा, गिट्टी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने वीरगंज नर्सिङ होमका कमल पौडेल, डा कल्पना पौडेलले नगद सहयोग गरे। वीरगंज–१३ स्थित साउथजोन स्कूल र गणेश लाठको न्यू लक्ष्मीले जनही ५१/५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा मानवसेवा आश्रम भवन निर्माणको लागि पाँच लाख ११ हजार मूल्य बराबरको एउटा कोठा तयार गर्न सहयोग गर्ने अशोक लाठ, डा नीरज सिंह, डा अशोक दास, प्राडा दीपक शाक्य, सुरेश रूँगटा, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी र प्रसौनी गापाका अध्यक्ष विनो...

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

Image
वीरगञ्ज पर्सा, १४ जेठः अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक,विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताउनुभयो । "वीरगञ्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ", उहाँले भन्नुभयो, "तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ ।" भोलि अर्थात मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरेपनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताउनुभयो । महानगर शिक्षा समित...

सगरमाथा युवा क्लब, बगही र शक्ति युवा क्लब, परवानीपुरले बराबरीमा

Image
वीरगंज, १३ जेठ/ वीरगंजमा जारी जिल्ला लिग फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब, बगही र शक्ति युवा क्लब, परवानीपुरले बराबरीमा खेल सम्पन्न गरे। पर्सा जिल्ला फूटबल सङ्घको आयोजनामा आदर्शनगर खेलमैदानमा भएको खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले एक/एक गोलको बराबरी खेलेका हुन्। मध्यान्तर अघि शक्ति युवा क्लबका विशाल ढुङ्गेलले गोल गरेका थिए। खेल शुरू भएको केहीबेरमैं ढुङ्गेलले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुनु अघि अन्तिम समयमा सगरमाथाका क्षितिज तामाङले एक गोल गरी खेल बराबरीमा पु–याएका थिए। त्यसपछि खेलको बाँकी अवधिमा दुवै टीमले गोल गर्न सकेनन्। यस खेलको 'म्यान अफ दी म्या'च सगरमाथा युवा क्लबका क्षितिज तामाङ घोषित भए। आगामी जेठ २६ गतेसम्म जारी रहने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी भएका आयोजक क्लबका महासचिव विनोद परियारले बताए।  सोमवारको खेल लालीगुराँस युथ क्लब, बिर्ता र ग्यालेक्सी युवा क्लब, पिपराबीच हुने महासचिव परियारले बताए।

युवा स्पोट्र्स क्लब र युनिटी युवा क्लबबीचको खेल बराबरी

Image
वीरगंज, १२ जेठ/ वीरगंजमा शनिवारदेखि जिल्ला लिग फूटबल प्रतियोगिता शुरू भएको छ। पर्सा जिल्ला फूटबल सङ्घको आयोजनामा जिल्लामा रहेका क्लबहरूको सहभागितामा उक्त प्रतियोगिता शुरू भएको हो। आदर्शनगर खेलमैदानमा भएको उद्घाटन खेलमा युवा स्पोट्र्स क्लब र युनिटी युवा क्लबबीचको खेल बराबरी भएको थियो। खेलको निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेले। यस खेलको 'म्यान अफ दी म्याच' युवा स्पोट्र्स क्लबका गोलकीपर सावन कुमार भए। अगामी जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी रहेका आयोजक क्लबका महासचिव विनोद परियारले जानकारी दिए। भोलिको खेल सगरमाथा युवा क्लब र शक्ति युवा क्लबबीच हुने महासचिव परियारले बताए। प्रतियोगिताको उद्घाटन अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय महासचिव किरण राईले गरेका थिए। कार्यक्रममा उनले अब सङ्घको राजनीतिलाई एउटा डालोमा राखेर खेलकूद प्रतियोगिता निरन्तर अगाडि बढाउनुपर्ने बताए। यस्तै, अखिल नेपाल फूटबल सङ्घ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले पनि केही समयदेखि रोकिएका सबै प्रतियोगिता अब शुरू हुने बताए। पर्सा जिल्ला फूटबल सङ्घ, पर्साका अध्यक्ष रोशन कलवारको अध्य...

जीराभवानी मेयरकप फूटबलको उपाधि युनिकलाई

Image
सेढवा, १२ जेठ/ जीराभवानी गाउँपालिकामा सञ्चालित दोस्रो जीराभवानी मेयरकप फूटबल प्रतियोगिताको उपाधि युनिक  युवा क्लब, सढीले जितेको छ। सढीले ब्रह्मबाबा युवा क्लब, सहजानपुरलाई एक गोलका विरुद्ध दुई गोलअन्तरले पराजित गरी उपाधि उचालेको हो। विजेता टीमलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीले ट्रफी र ५१ हजार रुपियाँको चेक प्रदान गरेका थिए। त्यस्तै, उपविजेता ब्रह्मबाबा युवा क्लब, सहजानपुरलाई ट्रफी र २५ हजार रुपियाँको चेक प्रदान गरिएको थियो। फाइनल खेलमा सहजानपुरका जर्सी नं ७ का राजेश माझी मुसहरले गोल गरी टीमलाई अग्रता दिलाएका थिए। त्यस्तै, सढीका जर्सी नं ८ का दयानन्द रामले गोल गरी टीमलाई बराबरीमा ल्याएका थिए। खेलको ८७औं मिनेटमा सढीका जर्सी नं १२ का अरुण पासवानले ह्याट्रिक गोल गरी टीमलाई जीत दिलाएका थिए। फाइनल खेलमा सढीका अरुण पासवान 'म्यान अफ दी म्याच' घोषित भए। प्रतियोगितामा 'म्यान अफ दी सिरिज' सहजानपुरका खेलाडी राजेश माझी मुसहर घोषित भए। त्यस्तै, उत्कृष्ट गोलकीपरमा सढीका राजकुमार महतो, उत्कृष्ट डिफेन्डर सढीकै अमर चौधरी, उत्कृष्ट मिडफिल्डर सढीकै दयानन्द राम र उत्कृष्ट फ...

कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत

Image
वीरगंज, १२ जेठ/ प्रेस सेन्टर नेपाल पर्साले शनिवार पत्रकार स्व कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। पत्रकार स्व सेनको २२औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर पर्साले केन्द्रीय सदस्य तथा बारा इन्चार्ज कृष्णउदास खनाललाई २१ हजार राशिको कृष्णसेन स्मृति सम्मान पुरस्कार र सेन्टर पर्साका सदस्य राम मण्डललाई २१ हजार राशिकै प्रेस सेन्टर नेपाल, पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले दुईजना पत्रकारलाई प्रमाणपत्र तथा पुरस्कार राशि बराबरको चेक हस्तान्तरण गरेका थिए। प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, नेपाल बार एशोसिएशन पर्साका कमलमोहन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज नीरज पिठाकोटे मगरलगायतको सहभागिता थियो।

नशामा मात्तिएर छिमेकीको चक्कु प्रहार गरी हत्या

Image
पर्सा ११ जेठ/ मादक पदार्थ सेवन गरेर मातिएका व्यक्तिले एकजनालाई चक्कु प्रहार गर्दा निजको मृत्यु भएको छ। सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ ओझैया प्रसौनी बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई मादक पदार्थ सेवन गरी मातिएका उनका छिमेकी सुवास हजरा दुसादले चक्कु प्रहार गर्दा ललाईको मृत्यु भएको हो। शुक्रवार बेलुका ६ बजे भएको घटनामा गम्भीर घाइते भएका ललाईलाई उपचारको लागि नारायणी अस्पताल, वीरगंज लैजाँदै गर्दा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनापछि विवाद हुँदा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा नेतृत्वको प्रहरी टोलीले अवस्था सामान्य बनाइ चक्कु प्रहार गर्ने सुवासलाई पक्राउ गरी इप्रका, पटेर्वासुगौलीको हिरासतमा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

किसानको हकहितमा काम गर्दै वेयर हाउजिङ

Image
वीरगंज, ११ जेठ/ वीरगंजका उद्योगी जगदीश अग्रवालले नेपाल वेयर हाउजिङ कम्पनीले किसानहरूको हितमा काम गरेको बताएका छन्। नेपाल वेयर हाउजिङ कम्पनीले शुक्रवार वीरगंजमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रमुख अतिथि अग्रवालले निजी क्षेत्रले खाद्यान्न भण्डारण गरी किसानहरूलाई सघाएको बताए। उनले सरकारी तहमा रहेको नेपाल खाद्य संस्थान सरह नै खाद्यान्न भण्डारण गरी किसानहरूलाई आवश्यकता परेको बेलामा उपलब्ध गराउने कार्य गरेको र यसले किसानहरूलाई मुनाफा भइरहेको दाबी गरे। कम्पनी व्यवस्थापन समितिका अध्यक्ष आनन्द बगारियाले २०६३ सालमा नेपाल वेयर हाउजिङ कम्पनीले काम शुरू गरेको र २०८०/९/५ देखि सर्वसाधारणको लागि शेयर खुला गरेको बताए। उनले रु ६५ करोड चालू  पूँजीबाट शुरू गरिएको कम्पनीले अहिले सय करोड ऋण लिएको र चालू पूँजीबाट १३ करोड शेयर ऋण लिएर सञ्चालन भइरहेको बताए। धान, गहुँ, मकै गरी तीन थरीका खाद्यान्न भण्डारण गर्ने, बजारीकरण गर्ने र सरोकारवालाबीच पुलको काम गर्दै आएको अध्यक्ष्F बगारियाले बताए। उनले पर्सागढी नगरपालिकाको बिरुवागुठीमा २५ हजार मेट्रिकटनको भण्डारण कक्ष्F बनाएको,यसैगरी विराटनगरमा १५ हजार मेटनको भण्ड...

पोलियो खोप अभियानको लागि पर्सा जिल्लामा पहिलो चरणको तयारी सम्पन्न

Image
वीरगंज, ११ जेठ/ यही जेठ १३ गतेदेखि शुरू हुने राष्ट्रिय पोलियो खोप अभियानको लागि पर्सा जिल्लामा पहिलो चरणको तयारी सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन खोप अधिकृत जयमोद ठाकुरले पर्सा जिल्लामा राष्ट्रिय खोप अभियान–२०८१ दुई चरणमा हुन गइरहेको र पहिलो चरणको तयारी पूरा भएको बताए। उनले पहिलो चरणमा जेठ १३–१६ गतेसम्म वीरगंज महानगरका वडा नं १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई, पकहामैनपुर, धोबिनी, विन्ध्यवासिनी, ठोरी गाउँपालिका गरी आठवटा पालिकामा खोपको लागि अभिमुखीकरण तालीम सम्पन्न भएको बताए। उनले खोप अभियानको लागि जनशक्ति तयार गर्ने क्रममा पहिलो चरणको लागि १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख र ११२ जना स्वास्थ्य इन्चार्जलाई खोपबारेमा अभिमुखीकरण तालीम दिइएको अधिकृत ठाकुरले बताए। यसैगरी, जेठ ८ गतेदेखि शुरू भएको अभिमुखीकरण तालीम आज जेठ ११ गतेसम्म वीरगंज महानगरका बाँकी वडाहरूका खोपकर्ता शिक्षकहरूलाई सहभागी गराएर सम्पन्न भएको खोप अधिकृत ठाकुरले बताए। पहिलो चरणको खोप अभियानको लागि ११० जना खोप कार्यकर्ता र ३२८ जना शिक्षक गरी ४३८ जना जनशक्ति तयार गरिएको उनले बताए। पहिलो चरणको ल...

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकमा हरि पन्त

Image
वीरगंज, ११ जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले नयाँ  नेतृत्व पाएको छ । बिहीवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रममा रास्वपा मधेस प्रदेशका महामन्त्री मनीष साहले पर्सा जिल्ला संयोजकमा मधेस प्रदेश सदस्य हरि पन्तलाई मनोनयन गरेसँगै पर्साले नयाँ जिल्ला नेतृत्व पाएको हो । जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पूर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरूको मतले प्रदेश सदस्यमा निर्वाचित भएर आउनुपर्ने हुन्छ । सो क्रममा पन्त डेढ महीना अघि मात्र पार्टीको आन्तरिक निर्वाचन मा विजयी भएका थिए ।   पन्त होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव र होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष पनि हुन् । उनी वीरगंज उद्योग वाणिज्य संघको कार्यकारिणी समितिमा सदस्यका साथै उद्योग वाणिज्य संघकै होटल पर्यटन समितिमा उप–संयोजक समेत छन् ।

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

Image
वीरगंज, १० जेठ ।  प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा जेठ १२ गते कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा  क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटेको संयोजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गौतम सदस्य रहनेगरी समिति बनाएको छ । समितिले मादण्ड बनाएर पुरस्कार छनोट समितिलाई बुझाई सकेको संयोजक पिठाकोटेले जानकारी दिनुभयो । त्यसैगरी पुरस्कार छनोटका लागि केन्द्रीय प्रतिनिधि सन्तोष पौडेलको संयोजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेको छनोट समिति बनाएको छ । समितिले आज सम्ममा व्यक्ति छनोट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ । पुरस्कारको राशी २१-२१ हजारको रहने छ । पुरस्कार जेठ १२ गते वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।

२१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

Image
वीरगञ्ज (पर्सा), ९ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा  'स्मार्ट इनर्जी मिटर' जडान गरेको छ । केन्द्रले पुरानो 'टिओडी' (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी 'स्मार्ट मिटर' जडान गरिएको हो । केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज 'सप्लाइ' लिएका 'एचटी मिटरिङ युनिट' जडित (ट्रान्सफर्मर) जडित क्षमता  दुई सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरिएको हो । केन्द्रका अनुसार उद्योगका ग्राहकको टिओडी मिटरलाई 'शून्य दशलमलव दुई एस एकुरेसी क्लास'को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर निःशुल्क जडान गरेको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका दुई सय १२ उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताउनुभयो । "स्मार्ट इनर्जी मिटर जडान गरेका उद्योगमा मिटर रिडिङका लागि जानु पर्दैन", उहाँले भन्नुभयो,...

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

 वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन लखनपुर गाविस–९ एकडर्वा हाल सखुवाप्रसौनी गापा–६ निवासी ५० वर्षीय विनोद भन्ने विनय यादव रहेका छन्। २०६३ साउन १२ लखनपुर निवासी रेखा महतो कम्कर हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। कम्करलाई बिहान १० बजे सोही गाउँनजीकै रहेको गण्डक नहरको किनारामा यादवले गोली हानी हत्या गरी हालसम्म फरार रहेको प्रहरीको दाबी रहेको छ। तत्कालीन गाविस लखनपुरको अर्को टोल एकडर्वा थियो। एकडर्वामा यादव तथा लखनपुरमा कम्मर समुदायको बहुल्यता रहेको कारण विभिन्न विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो। घटनाक्रम अनुसार एकडर्वा निवासी भानु यादवको धान चोरी  भएपछि यादव परिवारले कम्कर समुदायका केही युवालाई पक्राउ गरी कुटपिट गरेपछि विवाद भएको थियो। कुटपिट घटनाको भोलिपल्ट मृतक रेखा कम्करलगायतका एक समूह भानु यादवको घरमा पुगी उनको जेठो छोरो ३० वर्षीय जगदीश यादवलाई भालाले घोपी मारेका थिए। सो घटनामा संलग्न मृतक रेखा कम्करका भाइ नाथुराउत कम्कर...

मनीषालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप

Image
वीरगंज, ७ जेठ/ वीरगंज महानगरपालिका–१२ मुर्लीमा एकजना विवाहित महिलाले आत्महत्या गरेको विषयलाई लिएर अहिले परिवारका सदस्यहरूमाथि माइती पक्षले हत्या आरोप लगाएको छ। यही जेठ ५ गते राति ११ बजे २१ वर्षीया मनीषादेवी कानू पङ्खामा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्। घरपरिवारका सदस्यले उनले आत्महत्या गरेको दाबी गरेका छन्। प्रहरीले तत्काल केही भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। शवको शल्यपरीक्षण प्रतिवेदन आएपछि र अनुसन्धानपछि घटनाबारे बताउने प्रहरीले बताएको छ। मृतक मनीषाका पिता पर्सा जिल्ला धोबिनी गाउँपालिका निवासी नरेश साह कानूले दाइजोको कारण छोरीको हत्या भएको आरोप लगाएका छन्। उनले गत २०८०/८/२१ मा छोरीको मागी विवाह भएको र त्यसपछि पनि छोरीको घरपरिवारबाट बारम्बार विभिन्न सामानहरूको माग हुँदै आएको बताए। माग अनुसारको सामान दिन नसक्दा घरपरिवारका सदस्यले छोरीलाई मानसिक तनाव दिएकाले आत्महत्या गरेको उनले आरोप लगाएका छन्। छोरीलाई सासू सीमा देवी, ससुरो बद्री साह कानू र सीमा देवीका भाइ वीरगंज–१६ बस्ने दुर्गा साह कानूले मानसिक पीडा दिएको र आत्महत्या दुरुत्साहनमा यी तीनजना कसूर...

बिहारले जित्यो घोडादौडको उपाधि

Image
पर्सा, ६ जेठ । वीरगंजमा पहिलो पटक घोडा दौड प्रतियोगिता सम्पन्न भएको  छ भने भारत बिहारको घोडाले दौडको उपाधि जितेर लगेको छ । वीरगंज–१६ नगवामा आइतवार विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले आयोजना गरेको घोडा दौड प्रतियोगितामा भारत बिहारको मोतिहारीका नन्दकिशोर सहनीको घोडा प्रथम भएको छ । भारत बिहारकै रामगढवा भेडिहारीका जोगिन्द्र यादवको घोडा दोस्रो र नेपालको बाराको कलैया सिसवा महेशपुरका कृष्ण मुरारी यादवको घोडा तेस्रो भएको छ। पाँच किलोमिटर दुरीको घोडा प्रतियोगितामा प्रथम भएको घोडसवारलाई ४० लिटरको कुलर, दोस्रो हुन सफल घोडसवारलाई ३० लिटरको कुलर र तेस्रो स्थान प्राप्त घोडसवारलाई स्टयान्ड फ्यान पुरस्कार प्रदान गरिएको मञ्चका पर्सा अध्यक्ष हरिन्द्र यादवले बताए । नगवामा आयोजित नौं दिने शिवशक्ती रूद्र महायज्ञको अवसरमा आयोजित घोडा दौड प्रतियोगितामा नेपाल र भारतका गरी २५ वटा घोडाले भाग लिएका थिए। घोडा दौड प्रतियोगिताको उदघाटन मधेस प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए।मञ्चका अध्यक्ष यादवको अध्यक्षतामा भएको घोडा दौड प्रतियोगिताको उदघाटन र समापन सम...

मेयर टी–२० कपः कलैयालाई पराजित गर्दै मोतीहारीले हात पार्यो

Image
वीरगंज, ६ जेठ । कलैया क्रिकेट क्लबलाई पराजित गर्दै भारत मोतिहारीको योङ ११ ले आइतवार मेयर टी–२० कपको उपाधी हात पारेको छ । कलैयालाई सात विकेटले पराजित गर्दै मोतिहारीले उपाधी हात पारेको हो । बारा कलैयाको सिद्धेश्वर मैदानमा टस हारेर ब्याटिड्ढो निम्तो पाएको कलैयाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय २९ को मध्यम स्कोर खडा गरेको थियो । कलैयाका लागि ओपनर साहिल पटेलले ४२ र निखिल सिंहले २७ बनाए । कलैयाका अन्य ब्याटर चल्न सकेनन् । मोतिहारीका अमित चन्द्रले तीन विकेट लिए । कलैयाले दिएको एक सय ३० रनको चुनौती पछ्याउन मैदानमा उत्रिएको मोतिहारीले १९.३ ओभरमा तीन विकेट गुमाएर जित हात पारेको हो । मोतिहारीको जितमा सकिबुल गनी नायक बने । उनले ५१ ब्लमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रन जोडे । गनी भारतको रणजी ट्रफी खेल्ने खेलाडी हुन् । उनले बिहारबाट खेल्ने गरेका छन् । सन् २०२२ को रणजी ट्रफीमा गनीले डेब्यु खेलमै तीन सय ४२ रन बनाएर रेकर्ड कायम गरेका थिए । मोतिहारीका लागि अर्का ब्याटर सुदर्शन कुमारले ३६ रन बनाए । कलैयाका तृतराज दास र साहब आलमले समान एक विकेट लिए । उपाधी विजेता मोतिहारीले ५० हजार नगद प्...

वीरगंजका मेयर विद्यार्थीसँग कक्षाकोठामा भेटिए

Image
पर्सा, ६ जेठ । वीरगंजका मेयर राजेशमान सिंह आइतवार बिहान ७ बजे बहुअरीस्थित शारदा मा.वि.को कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको अवस्थामा भेटिए । महानगरले शुरू गरेको 'कक्षा कोठामा मेयर' कार्यक्रम अन्तर्गत विद्यार्थीसँगै बसेर मेयर सिंहले पठनपाठनको अवस्था बुझे । उनीहरूलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताउंदै उनले जीवनमा जस्तो सुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै पनि नहार्न उत्प्रेरणा दिए । अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रूपमा अघि बढाउन विद्यार्थीहरूलाई उनले आग्रह गर्दै विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका वारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरूमा उत्साह जागृत भएको मेयर सिंह बताउँछन। । विद्यार्थीहरूमा उत्प्रेरणा बढाउन मेयर सिंहले विभिन्न विद्यालयमा पुगेर 'कक्षा कोठामा मेयर' कार्यक्रममार्पत एउटा कक्षा लिने गरेका हुन् । यस अघि विद्यार्थीको हौसला बढाउन उनि त्रिजुद्ध मा.वि.मा पुगेका थिए ।मेयर सिंहले कक्षा १० का विद्यार्थीको...

पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

Image
वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारलगायतका स्थानीयहरूले आइतवार मन्त्री यादवसँग मन्त्रालयमा भेट गरेर पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्दै पूर्वाधार विकास गर्नेदेखि सुविधाहरू थप गर्न आग्रह गरेका थिए। त्यहि आग्रहअनुसार मन्त्री यादवले पोखरिया अस्पताल स्तरोन्नति गर्ने काम अगाडि बढाउन मातहतका कार्यालय र निकायहरूलाई निर्देशन दिएको उनका उप–स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिए । निर्देशन दिँदै मन्त्री यादवले भने – 'गृह जिल्लास्थित पोखरिया अस्पताल स्तरोन्नति हुनुपर्छ भन्ने मेरो शुरूदेखिको लक्ष्य हो । यसका लागि समय – समयमा मैले पहल पनि गरेकै थिएँ । अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यो कामलाई अगाडि बढाउने निर्देशन दिएको छु । छिट्टै काम शुरू हुन्छ ।' स्वास्थ्यमन्त्री यादवले पर्सा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरूको पनि स्तरोन्नति गरिने बताए । ...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

Image
काठमाडौँ, ४ जेठ:  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   विभागले बिहीबार अपराह्न जारी गरेको 'तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन' अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ ।  "विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, " बुलेटिनमा भनिएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै विभागले तातो लहरको  असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पट...

महानगरभित्र होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी

Image
वीरगंज, २७ वैशाख । वीरगंज महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी दिएको छ । वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिद्वारा आज होटलहरूको अनुगमन गरेको थियो । केही दिनयता विभिन्न  सामाजिक संजालहरूमा केएफसीले उपलब्ध गराएको खानाको फोटोसहित जनगुनासो आएपछि बिहीवार अनुगमन टोलीले वीरगंजमा रहेको केएफसी होटलमा अनुगमन गर्दा किचेन र आउटलेटमा ठीक देखिएको र केही कैफियत नभेटिएको वीरगंज महानगरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले बताउनु भयो ।   टोलीले गण्डकस्थित क्लार्क रिसोर्टको पनि अनुगमन गरेको थियो । अनुगमन गर्दा क्लार्क रिसोर्टको किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र डेट एक्स्पाएर भएको मसाला पाइएपछि होटल प्रशासनलाई सचेत गराइएको अनुगमन टोलीका सदस्य कन्हैया ठाकुरले बताउनुभयो ।   अनुगमन टोलीका सदस्य होटल तथा पर्यटन  ब्यबसायी संघका अध्यक्ष  हरि पन्तले राम्रो सरसफाइ गरी किचेनलाइ ब्यवस्थित राखेर ग्राहकहरूलाई  स्वस्थ परिकार र सेवा दिनुपर्ने बताउनुभयो । होटल ब्यवसायीहरूलाइ प्रोत्साहन गर्दै उह...

एमाले पर्साको नवौं अधिवेशन: उपाध्यक्षमा गुप्ता, सचिवमा दास निर्वाचित

Image
वीरगंज, २३ वैशाख/ नेकपा (एमाले) पर्सा जिल्लाको नवौं अधिवेशन सात दिनपछि आइतवार सम्पन्न भएको छ । नवौं अधिवेशनले डा विश्वम्भर शर्माको अध्यक्षतामा १२७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । वैशाख १७ गते उद्घाटन सत्रसँगै बन्दसत्र शुरू भएको थियो भने दुई दिनपछि वैशाख १९ गतेदेखि निर्वाचन प्रक्रिया शुरू भएको थियो । वैशाख २० गते अध्यक्ष डा शर्मा, लेखा समितिका सहसंयोजक प्रताप श्रेष्ठलगायत ९१ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजक, सचिव र ३५ सदस्यसमेत गरी ४० पदमा भएको निर्वाचनको अन्तिम परिणाम आइतवार सार्वजनिक गरिएको छ ।शनिवार दिउँसो १२ बजेदेखि मतदान शुरू भएको थियो भने राति १ बजेदेखि मतगणना भएको थियो । यसअघि अन्तिम मतदाता नामावली प्रकाशन भएपछि एक पक्ष निर्वाचन गराउन र अर्को पक्ष प्रक्रियागत त्रुटि सच्चाएर मतदान गराउन भनी अडान लिएर बसेका कारण निर्वाचन प्रक्रिया ढिला भएको थियो भने यो क्रममा दुवै पक्षबीच हात हालाहाल भएको थियो । आज घोषित परिणाम अनुसार उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास, सहसचिव सीता लामा (महिला), सहसचिव नविजान अन्सारी (पुरुष), लेखा समिति स...