Posts

डाटा लोड हुँदैछ...

वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा चारजना पक्राउ

Image
वीरगंज, १८ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरेको छ । वीरगंजको होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरू पक्राउ परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । वीरगंज भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका दुई महिलाको बयानको आधारमा उनीहरू पक्राउ परेको प्रवक्ता भट्टले बताए । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मिराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका २ टिकुलियाकी ३२ वर्षीया सुक्रान्ती चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ का ३३ वर्षीय दीपेश राई र भारत बिहार, छपराका ३५ वर्षीय मनेजर राय रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भन्सारस्थित होटल स्वस्तिक र होटल रितेशबाट दुर्ई जना महिलाको उद्धार गरेको थियो । ती महिलाले दिएको बयानका आधारमा चार जना पक्राउ परेका हुन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसूर बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाई प्रक्रिया अघि बढाइए...

२० वर्षपछि चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

Image
वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद सजाय तोकेपछि फरार भएका एकजना अभियुक्तलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १६ नगवा बस्ने वर्ष ४१ को चन्दन कुमार रौनियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । लागु औषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र रू १०,००० जरीवाना पर्सा जिल्ला अदालतले २०६१।०३।१३ गते फैसला गरेपछि रौनियार फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले बिहीवार दिउँसो १ बजे वीरगंज महानगरपालिका वडा नं.१६ नगवाबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा कैद भुक्तानको लागि बुझाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जनाएका छन् । साथै पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

नारायणी अस्पतालका जीर्ण भएको भन्दै चिकित्सकद्वारा सडकमा धर्ना

Image
वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा धर्ना दिएका छन् । नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालको भौतिक संरचनाको जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा रहेका चिकित्सकहरुले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् । अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन आउने बिरामी र स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको चिकित्सकको भनाइ छ । दशकौंदेखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा सञ्चालन हुँदै आएको यो अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् । श्री ५ पृथ्वी वीरविक्रम शाहको आदेशअनुसार काठमाडौं उपत्यकाबाहिरका जनताका लागि बीरगंजमा नारायणी अस्पतालको स्थापना गरिएको थियो । हाल नारायणी अस्पताल ३०० शैयासहित सञ्चालनमा छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको चिकित्सकको भनाइ छ । नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै कमजोर भवनमा सीमित रहेको चिकित्सकहरुले बताएका छन् । नेपाल सर...

‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य छैन: महासचिव दाहाल

Image
काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको 'सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य नहुने कुरामा वक्ताहरूले जोड़ दिनु भएको छ। नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनमा निर्वाचित राष्ट्रिय परिषद सदस्य एवं प्रदेश परिषद सदस्यहरूलाई प्रमाण पत्र हस्तान्तरण गर्न आयोजित समारोहमा वक्ताहरूले त्यस्तो जोड़ दिनु भएको हो । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव राम प्रसाद दाहालले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताउनु भयो। प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको भन्नु हुँदै महासचिव दाहालले लोकतान्त्रिक समाजमा सामाजिक सञ्जाल सूचना तथा अभिव्यक्ति आदान-प्रदानको महत्वपूर्ण माध्यम रहेको भएपनि यसलाई कठोर नियन्त्रणमा ल्याउने प्रयास प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमणको संकेत रहेको बताउनु भयो। महासचिव दाहालले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान ...

हुन्डीको रकमसहित एकजना भारतीय पक्राउ

Image
वीरगंज, १७ माघ ।  वडा प्रहरी कार्यालय विर्ताले स्रोत नखुलेको छ लाख नगदसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।   मङ्गलवार दिउँसो ४ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बिआर०५ क्यु४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको रक्सौल वडा नं.१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा मोटरसाइकलको बाँयापट्टीको लेगगार्डमा चामलको बोराभित्र लुकाइ छिपाई राखिएको नेपाली रू. ५०० दरका नोट १२०० थान गरी ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेका रौनियारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् । 

भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

Image
प्रयागराज (भारत), १६ माघ (रासस/एएफपी) : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद इतिहास थियो । छ हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलन विन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो । "अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरूको उपचार भइरहेको छ", मिडियासँग बोल्न अधिकार नभएको बताउँदै नाम नखुलाइएका उत्सवस्थलका चिकित्सकले बताए । उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो । दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो...

इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

Image
वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन् । खेल सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी खाँदा, टीका र पुरस्कार प्रदान गरी सम्मान गरेको छ । कोशी प्रदेशको ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउनहलमा आयोजना गरेको दुईदिने प्रतियोगितामा ५५ किलो तौलका यादव र ७४ किलो तौलका पटेल प्रथम हुँदै स्वर्ण जितेको कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए । कलेजका शैक्षिक निर्देशक दीपक पटेलले बाटो जति कठिन हुन्छ, सफलता पनि त्यति नै उच्च हुने बताउँदै बिद्यार्थीहरूमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे । उनले बिद्यार्थीलाई सम्मानित गर्दै यस कलेजमा अध्यनरत बिद्यार्थीले पदक जित्दै कलेजलाई गौरवान्वित बनाएको बताए  । नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगंजले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जिते...