Posts

डाटा लोड हुँदैछ...

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा सचेतनामूलक कार्यक्रम

Image
वीरगंज, २३ साउन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले बुधवार ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।   वीरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री, साईकल चालकहरूलाई जेब्रा क्रसिङ गर्दा दायाँ बायाँ हेरेर मात्र बाटो क्रस गर्न, ट्राफिक संकेत, ट्राफिक लाईटको बिषयमा सम्झाई बुझाई सचेत गरिएको थियो ।   कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह, सचिव कुलनारायण प्रधान, मधु सिहं राजपुत, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. राजु चौरसिया, प्र.ज. अबरेन रायलगायतले सर्वसाधारण बटुवाहरुलाई सचेत गराएका थिए । 

वीरगंज आँखा तथा दाँत अस्पतालद्वारा प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण

Image
वीरगंज, २२ साउन । वीरगंज महानगरपालिका–२३ प्रसौनीस्थित माउण्ट हर्मन सेकेन्डरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालले निःशुल्क आँखा परीक्षण गरेको छ ।   कार्यक्रममा २७० जना विद्यार्थीहरुको आँखा परीक्ष्Fण गर्दा ४२ जनामा कम देखिने, आँखा रातो हुने समस्या देखिएको वीरगंज आँखा तथा दाँत अस्पतालका व्यवस्थापक इम्तियाज अलीले जानकारी गराए ।   कार्यक्रममा आँखामा समस्या भएका विद्यार्थीहरुलाई औषधि वितरण गरिएको थियो । साथै थप उपचारको लागि अस्पतालमा सम्पर्क गर्न र सोको उपचार पनि निःशुल्क गरिने व्यवस्थापक अलीले बताए । उनले आगामी दिनमा विद्यार्थीहरुको अभिभावकहरुको पनि निःशुल्क आँखा, दाँत  परीक्षण गरी उपचार पनि निःशुल्क गरिने बताएका छन् । 

पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

Image
पेरिस, २२ साउन (रासस/एएफपी) : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले  २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कास्यसहित ३३ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित कुल ४२ पदक जितेको छ ।   पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, पाँच रजत र ११ कास्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र छ कास्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले सात स्वर्ण, पाँच रजत र पाँच कास...

कञ्चनपुरमा ‘तराई क्लाउडब्रष्ट’

Image
काठमाडौँ, २२ साउनः जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई 'तराई क्लाउडब्रष्ट' नामाकरण गरिएको छ । विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्ड भित्रै रहेको र प्राप्त तथ्याङ्क सही रहेको उल्लेख गरेको छ । तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्याङ्क विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने स्थलगत परीक्षण टोलीले पेस गरेको विभागको प्रतिवेदनको सारांशमा उल्लेख छ । गत असार २३ गते राति २२ः०५ देखि २३ः०५ बजेसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा एक सय दुई मिलिमीटर वर्षा मापन भएको थियो । उक्त क्षेत्रमा  सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको सम्मिश्...

वीरगंजवासीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउदै सामुदायिक सेवा केन्द्र मुर्ली

Image
वीरगंज, २२ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले  बटुवाहरुलाई जेब्रा क्रसिंगबाट बाटो काट्न प्रशिक्षण दिन थालेको छ ।   केन्द्रका पदाधिकारीहरुले आज बिहान वीरगंज महानगरपालिका–११ मुर्लीचोकमा रहेको जेब्रा क्रसिङबाट सर्वसाधारणलाई बाटो काट्न प्रशिक्षण दिएका हुन् ।   समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साका पदाधिकारीहरुले पैदल यात्री, साइकल चालकहरू समेतलाई जेब्रा क्रसिङबाट बाटो काट्दा दायाँ बायाँ हेरेर मात्र बाटो काट्न सम्झाई बुझाई प्रशिक्षण दिएका छन् । वीरगंजका सर्वसाधारणहरुले जथाभावी बाटो काट्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने गरेका छन् जसले गर्दा सडक दुर्घटनामा पनि वृद्धि भएको छ ।   कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण (दिलीप) प्रधान, उपाध्यक्ष्F जयलाल साह, प्रहरी हवल्दार सुभाषप्रसाद यादव, प्रहरी जवान अवरेन राय, राजुप्रसाद चौरसिया, निर्मल ताम्राकार, मधु सिंह राजपूतलगायतले सर्वसाधारण बटुवा, साइकल चालकलगायतलाई प्रशिक्षण दिएका थिए ।  

अल्पाइन मावि कक्षा १२ विज्ञान संकायका १३ जना विद्यार्थी ए प्लस हासिल गर्न सफल

Image
वीरगंज, २२ साउन । वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका १३ जना विद्यार्थीले कक्षा १२ को विज्ञान संकायमा ए प्लस ग्रेड हासिल गरेका छन् । राष्ट्रिय शिक्षा बोर्ड (एनइबी)–२०८० को कक्षा १२ को राष्ट्रिय स्तरको परीक्षामा सो विद्यालयको कक्षा १२ विज्ञान संकाय तर्फ १३ जनाले ए प्लस ग्रेड हासिल गरेको विद्यालयका व्यवस्थापक विनोदकुमार उपाध्यायले जानकारी गराउनुभयो । राष्ट्रिय शिक्षा बोर्ड कक्ष्Fा १२ को राष्ट्रिय परीक्षामा अल्पाईन माध्यमिक विद्यालयले पहिलो र दोस्रो जिल्ला टप अङ्क प्राप्त गर्न सफल भएको व्यवस्थापक उपाध्यायले बताउनुभयो ।   उहाँले यस प्रगतिमूलक परिणामको सम्पूर्ण श्रेय हाम्रा लगनशील विद्यार्थीहरूको परिश्रम तथा शिक्षक वर्गहरूको समर्पण भावलाई जाने बताउनुभयो । अल्पाईन माध्यमिक विद्यालय यस्तो परिश्रमी र परिणाममूलक प्रतिफल ल्याउन सक्ने सक्षम भएका शिक्षक समूहलाई पाएर आफुलाई गौरवान्वित महसुस भएको बताउनुभयो । यसपालि देखि अल्पाईन माध्यमिक विद्यालयले व्यवस्थापन संकाय सफलतापूर्वक शुरू गरेको उहाँले बताउनुभयो । विज्ञान जस्तै प्लस टु मैनेजमेन्टलाई पनि उदाहरणीय परिणाममूलक र व्य...